स्वास्थ्यसमाचार/ पोखरामा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय महिलाको मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।
कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेहको समस्यासमेत थियो । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो ।
प्रतिकया दिनुहोस्