संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमको उपचारका क्रममा निधन

स्वास्थ्यसमाचार/ संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा। किरण नकर्मीले बताए । उनले भने, ‘क्रिटिकल अवस्था थियो । शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उहाँको बिहान ५ बजे निधन भयो ।’ इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की पनि अस्पताल पुगेकी…

स्वास्थ्यमा भ्रष्टाचार र सेटिङको खेल चल्न पाउँदैन : स्वास्थ्य मन्त्री गिरी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा पारदर्शी भएर काम गर्ने बताएका छन्। सोमबार मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूले मन्त्रालयमा सुचनाको पहुच नहुने तथा खरिद प्रक्रियामा भ्रष्टाचार र कमिसनको खेल हुने गरेकोले सुचनामा पारदर्शी किन हुन सक्दै भन्ने प्रश्नको जवाफ दिदै मन्त्रिले यस्तो बताएका हुन्। उनले हरेक काम पारदर्शी ढंगबाट मात्र हुने जिकिर गर्दै भने ‘जनताको रगत पसिनाबाट प्राप्त भएको राजश्वलाई दुरुपयोग हुन दिन्न।’ यसैबीच बाँकेमा कुनै पनि बालबालिकालाई खोप लगाउन नछुटाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको मन्त्री गिरीले बताएका छन्। आइतबार मात्रै बाँकेमा…

गुल्मी जिल्ला अस्पताल लुम्बिनी प्रदेशमै तेस्रो

स्वास्थ समाचार /स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ । आर्थिक वर्ष ०७९/०८० सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ८९ प्रतिशत अंक ल्याएर गुल्मी अस्पताल तेस्रो भएको हो । लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालहरु मध्येबाट गुल्मी अस्पतालमा भइरहेका स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर प्रदेशमा तेस्रो हुन सफल भएको छ । अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा २ दिनसम्म बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पाण्डे सहितको…

रुपन्देहीमा छुटेका ५देखी११ बर्षसम्मका लाई कोरोनाको खोप लगाईने

स्वास्थ्यसमाचार / रुपन्देहीमा ५ देखी ११ बर्षका बालबालिका लाई कोभिड–१९विरुद्धको दोश्रो छुटेका लाई खोप लगाईने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार कोभिड–१९ रोग विरुद्धको खोप ५ देखि ११ वर्ष सम्मका बालबालिकाहरु जसले पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई फाइजर खोपको दोस्रो मात्रा र १८ वर्ष माथीका पहिलो, दोस्रो मात्रा खोप लगाउन छुट भएका तथा मेरोसेल खोपको २ मात्रा लगाई बुस्टर मात्रा लगाउन बाँकी रहेकाहरु लाई सबै पालिकाको तपशिलमा उल्लेखित स्वास्थ्य संस्थाहरुबाट निम्न मिति, स्थान र समयमा कोभिङ–१९ रोग बिरुद्धको खोप लगाईने वताउनु भयो।…

रुपन्देहीमा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन अभियान जारी

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला कार्यसमिति रुपन्देहीले सुर्तीजन्य पदार्थ (नियन्त्रण नियमन) ऐन २०६८ र उक्त ऐन अन्तर्गत रहेर स्थानीय सरकारले आफ्नो पालिकामा निर्माण गरेका निति नियमको प्रभावकारी कार्यान्वयनका लागि रुपन्देहीका बुटवल र तिलोत्तमा नगरपालिकाका मेयरलाई ध्यानाकर्षण पत्र बुझाएका छन । ध्यानाकर्षण पत्रमा प्राणघातक प्रकृतिको क्यान्सर रोग आज सम्पुर्ण विश्व, हाम्रो देश र समाजको लागि समेत ठूलो चुनौती भएको बेला स्थानीय तहका सरकार र सरकारी निकायले गम्भीर भएर सुर्तीजन्य पदार्थ (नियन्त्रण नियमन) ऐन २०६८ र उक्त ऐन सङ्ग जोडिएका स्थानीय नीति नियम प्रभावकारी कार्यान्वयन गर्न सकेको खण्डमा सुर्तीजन्य पदार्थको…

सिद्धार्थनगर सिटी हस्पिटल भैरहवामा बाल रोग विशेषज्ञ सेवा विस्तार

स्वास्थ्यसमाचार /भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालको सेवा बिस्तार गर्दै बिरामीहरुलाई निरन्तर स्वास्थ्य सेवा दिइरहेकोछ ।अस्पतालले विभिन्न सेवा सुविधा निरन्तर रुपमा दिदै आएकोमा यही माघ ८ गते आईतबार देखि लामो अनुभव प्राप्त डाक्टर प्रत्युष ज्ञवाली पनि यस सिद्धार्थनगर सिटी हस्पिटलमा ओ.पि.डी तथा बाल रोग संग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने उदेश्यका साथ सेवा नियुक्त हुनुभएकोछ । निःसन्तान दम्पतिका लागि IVF सेवा संचालन गर्दै आईरहेको यस सिद्धार्थनगर सिटी हस्पिटलमा सुरक्षित गर्भाधारण तथा सुरक्षित डेलिभरीका लागि बालरोग तथा महिला रोग सम्बन्धी सेवाको विशेष भुमिका रहेको हुदा बाल रोग, महिला तथा प्रसुति रोगका साथै…

आयुर्वेदले स्वर्ग र पुनर्जन्मको ठेक्का लिँदैन : अध्यक्ष ओली

स्वास्थ्यसमाचार/ एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताउनु भयो । उहाँले प्रविधिको उपलब्धीले मानिसमा परनिर्भरता बढ्दै गउकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हरेक मानिसले…

स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धी ४ दिने तालिम सम्पन्न

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम समापन भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका २३ जना स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो । तालिमको समापन कार्यक्रमका बोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउदै खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण भएको बताउनु भयो उहाले खोप नियमीत लगाउन सबैलाई…

स्वास्थ्यमन्त्री गिरी बाँकेको दादुरा प्रभावित क्षेत्रमा

स्वास्थ्यसमाचार/ बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका-५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उहाँले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गर्नुभयो । मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गर्नुभयो । मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, धवलशमशेर राणा…

सिद्धार्थनगरमा शारीरिक अपांगता परीक्षण स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपाङ्गता परिक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुनस्स्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न निःशुल्क शारीरिक अपाङ्गता परिक्षण शिविरमा बालबालिकासहित ५३ जनाले सेवा लिएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताउनुभयो । शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रबाट खटिएका अनुभवी चिक्तिसकद्धारा परिक्षण गरिएको थियो । ‘शारीरिक अपाङ्गता भएपनि सर्वसाधारणले अनुभवी चिकित्सकद्वारा परिक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भन्नुभयो, ‘शिविर संचालनले सेवा लिएका सर्वसाधरण लाभान्वित भएका छन् ।’ उहाँले शिविरको क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण…