स्वास्थ्य मन्त्रालय लुम्बिनी बजेट खर्चमा शीर्ष स्थानमा, ८६.०४% खर्च

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय स्वास्थ्य मन्त्रालय बनेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा लुम्बनी प्रदेशका मन्त्रालयहरुमा सबैभन्दा धेरै वित्तिय प्रगति स्वास्थ्य मन्त्रालयले गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक दीपक ज्ञवालीका अनुसार चालु आवको २५ असारसम्म प्रतिशतका हिसाबले धेरै बजेट खर्च गर्नेमा स्वास्थ्य मन्त्रालय रहेको छ । स्वास्थ्य मन्त्रालयले कुल बजेटको ८६.०४ प्रतिशत बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले निरन्तरको फलोअप, ताकेता र सबै कर्मचारीहरुको सहयोगले स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय भएको बताउनुभयो…

प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जाेडाैं:मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन । बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पारेका हुन । ञअस्तव्यस्त जीवनशैलीले मानव स्वास्थ्यमा समस्या देखा परेका छन् । विभिन्न रोग र स्वास्थ्य समस्याले प्रताडित हुनुपर्ने अवस्था छ । निरोगिता र स्वस्थ जीवनशैलीका लागि योग र प्राकृतिक चिकित्सा अत्यन्तै उपयोगी छन् । सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ,झउनले भने । मुख्यमन्त्री आचार्यले प्राकृतिक चिकित्साको…

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी र ब्रेस्ट क्लिनिक सेवा सुरु

स्वास्थ्यसमाचार / महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको समुद्घाटन गर्दै यहाँको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताए । अस्पतालमा ‘स्वचालित ल्याव रिपोर्ट डिस्प्याच’को समेत मन्त्री सारुले शुभारम्भ गरे । अस्पतालमा स्थापना गरिएको म्यामोग्राफी सेवाले महिलाहरुको स्तन क्यान्सर सम्बन्धी रोगहरुको पहिचान तथा उपचारमा ठूलो सफलता मिल्ने अपेक्षा गरिएको छ भने स्वचालित ल्याव…

देवदहमा ग्यास्ट्रो सेन्टर बुटवलद्वारा विशेषज्ञ निःशुल्क पेट रोग शिविर

स्वास्थ्यसमाचार / ग्यास्ट्रो सेन्टर बुटबलले देवदह नगरपालिकाको अम्मर सिहमाविमा पेट रोगसम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। स्वतन्त्र भुपु सैनिक कल्याणकारी परिवारको आयोजना तथा ग्यास्ट्रो सेन्टर बुटवलको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ग्यास्ट्रो सेन्टर बुटवलका वरिष्ठ पेट, कलेजो, आन्द्रा तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसाल सहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले १६० भन्दा बढी बिरामीहरूको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको थियो। शिविरमा १० जना बिरामीलाई इन्डोस्कोपी सेवा समेत प्रदान गरिएको डा. भुसालले जानकारी दिनुभयो।उहाँका अनुसार समाज प्रतिको उत्तर दायित्वअनुसार दुर्गम क्षेत्रमा सेवा…

युसीएमएस भैरहवामा आधारभूत शल्यक्रिया सीप कार्यशाला सम्पन्न

स्वास्थ्यसमाचार/रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा एकदिने आधारभूत शल्यक्रिया सीप कार्यशाला सम्पन्न भएको छ । युसीएमएसको शल्यक्रिया विभागको आयोजनामा कार्यशाला भएको हो । जुनियर चिकित्सक तथा मेडिकल विद्यार्थीहरुलाई सुरक्षित र नियन्त्रित वातावरणमा शल्यक्रियाको आधारभूत सीप र सिद्वान्तहरुमा दक्ष बनाउनु कार्यशालाको उद्देश्य रहेको युसीएमएसका सूचना अधिकारी सुशील गुरुङले बताउनुभयो । कार्यक्रमको कोर्स डाइरेक्टरको रुपमा शल्यक्रिया विभागका प्रमुख प्रा.डा.सन्तोष शाह र कोर्स संयोजकमा सह–प्रा.डा.सन्तोष मिश्रा रहनुभएको थियो । प्रा.डा.शाहका अनुसार यो कार्यशालाले एसप्टिक प्रविधि, उपकरण सम्हाल्ने तरिका, गाँठो कस्ने, टाँका लगाउने र टिस्यु ह्यान्डलिङ्ग जस्ता प्रत्यक्ष अभ्यासमा…

अर्घाखाँची पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

स्वास्थ्यसमाचार /अर्घाखाँची जिल्लालाई पूर्ण खोपसुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । शुक्रबार आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर शारुले अर्घाखाँचीलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरे । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय खोप कार्यक्रमअनुसार जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाहरूलाई आवश्यक १३ प्रकारका खोपहरूको सम्पूर्ण मात्रा दिइएको पुष्टि भएपछि जिल्लाभरिका ६ वटै पालिकालाई पूर्ण खोपको दिगोपनासहित घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै मन्त्री शारुले कुनै पनि बालबालिका खोप पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन भन्दै स्वस्थ नागरिक नै नेपालको सम्पत्ति हुन् भन्ने धारणा व्यक्त गरे । उनले नेपाल सरकारको खोप अभियानपछि…

“स्वास्थ्य बीमा बोर्डले तोक्यो ३८४ प्रथम सेवा विन्दु, १ साउनदेखि लागू”

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले आगामी १ साउन देखि लागू हुने गरी बीमितहरुलाई आफू नजिकको प्रथम सेवा विन्दुमा गई उपचारको सुरुवाती सुविधा लिन सकिने बताई सकेको छ । यसअघि बीमितले प्रथम सेवा विन्दुको रुपमा छानेका आफ्नै ठाउँका प्रमथ सेवा विन्दुमा देखाएर मात्रै थप उपचारका लागि अन्य अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नु पर्ने बाध्यता थियो । यसले बीमितलाई जुनसुकै बेला देशका जुनसुकै ठाउँमा गएर स्वास्थ्य बीमा सुविधा लिन गाह्रो पारेको थियो । बोर्डका अनुसार अहिले देशभर ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकिएको छ ।

तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ पढाई हुने

स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी ) ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रमका लागि ४०/ ४० जनाको कोटा समेत निर्धारण गरेको छ । सिटिइभिटीको पत्र प्राप्त भएसँगै अब पूर्वाधार निर्माण र अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।तिलोत्तमाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल…

स्वास्थ्य मन्त्री सारुद्वारा बाँके स्वास्थ्य कार्यालयको अनुगमन सेवा प्रभावकारी बनाउन निर्देशन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु मगर बाँकेको स्वास्थ्य कार्यालयको अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा मन्त्री सारु मगरले कार्यालयमार्फत प्रदान गरिने स्वास्थ्य सेवाको अवस्था, कार्यक्षमता तथा स्थानीय तहहरूसँगको समन्वयबारे जानकारी लिनु भएको छ । उहाले स्वास्थ्यकर्मी संग छलफल पछि सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै स्थानीय तहसँग सहकार्य र समन्वयलाई मजबुत बनाउनु पर्ने आवश्यकता औंल्याउँदै निर्देशनसमेत दिनुभयो। स्वास्थ्य क्षेत्रको संवेदनशीलता उल्लेख गर्दै मन्त्री सारु मगरले आम नागरिकको विश्वास जित्ने गरी काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। मन्त्री सारु मगरले आवश्यक नीति र स्रोत व्यवस्थापनमा प्रदेश सरकारबाट सक्दो सहयोग गरिने प्रतिबद्धता समेत…

लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा सेवा सहजताका लागि मेडिकल वार्ड बिस्तार गरिँदै

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आकस्मिक कक्षको सेवालाई थप सहज बनाइने भएको छ । मेडिसिन वेडको सङ्ख्या थप गरेर आकस्मिक सेवातर्फका चाप कम हुनेगरी सेवा बिस्तारको काम भैरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए । हाल ४५ बेडमा सञ्चालित मेडिसिन वाडलाई दोब्बर वृद्धि गरी ९० बेडको बनाउन लागिएको हो । आकस्मिक सेवाका लागि आउने सेवाग्रहीको सङ्ख्या अत्याधिक भएको र उक्त चापलाई मध्यनजर गर्दै सेवा बिस्तारका लागि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । आगामी असोज भित्र सञ्चालनका ल्याउने ल्याउने ट्रस्ट निर्माण, पाटेसन, शौचालय, रङ्ग रोगन लगायत…