प्यूठान अस्पतालमा हेमोडायलाइसिस र एसएनसीयु सेवा सुरु

स्वास्थ्यसमाचार/ प्यूठान अस्पतालमा हेमोडायलाइसिस सेवा तथा नवजात शिशु विशेष हेरचाह कक्ष (एसएनसीयु) सञ्चालनमा ल्याइएको छ। सोमबार आयोजित एक कार्यक्रमबीच दुवै सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले पछिल्लो समय रोगहरूको अवस्था जटिल बन्दै गइरहेकाले खानपानमा सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नसर्ने रोगहरूको उपचारमा व्यक्ति र राज्य दुवैको ठूलो आर्थिक व्यय हुने भएकाले सचेतना र रोकथाम आवश्यक रहेको उल्लेख गर्नुभयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलका अनुसार विभिन्न निकायको सहकार्यमा हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याइएको हो। लायन्स क्लब, प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहहरूको…

अस्पतालमा १०% निःशुल्क शय्या अनिवार्य कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालय लुम्बिनीको निर्देशन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय ले निजी स्वास्थ्य संस्थामा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याइएको निःशुल्क उपचार सेवा प्रभावकारी रूपमा कार्यान्वयन नभएको पाइएको भन्दै कडाइका साथ सूचना सम्प्रेषण र अनुगमन गर्न निर्देशन दिएको छ। मन्त्रालयले राप्ती उपत्यका (देउखुरी) बाट जारी गरेको परिपत्रमा प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी नियमावली २०७७ (संशोधनसहित) अनुसार निजी अस्पतालहरूले कुल शैय्याको कम्तीमा १० प्रतिशत शैय्या गरिब, असहाय र बेवारिसे बिरामीका लागि छुट्याई अनिवार्य रूपमा निःशुल्क उपचार उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ। तर, उक्त व्यवस्था कार्यान्वयन सन्तोषजनक…

पाल्पामा ‘स्वर्णविन्दु प्राशन कार्यक्रम’ स्वास्थ्य मन्त्री सारु द्वारा शुभारम्भ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले बाल स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको ‘स्वर्णविन्दु प्राशन कार्यक्रम’को औपचारिक शुभारम्भ गरिएको छ। कार्यक्रमको आज पाल्पास्थित आयुर्वेद स्वास्थ्य केन्द्र, तानसेनमा प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु ले उद्घाटन गर्नुभयो। शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै मन्त्री सारुले आयुर्वेद चिकित्सा पद्धतिको ऐतिहासिक महत्व उल्लेख गर्दै करिब चार हजार वर्ष पुरानो ग्रन्थ काश्यप संहिता मा स्वर्णविन्दु प्राशनबारे स्पष्ट व्याख्या गरिएको बताउनुभयो। उहाँका अनुसार स्वर्णभस्म, ब्राह्मी घृत र शुद्ध महको निश्चित मात्रामा तयार गरिने यो मिश्रण ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई सेवन गराइन्छ। उहाँले…

क्षयरोग रोकथाममा सबैको साझा दायित्व अपरिहार्य : मन्त्री सारू

स्वास्थ्यसमाचार/क्षयरोग नियन्त्रणमा समुदाय र स्थानीय तहको सक्रिय सहभागिता जरुरीलुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले क्षयरोग (टिबी) रोकथाम तथा नियन्त्रणका लागि सबै तह र क्षेत्रको सक्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सारूले यस्तो धारणा व्यक्त गरे । उनले स्वास्थ्य सेवा मात्रले नभई समुदाय, परिवार र सरोकारवाला सबै पक्षको साझा प्रयासबाट मात्र क्षयरोग उन्मूलन सम्भव हुने स्पष्ट पारे । उनले भने , “क्षयरोग अझै पनि जनस्वास्थ्यका लागि चुनौतीपूर्ण रोगका…

लुम्बिनीमा आठ महिनामा २७ प्रतिशत खर्च, स्वास्थ्यले गर्यो ४८प्रतिशत

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा कुल विनियोजित बजेटको २७.६३ प्रतिशत मात्र खर्च गरेको छ। समग्र बजेट कार्यान्वयन सुस्त रहे पनि स्वास्थ्य मन्त्रालय लुम्बिनी भने खर्चका हिसाबले सबैभन्दा अगाडि देखिएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ३८ अर्ब ९१ करोड रुपैयाँ बजेटमध्ये फागुन मसान्तसम्म १० अर्ब ७५ करोड रुपैयाँ मात्र खर्च भएको छ। यस अवधिमा पुँजीगततर्फ २५.४० प्रतिशत र चालुतर्फ ३१.०१ प्रतिशत खर्च भएको छ। स्वास्थ्य मन्त्रालयले भने कुल ४८.६३ प्रतिशत बजेट खर्च गर्दै अन्य मन्त्रालयलाई पछि पारेको छ। यसमध्ये चालु खर्च ३८.९२ प्रतिशत र…

लुम्बिनी प्रदेशमा नसर्ने रोग सम्बन्धी सम्मेलन २०८२ सम्पन्न

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले पछिल्लो समय नसर्ने रोगको अवस्था भयावह बन्दै गएको बताउनुभयो। यसको रोकथामका लागि प्रदेश सरकारले समुदाय स्तरमै पुगेर स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको “नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र निदान” विषयक एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री सारूले नसर्ने रोग नियन्त्रणका लागि प्रदेश सरकार सक्रिय रूपमा लागिरहेको बताउनुभयो। मन्त्री सारूले पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मुटु रोग र क्यान्सर जस्ता नसर्ने रोगहरू तीव्र रूपमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। “पछिल्लो समय नसर्ने रोगको अवस्था निकै…

मातृ–नवजात मृत्युदर घटाउन प्रदेश सरकारको प्रयास जारी : मन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रदेशमा मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ प्रभावकारी हुने बताएका छन्। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले बाँके, बर्दिया, दाङ र प्युठानका स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीसँग नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले १२ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरी अभियान कार्यान्वयनमा ल्याइएको जानकारी दिए। मन्त्री सारुका अनुसार मातृ मृत्युदर उच्च रहेका २६ पालिकामा अभियान सुरु गरिएको छ। चालु आर्थिक वर्षमा ४ करोड ४० लाख रुपैयाँ खर्च गरिने र करिब २७ हजार ६ सय आमालाई कार्यक्रममा समेट्ने लक्ष्य छ। उनले…

लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’ सुरु

स्वास्थ्यसमाचार / सरकारले मातृ तथा नवजात शिशु मृत्युदर घटाउने लक्ष्यसहित ‘सुरक्षित मातृत्व अभियान’ विशेष कार्यक्रम सुरु गरेको छ। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले रुपन्देही र नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै अभियानको अवधारणा तथा कार्यढाँचा सार्वजनिक गरेको हो। सरोकारवालाबाट सुझाव संकलन गरी अभियानलाई थप प्रभावकारी बनाउने मन्त्रालयको लक्ष्य छ। कार्यक्रमले निःशुल्क प्रयोगशाला सेवा तथा युएसजी परीक्षण, सम्मानजनक तथा भेदभावरहित सेवा प्रवद्र्धन र स्थानीय तहस्तरीय अनुगमनलाई एकीकृत ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ। मन्त्रालयका अनुसार प्रदेशमा गर्भवती जाँच (एएनसी) ८२ प्रतिशत र संस्थागत सुत्केरी ८७ प्रतिशत पुगेको छ। तर…

स्वास्थ्य मन्त्रालय, लुम्बिनीको २०८२-८३ को अर्धवार्षिक समीक्षा सम्पन्न

स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८२/ ०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रममा सम्पन्न भएको छ । दाङको भालुवाङमा भएको समिक्षामा वोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले स्वास्थ्य सेवा संरचना विस्तारमा मात्र सीमित नराखी सेवाको गुणस्तर, पहुँच र प्रभावकारितामा केन्द्रित हुन आवश्यक रहेको वताउनु भयो । उहाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा हालसम्म ४१.७ प्रतिशत प्रगति हासिल गरे पनि अझै सुधार गर्नुपर्ने धेरै क्षेत्र बाँकी रहेको उल्लेख गर्नु भयो । मन्त्री सारुले “अबको प्राथमिकता भनेको सेवा विस्तारसँगै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो,” उहाले भन्नु भयो। मन्त्री सारूले स्वास्थ्य संस्थाहरूको…

स्वास्थ्य सेवामा पहुँच मात्र होइन, गुणस्तर अनिवार्य : स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवालाई पहुँचसँगै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको छ। बुटवलमा आयोजित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री सारुले गुणस्तरीय स्वास्थ्य सेवा बिना नागरिकको जीवन रक्षा सम्भव नहुने बताउनुभयो। उहाँले स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्दै रुपन्देही जिल्ला स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्नुभयो। यहाँका स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने सेवाका कारण धेरै नागरिक लाभान्वित भएको र रुपन्देही अब ‘हेल्थ टुरिजम हब’ बन्दै गएको उहाँको भनाइ थियो। मन्त्री सारुले बुटवलमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण…