स्वास्थ्य सुधारमा लुम्बिनी : परिवार स्वास्थ्य प्रोफाइल र शुन्य वेरुजु

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य प्रणालीलाई व्यवस्थित, तथ्यांक–आधारित र पारदर्शी बनाउन दुई महत्वपूर्ण कार्यक्रमको सुरुवात गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा उनीहरुले आ आफ्नो प्रदेशले गरेको प्रगति विवरण प्रस्तुत गर्ने क्रममा लुम्बिनी प्रदेशले स्वास्थ्य सुधारका लागी गरेका महत्वपुर्ण २ काम प्रस्तुत गरिएको हो । पहिलो काम प्रदेश सरकारले ‘फ्यामिली हेल्थ प्रोफाइल’ तयार पार्ने अभियान सुरु गर्दै अब प्रत्येक परिवारको स्वास्थ्य अवस्था, उपचार इतिहास तथा रोग जोखिमको अभिलेख प्रदेशस्तरमै डिजिटल रूपमा राखिने व्यवस्था मिलाइएको छ। यो अभियानमार्फत समुदायमा रहेका सम्भावित स्वास्थ्य समस्यालाई समयमै…

गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथमिकता: स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । राप्ती प्रेस मञ्चले  आयोजना गरेको पत्रकारहरुको आँखा तथा स्वास्थ्य जाँच शिविरको उद्घाटन गर्दै उनले प्रभावकारी र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार निरन्तर कार्यरत रहेको स्पष्ट पारेका हुन । उनका अनुसार प्रर्वद्धनात्मक उपचार सेवामा सरकारले ध्यान बढाएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना संस्थाका रूपमा अघि बढाउने लक्ष्य लिइएको छ । आधारभूत स्वास्थ्य सेवा बलियो बनाउँदै लगिएको छ । गाउँ तथा दुर्गम क्षेत्रमा चिकित्सक पठाउने व्यवस्थालाई सन्तुलित बनाइएको छ । स्वास्थ्यमन्त्री सारुले पत्रकारको…

HIV, TB र Malaria नियन्त्रण समाजको साझा जिम्मेवारी मन्त्री :सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा ग्लोबल फण्ड र यूएनडीपीको सहकार्यमा “Strengthening Health Resilience in Nepal : HIV, TB & Malaria Sharing Meeting” दाङको देउखुरीस्थित लुम्बिनी सभा हलमा सम्पन्न भएको छ। बैठकको उद्घाटन प्रदेश स्वास्थ्य मन्त्री खेम सारुले गर्नुभयो । कार्यक्रममा स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालय प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्र स्वास्थ्य विज्ञ, साझेदार संस्थाहरूको सहभागिता थियो। कार्यक्रममा लुम्बिनी प्रदेशमा HIV, टीबी र मलेरियाको वर्तमान अवस्था, उपचारको पहुँच, जोखिम समूह पहिचान तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। मन्त्री सारुले “HIV, TB र Malaria नियन्त्रण केवल उपचारको कुरा मात्र…

इच्छा अनुसार होइन, जिम्मेवारी अनुसार काम गरौं : स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खिमबहादुर सारुले स्वास्थ्य क्षेत्रमा काम नगर्ने र कागजपत्र मात्रै बनाउने प्रवृत्ति बढ्दै गएको बताउनु भएको छ ।स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा भएकोे प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री सारुले यस्तो बताउनु भयो । भालुवाडमा भएको समीक्षामा बोल्दै मन्त्री सारुले निर्वाचन वाट आएका जनप्रतिनिधि र लोक सेवा आयोगबाट आएका कर्मचारीप्रति जनतामा असन्तुष्टि देखिएको उल्लेख गर्दै सेवाग्राही मैत्री व्यवहार अपनाउन आग्रह गर्नु भयो ।उहाँले नेता मन्त्री तथा बिशिष्ठहरुको काम छिटो छरितो हुने र त्यहि काम सेवाग्राहीको भन्ने नहुने यस्तो चाकडी प्रबिधि अन्त्य गर्नु पर्ने र सेवा…

नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन । लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे । साथै `मेरो स्वास्थ्य मेरो जिम्मेवारी´ भन्ने मूल मान्यतालाई सबैले अंगाल्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि दुई लाख रुपैयाँ उपचार…

