स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) पीडितको सारथी बन्दै गएको छ । लैङ्गिक हिंसा र यौनजन्य हिंसाका घटनाका पीडितहरूको लागि निःशुल्क स्वास्थ्य उपचार, परामर्श र हेरचारमा पहुँच बढ्दै गएपछि पुनस्थापना गृह पीडितका लागि सारथी बनेको हो । भैरहवाकी १४ वर्षीया बालिका ३० वर्षीय दाजुबाट ०८० असार १५ गते बलात्कृत हुनुभयो । बलात्कारको शिकार हुनुभएकी बालिकाको पेटमा सात महिनाको गर्भवती भएको थाहा भयो । अन्य बालिकाभन्दा फरक र बौद्धिक रूपमा समस्या हुनुभएकी बालिका सामान्य नभएकै कारण आफ्नो पीडा कसैलाई भन्न सक्नुभएन । बालिका भन्नुहुन्छ, दाईले मलाई…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बने डा. बासुदेव उपाध्याय
स्वास्थ समाचार ।लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. बासुदेव जनार्दन उपाध्यायले पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २७ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो । उपाध्याय लामो समय देखि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा महानिर्देशक पदमा कार्यरत थिए । उपाध्यायलाई सचिवको जिम्मेवारी दिएसंगै लुम्बिनीका स्वास्थ्य सचिव डा जनार्दन पन्थी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएका छन् । २७ बैशाखको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशको स्वास्थ्य सचिव पनि परिवर्तन गरेको छ । त्यहाँ डा राधिका थपलियालाई सचिवको जिम्मेवारीमा पठाएको छ भने…
लुम्बिनी प्रादेशिक अस्पतालमा मनाइयो २०४औं नर्सिङ दिवस
बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । हरेक वर्षको मे १२ का दिन मनाइने नर्सिङ दिवस यस वर्ष ‘आवर नर्सेस आवर फ्यूचर, द इकोनोमिक पावर अफ केयर’ अर्थात हाम्रा ‘नर्सहरु हाम्रा भविष्य हुन, हेरचाहको आर्थिक शक्ति’ भन्ने मूल नाराकासाथ मनाइएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले नर्सिङ पेसाका जनशक्तिहरु नेपालमा अभाव हुँदै जाने अवस्था सिर्जना हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सबैभन्दा बढी नर्सिङ सेवाका जनशक्तिहरुको…
जीनोमिक डायग्नोस्टीक ल्याब्रोरेटोरी सातौ बर्षमा प्रवेश
स्वास्थ्यसमाचारर बुटवल उपमहानगरपालिका वडा नम्बर ६ हस्पिटल लाईनमा रहेको जिनोमिक डायग्नोस्टीक ल्याब्रोरेटोरी प्रालि सातौ बर्षमा प्रवेश गरेको छ । सातौ बर्ष प्रवेशको अवसरमा एक औपचारिक कार्यक्रम गरी बार्षिक उत्सव मनाइएको हो । मानबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्याथोलोजिष्ट सरिता शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नारायण भण्डारीको स्वागत र प्रबन्ध निर्देशक रमेश पाण्डेको सञ्चालनमा भएको हो । कार्यक्रममा सुमन सापकोटा, बायोक्यामिष्ट्री अस्मिता खड्का, सल्लाहकार गुणानीधी खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्थापनाको छैठौ बर्ष सम्म आउँदा ल्याब्रोरेटोरीले विभिन्न स्थानमा हेल्थ प्याकेज कार्यक्रम समेत गर्दै आएको छ । गुणस्तरीय…
बुटवलमा औषधिको अवैध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ
स्वास्थ्यसमाचार/बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको कारोबार गर्ने एकजना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित कालिकापथमा बैदवार फार्मेसी नक्कली नाम राखेर लागूऔषधको रूपमा औषधिको कारोबार गर्न मेडिकल सञ्चालन गर्दैआएका अछामको तुर्माखाँद गाउँपालिका– ८ घर भएका कमलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका विकले मान्यताप्राप्त चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री वितरण गर्न नहुने औषधि बिक्रिवितरण गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार विकले बुटवल उपमहानगरपालिका–८ मा दर्ता रहेको डिस्कामुनी मेडिकल हलको प्रमाणपत्र राखेर बैदवार फार्मेसी सञ्चालन गर्दैआएका थिए । स्वास्थ्यजस्तो संवेदनशील…
