लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन भव्य रूपमा सम्पन्न

रुपन्देही बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनमा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन सम्पन्न भएको छ । तिलोत्तमा १४ मा रहेका टाईगर प्यालेसमा भएको सम्मेलनको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले उदघाटन गर्नु भयो ।उदघाटन समारोहमा बोल्दै स्वास्थ्यमन्त्री सारुले स्वास्थ्य क्षेत्र को समग्र विकासको लागि नीजि क्षेत्र र राज्य मिलेर काम गर्नु पर्ने बताउनु भयो। उहाले चिकित्सकले आफनो ब्यवसायिक मर्यादा कायम राख्नु पर्ने र आफ्नो क्षेत्र बाट लाग्नु पर्ने बताउनु भयो ।उहाले नबिनतम खोज अनुसन्धान अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान गर्नु राम्रो रहेको समेत बताउनु…

गुल्मीको चन्द्रकोट गाउँपालिका: पूर्ण संस्थागत प्रसूति र पूर्ण खोप दिगोपना पालिका घोषणा

स्वास्थ्यसमाचार/गुल्मीको चन्द्रकोट गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवा सुनिश्चितता पालिका घोषणा गरिएको छ। त्यस्तै पुर्ण खोप दिगोपना कार्यक्रमलाई पनि संगै निरन्तरता दिइएको छ। घोषणा सभाको आईतबार लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उद्घाटन गरेका थिए। उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सारुले देशभरका आँकडा भन्दा बढि लुम्बिनी प्रदेशमा मातृ मृत्यु दर बढि रहेको बताएका थिए। देशभर मातृ मृत्यु दर एक लाख जनामा १५१ जना मातृ मृत्यु दर रहेकोमा लुम्बिनी प्रदेशमा एक लाख जना गर्भवती महिला मध्ये २०७ जनाको मृत्यु हुने गरेको र १२ जिल्ला मध्ये बाँके, कपिलवस्तु र रुपन्देहीका दक्षिण , पश्चिम…

जथाभावी फोहोर फाल्नेलाई सिद्धार्थनगरद्वारा जरिवाना

स्वास्थ्यसमाचार /रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले सार्वजनिक स्थानमा जथाभावि फोहोर फाल्नेलाई जरिवाना लगाएको छ । पटक पटक सुचना जारी गर्दा समेत अटेर गरी जथाभावि फोहोर फाल्न नछाडेपछि नगरपालिकाले जरिवाना पत्र काटेको हो । नगरका सडक पेटी एवं सार्वजनिक स्थानहरुमा जथाभावि फोहोर फाल्ने ६ ब्यबसायी फर्मलाई पहिलोपटक लाई पाँच हजारका दरले जरिवाना तोकिएको छ । नियमित सरसफाई एवंम फोहोर मैला घर घरमा पुगेर उठाउँदा पनि कतिपयले अटेर गरी सार्वजनिक स्थानमा फोहोर फाल्न नछाडे पछि बाध्य भएर जरिवाना काट्नु परेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए । ‘नगर स्वच्छ,…

मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्चको १२ बुँदे निर्देशनात्मक आदेश

स्वास्थ्यसमाचार/न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले मानसिक स्वास्थ्यको क्षेत्रमा रहेको लान्छना र विभेद हटाउन त्यस्तो कार्यलाई कसूर मानी आवश्यक दण्ड सजायको व्यवस्था गर्नेदेखि तीनै तहको सरकारले अनिवार्य मानसिक स्वास्थ्य शाखा खोल्न र सबै अस्पतालमा अनिवार्य मानसिक शाखा खोल्न परमादेश जारी गरेको हो । मानसिक स्वास्थ्य क्षेत्रमा सक्रिय कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्ब संगठनका मातृका देवकोटा र राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्ब संगठनका तर्फबाट अधिवक्ता शर्मिला पराजुलीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै यस्तो आदेश गरेको हो । २०८१ मंसिर १७ गतेको फैसलाको पूर्णपाठ शुक्रबार…

सिकल सेलका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया सुरु

काठमान्डौ/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया सुरु भएको छ । मन्त्री पौडेलको पहलपछि भारत सरकारले बिरामीको प्रतिरोधी क्षमता वृद्धिका लागि दिने भनिएको भ्याक्सिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गरेको छ । मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरे । मन्त्री पौडेलले थारु समुदायले वंशाणुगत रूपमा समस्या भोग्दै आएको यो रोगको उपचार सहज बनाउन यसै वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरी…

“सैनामैनामा क्यान्सर रोग सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न”

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा रुपन्देही र सैनामैना नगर अस्पतालको आयोजनामा तथा सैनामैना नगरपालिका वडा नं. ४ को समन्वयमा क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। सैनामैना वडा नं. ४ मा आयोजित कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा रुपन्देहीका सभापति खिम बहादुर हमालको सभापतित्व सैनामैना नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले को प्रमुख आतिथ्यमा क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको लुम्बिनी प्रादेशिक अस्पतालका अंकोलोजी विभाग प्रमुख एवं स्तन क्यान्सर रोग विशेषज्ञ डा. सन्जय पाण्डेले क्यान्सर रोग सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्दै…

स्वास्थ्यमा सेवाको प्रभावकारितामा ध्यान दिन्छौं : मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता लागू भएपछि विकासको गतिले फड्को मारेको र यसलाई उपलब्धिको रूपमा लिनुपर्ने बताउनु भएको छ । रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था पाल्पाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्यतर्फ लुम्बिनीले भौतिक पूर्वाधार विकासमा प्रगति गरेको र अब सेवाको प्रभावकारिताका लागि ध्यान दिने उहाँले बताउनुभयो । अस्पतालहरू बनेका छन् । अब सेवालाई बढाउन जरुरी छ उहाँले भन्नुभयो सेवा प्रवाहलाई चुस्त बनाउने योजना प्रदेश सरकारसँग छ । महत्त्वपूर्ण र उपलब्धि देखिने योजनाहरूलाई बहुवर्षीय योजनामा समावेश गर्दै सरकार अघि…

कञ्चनमा गृहिणीहरूको लागि भान्सा सुधार र स्वस्थ जीवनशैली प्रर्वद्धन कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा “संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम“ सम्पन्न भयोे । लुम्बिनी आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख गणेश प्रसाद सापकोटाको अध्यक्षता तथा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो।त्यस्तै लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा “स्वस्थकर जीवनशैली प्रवद्र्धनमा गृहिणीहरुका लागि भान्सा सुधार “ कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममाकार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष नवराज ढकालले संक्रामक तथा नसर्ने रोगहरूको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न जनचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमको महत्वमा जोड दिनुभयो। उहाँले आयुर्वेद…

१२ जिल्लामा विशेषज्ञ सेवा विस्तार, प्रसूति सेवा थप प्रभावकारी :मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजनालाई समयमा सम्पन्न गर्नेगरी सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक पूर्वाधार, प्राविधिक शिक्षा, स्वास्थ्य, प्रशासनिक केन्द्र निर्माणको कामलाई प्रदेश गौरवका आयोजनाको रूपमा तीव्र रूपमा कार्यान्वयन गरिरहेको र यी आयोजना सम्पन्न भएपछि प्रदेशले नयाँ उचाइ प्राप्त गर्ने बताउनु भएको हो । लुम्बिनी प्रदेश सरकारले पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनमा राखेर निर्माण शुरु गरेको गरेको हो । अहिले पनि सडक निर्माणको…

ग्यास्ट्रो सम्मेलनमा नवीन उपचार प्रविधिबारे छलफल हुन्छ : डा. भुसाल

ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पिटलको आयोजनामा बुटवलमा पहिलो पटक यहि शनिवार प्रादेशिक रुपमा लुम्बिनी ग्याष्ट्रो सम्मेलन २०२५ हुँदै छ ।यो सम्मेलन आयोजना गर्नुको उदेश्य यसको तयारीको विषयमा ग्याष्ट्रो सेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक पेट, आन्द्रा , कलेजो तथा बष्ठि ग्याष्ट्रोलोजिष्टि डा. मोहन भुसाल संग स्वाथ्यसमाचारको लागि चन्द्रकान्त खनालले गरेको कुराकानी । रुपन्देहीमा पहिलो पटक प्रादेशिक रुपमा ग्यास्ट्रो सम्मेलन आयोजना हुँदै छ, यसको तयारी कहाँ पुग्यो ? बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ नामक सम्मेलन…