स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले कुनै पनि रोग लागेर महिला तथा युवतीहरुको ज्यान जान नपरोस भन्ने कुरालाई आत्मसाथ गरि नगरका महिला तथा युवतीहरुको पाठेघर र स्तन क्यान्सरको जाँचलाई बृहत शिविर नै आयोजना गरी परिक्षण शुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सेमराबजार स्वास्थ्य चौकीमा पाठेघरको र स्तन क्यान्सरको जाँच सम्बन्धीत बृहत स्वास्थ्य शिविरको एक कार्यक्रमका बिच तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले उदघाटन गर्नु भयो । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले तिलोत्तमामा कुनैपनि महिला स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट मृत्यु हुन नपरोस भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम आयोजना गरेको बताउनु…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
तिलोत्तमामा हरेक वडामा नियमित VIA परीक्षण सेवा सञ्चालन हुने
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पाठेघरको मुखको क्यान्सर समयमै पहिचान तथा रोकथाम गर्नका लागि २४ जना नर्सहरूलाई VIA ( Visual Inspection with Acetic Acid) परीक्षण सम्बन्धी तालिम प्रदान गरिएको छ। तालिम नगर स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन भएको हो। तालिमका प्रशिक्षकहरूले नर्सहरूलाई VIA परीक्षणको सिद्धान्त, प्रक्रिया, उपकरणको प्रयोग र परीक्षणपछि आवश्यक सल्लाह तथा उपचार सिफारिस सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेका छन्। कार्यक्रममा सहभागी नर्सहरूलाई आफ्नै सेवा केन्द्रमा नियमित रूपमा VIA परीक्षण सेवा दिन तयार पारिएको छ। तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले नगरले २४ जना नर्सलाई तालिम दिएको र नियमित रुपमा प्रतेक वडामा…
स्वास्थ्यमा बजेट: औषधि, उद्धार, रोग निवारणदेखि संरचना विकाससम्म
निःशुल्क औषधि र उपकरणका लागि १५ करोड स्वास्थ्यतर्फ निःशुल्क वितरण गरिने औषधिका लागि ३ करोड र उपकरणका लागि १२ करोड बजेट विनियोजन भएको छ । निःशुल्क हवाइ उद्धारलाई १० करोड उच्च मातृ तथा नवजात शिशु मृत्युदरलाई कम गर्न सुरक्षित मातृत्व अभियान अन्तर्गत निःशुल्क पूर्व प्रसुतीदेखि उत्तर प्रसुती सेवा प्याकेज, दुर्गम स्थानमा निःशुल्क हवाइ उद्धार सेवा कार्यक्रमका लागि रु १० करोड विनियोजन भएको छ । आत्महत्याको रोकथामलाई २ करोड बढ्दो मानसिक स्वास्थ्यको समस्या तथा आत्महत्याको रोकथाम र उपचारको लागि नागरिक आरोग्य कार्यक्रम, जीवनशैली परिवर्तन, योग शिविर सञ्चालन र मनोसामाजिक परामर्श लगायतका…
स्वास्थ्यमा लुम्बिनी प्रदेश सरकारको ४ अर्ब ९५ करोड बजेट
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्/ ८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्नु भएको हो । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत…
प्रादेशिक आयुर्वेद चिकित्सालय र लुम्बिनी आयुर्वेद चिकित्सालयको स्तरबृद्धिको लागी ३ करोड
दुई आयुर्वेद अस्पताललाई ३ करोड प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा विशेषज्ञ सेवा र लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवललाई विशेषज्ञ चिकित्सालयको रुपमा स्तरोन्नति गर्न रु ३ करोड विनियोजन भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको लागी १ अर्ब बजेट बिनियोजन
प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको लागि रु १ अर्ब विनियोजन भएको छ ।
प्यूठानको विजुवारमा ग्यास्ट्रो सेन्टर बुटवलको निःशुल्क पेट रोग शिविर
स्वास्थ्यसमाचार / ग्यास्ट्रो सेन्टर बुटबलले प्यूठानको विजुवारमा पेट रोगसम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा ग्यास्ट्रो सेन्टर बुटवलका वरिष्ठ पेट, कलेजो, आन्द्रा तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसाल सहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले १५० भन्दा बढी बिरामीहरूको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको थियो। शिविरमा १८ जना बिरामीलाई ईन्डोस्कोपी सेवा समेत प्रदान गरिएको डा. भुसालले जानकारी दिनुभयो।उहाँका अनुसार समाजप्रतिको उत्तरदायित्वअनुसार दुर्गम क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले यस्तो शिविर सञ्चालन गरिएको हो। डा. भुसालले यस्ता शिविर अन्य जिल्लामा पनि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। दुर्गम बस्तीमा विशेषज्ञ…
लुम्बिनी मन्त्रीपरिषद् बैठक: बजेट वक्तव्य प्रस्तुत गर्न स्वीकृति प्रदान स्वास्थ्यमा कस्तो आउला बजेट?
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य सहित छ वटा महत्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको छ। राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो। बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य सहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए। बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ू लाई स्वीकृति दिएको छ। यस नियमावलीले…
नेपाल फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा तिवारी ,महासचिवमा खत्री
स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको आठौँ साधरण सभा तथा दोश्रो अधिबेशन कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भयो । नेपाल फार्मेसी संघका केन्द्रिय अध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले खेमराज तिवारीको अध्यक्षतामा १० जनाको नयाँ प्रदेश समिति निबिरोध चयन गरेको छ । जस्को उपाध्यक्ष सुभेन्द्र प्रसाद यादब, सुलभ अधिकारी सुवेक्षा गौतम महासचिवमा उदय बहादुर खत्री कोषाध्यक्ष ओजस्वी रजथल र सचिवमा महेश रानाभाट र सुनिल द्धबेदी रहनु भएको छ । भने सदस्यहरुमा सुजाता डाँगी र बिमल घर्तिमगर रहनु भएको संघका अध्यक्ष खेमराज तिवारीले बताउनु भयो । अधिवेशनको उद्घाटन गर्दै नेपाल फार्मेसी संघका…
गौमुखी गाउँपालिका पूर्ण संस्थागत सुत्केरी सेवा युक्त पालिका घोषित
स्वास्थ्यसमाचार/ गौमुखी गाउँपालिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी भएसंगै गाउँपालिकालाइ जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ । पछिल्ला तिन आर्थिक बर्षमा गाउँपालिका भित्रका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर प्रसुति भएसंगै गाउँपालिकालाइ शनिवार एक कार्यक्रमका बिच पुर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषणा गरिएको हो । आर्थिक बर्ष २०७९/०८० मा ३ सय ३४ जना महिला गर्भवती रहेको गौमुखीमा सबै स्वास्थ्य संस्थामा आएर प्रसुती सेवा लिएका थिए । आ.व. २०८०/०८१ मा २८२ र आ.व. ०८१/०८२ मा २९५ जना गर्भवतीले स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद…