स्वास्थ्य मन्त्रालय लुम्बिनीको बेरुजु फर्छ्यौट : ५० लाख रूपैयाँ असुली

स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय लुम्बिनीले विभिन्न अस्पताल र स्वास्थ्य संस्थाबाट करिब ५० लाख रूपैयाँ बेरुजु असुली गरेको छ । मन्त्रालयले बेरुजु फर्छ्यौट अभियानमार्फत सञ्चालन गरेर सेवाप्रदायक र सेवाग्राहीसँग ४९ लाख ६१ हजार ६७ रूपैयाँ रकम असुली गरेको हो । बेरुजु संकलन अभियान प्रभावकारी देखिएको लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए । अभियानले प्रदेशभरि स्वास्थ्य सेवाको प्रवाह र समुचित व्यवस्थापनलाई सघाउ पुग्ने उनको विश्वास छ । ‘बेरुजु रकम संकलन गर्न सम्बन्धित स्वास्थ्य संस्था र कार्यालयलाई कडा निर्देशन दिएका छौं । यो अभियानले प्रदेशमा स्वास्थ्य सेवाको पारदर्शीता र दिगो व्यवस्थापनमा टेवा पुर्‍याउने विश्वास लिएका…

लुम्बिनी प्रदेशका अस्पताल आत्मनिर्भर बनाउने प्रतिवेदन स्वास्थ्य मन्त्रीलाई बुझाइयो :यस्ता छन् सुझावहरू

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश भित्रका प्रादेशिक लगायत अन्य अस्पतालहरुको संचालन खर्च धान्न सक्ने गरी आत्मनिर्भरता बनाउने मुख्य जिम्मेवारी पाएको अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुलाई बुझाएको छ । अध्ययन कार्य दलका संयोजक प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पंथीले कार्यदलको अध्ययन प्रतिवेदन लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयलाई बुझाउनु भएको हो । मन्त्री स्तरको निर्णय बाट गठित कार्यदलको अध्ययन प्रतिवेदन स्वास्थ्य मन्त्रालयले अध्ययन गरी मुख्य मन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा प्रतिवेदन पेश हुने बताइएको छ । कार्य दलले अस्पतालको कार्य संचालनलाई मितब्यी बनाउदै…

स्वास्थ्य मन्त्रालय लुम्बिनीको एक वर्षे कार्य र उपलब्धि सार्वजनिक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले एक वर्षमा सम्पादित गरेका कार्य तथा मुख्य उपलब्धिहरू आइतवार सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आज स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहणपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता, गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिएको जनाएको छ । बार्षिक नीति तथा कार्यक्रम, घोषणापत्र एवं कार्यक्रमले परिलक्षित गरेअनुरुप २०८१–८२ मा स्वास्थ्य मन्त्रालयको ८६.५१ ५ वित्तिय प्रगति, १२०० शैयाको लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास भई हाल २७ प्रतिशत भौतिक प्रगति भएको प्रगतिमा उल्लेख छ । आर्थिक सुविधा अन्तर्गत क्यान्सर, मुटुको भल्व फेर्ने र मिर्गौला प्रत्यारोपण उपचारको सिफारिस भालुवाङको सट्टा…

स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्री सारुको प्रतिबद्धता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले सबै स्वास्थ्य संस्थाहरूमा आवश्यकता अनुसार उपकरण र जनशक्तिको व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।विभिन्न स्वास्थ्य संस्थाको निरीक्षणको क्रममा उहाँलै जनशक्तिको व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । अनुगमनका क्रममा बर्दघाटका नगरप्रमुख शम्भुलाल श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्न मन्त्रीसँग आग्रह गर्नुभएको थियो ।त्यसको जवाफमा मन्त्री सारुले चिसापानी अस्पतालका लागि दुई जना एमबीबीएस चिकित्सक .मेडिकल अधिकृत) र शहीद स्मृति अस्पतालका लागि एक सी–आर्म मेसिन र एक डीआर सिस्टमको एक्स–रे मेसिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख…

नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाइल अभियान शुभारम्भ

स्वास्थ्यसमाचार/ नवलपरासी पश्चिममा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको छ । मोबाईल मार्फत नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने लक्ष्यका साथ नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको हो । लुम्बिनी प्रदेशका तीन जिल्लामा यो भन्दा अघि अभियान सुरु गरिसकिएको छ । यसभन्दा अघि पाल्पा, बाँके र अर्घाखाँची जिल्लामा यो अभियान सुरु भईसकेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले नवलपरासीमा सुरु गरिएको अभियानको उद्घाटन गर्नुभयो । अभियानको उद्घाटन गर्दै मन्त्री सारुले मातृमृत्यूदरको तथ्याङ्क हेर्दा सुधार गर्नुपर्ने धेरै विषय देखिएको बताउनुभयो । उहाँले जिल्लाको सामाजिक,…