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयद्वारा तीन बुँदे निर्देशन
स्वास्थ्यसमाचार/उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । पहुँच र पावरको भरमा हिरासत छल्ल उच्च पदस्थहरु स्वास्थ्यलाई बहाना बनाएर अस्पताल बस्ने परिपाटी रहेको जनस्तरमा गुनासो बढेसँगै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएको बताइएको छ । गृहमन्त्री लामिछानेले अस्पताल भर्ना हुने शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैस् उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण…
नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसङ्ख्या वृद्धि ०.९२ प्रतिशत
स्वास्थ्यसमाचार/नेपालीको औसत आयु ७१।३ वर्ष पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पुरुषको ६८/२ रहेको छ भने महिलाको ७३/८ वर्ष रहेको छ। पुरुष र महिलाको मृत्युको ग्याप करिब ५ वर्षले फरकले बढ्दै गएको कार्यालयको तथ्यांकले देखाउँछ। कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२/५ वर्ष मानिसहरु बाँच्छन्। सबैभन्दा कम ६९/५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ। दोस्रोमा कोशी प्रदेशमा ७०/४, सुदूरपश्चिममा ७१।३, मधेस प्रदेशमा ७१/८, गण्डकी प्रदेशमा ७२।१, वागमती प्रदेशमा ७२।४ रहेको छ। कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ। जसमा ७५/५ रहेको छ। सबैभन्दा कम महिलाहरुको…
गुल्मीको जुनियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
स्वास्थ्यसमाचार/गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ७ जुनिया माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ। गुल्मी जुनिया चिदीपानी तराई सम्पर्क समाज रुपन्देहीको आयोजना तथा क्रिमसन अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ५०० भन्दा बढीले स्वास्थ्य सेवा लिएको क्रिमसन अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिनु भयो। चिकित्सकीय सेवाहरूमा हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर शेखरप्रसाद पोखरेल, जनरल फिजिसियन डाक्टर कृष्ण चन्द्र गोदार, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सन्दीप वर्मा, फेमिली फिजिसियन डाक्टर ढकबहादुर खत्री, मेडिकल अधिकृत डाक्टर यादव अर्याल, मेडिकल अधिकृत डाक्टर बिपिन अर्याल लगायतको टोलीले स्वास्थ्य…
मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कारबाहीको चेतावनी दिएको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन गरेको तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाएको हो । मन्त्रालयले स्वास्थ्यसेवासँग सम्बन्धित् संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिकलगायतका संस्थालाई तत्काल स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न अनुरोध समेत गरेको छ ।
प्राकृतिक जीवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाऔं, निरोगी र दीर्घजीवी बनौं
स्वास्थ्यसमाचार/प्राकृतिक जीवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाऔं, निरोगी र दीर्घजीवी बनौं भन्ने उद्घोषका रुपन्देहीको सैनामैना १ चारपाला स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा सप्ताहव्यापी रुपमा योग चिकित्सा जागरण कार्यक्रम शुरु भएको छ । “निरोगी बनौं, दीर्घजीवी बनौं, स्वच्छ प्राकृतिक जीवनशैली अवलम्बन गरौं” भन्ने मुल नाराका साथ रुपन्देहीको सैनामैना १ कनकट्टा स्थित प्राकृतिक चिकित्सालयमा योग चिकित्सा जागरण सप्ताह शुरु भएको हो । आगामी २८ गतेसम्म संचालन हुने सो योग चिकित्सा जागरण सप्ताहको उद्घाटन समारोहमा सहभागि वक्ताहरुले प्राकृतिक जीवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाई निरोगी र दीर्घजीवी बन्न सबैलाई आग्रह गरेका छन्…