स्वास्थ्यसमाचार/ बुटवल– ९ मा रहेको सिद्धार्थ पोलिटेक्निकल कलेज तथा जीवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा नयाँ विद्यार्थीहरुलाई स्वागत तथा पूर्व प्रशिक्षक सम्मान गरिएको छ । सिटिईभिटीबाट मान्यताप्राप्त कलेज र केन्द्रले शनिबार एक समारोहका बिच प्रथम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।कार्यक्रममा बोल्दै सिटिभिटी लुम्बिनी प्रदेश निर्देशक गोपाल आचार्यले प्राविधिक धारतर्फ नेपालमा ठूलो सम्भावना रहेको बताए । उनले प्राविधिक विषय रोजेर पढेन विद्यार्थीहरुलाई कोही पनि बेरोजगार भएर बस्नु नपर्ने दावी गरे । संस्थाका अध्यक्ष अरबिन्द आचार्य कलेज धेरै विद्यार्थीको रोजाइमा परेको बताए । उनले प्राविधिक शिक्षालाई राज्यबाट समय समयमा विभिन्न…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
आम्दामा आमा सुरक्षा कार्यक्रमका लागी बुटबल छुटायो १ करोड बजेट
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको १५ औ अधिवेशन बजेट, विभिन्न ऐन संसोधन र विधेयक पारित गर्दै सकिएको छ ।असार ५ गते शुरु भएको १५ औ अधिवेशन बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) छलफलसहित सर्वसम्मतिले पारित गर्दै जेठ ९ गतेको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट पास गरेको छ । अधिवेशनले नगर प्रहरी ऐन बनाएको छ भने छाडा चौपाया व्यवस्थापन र नियन्त्रणसम्बन्धी ऐन, पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, जलश्रोत उपयोग ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, सहकारी ऐन, शिक्षा ऐन संसोधन गरेको…
डा. प्रकाश थापा भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त
स्वास्थ्यसमाचार /भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रकाश थापा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् । वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.थापाले तेस्रो पटक निमित्त मेसुको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनले कोभिड—१९ अघि र कोभिड—१९ का बेला पनि भेरीको जिम्मेवारी सम्हालिसकेका हुन् । नेपालगन्जस्थित भेरी अस्पताल पश्चिम क्षेत्रकै ठूलो सरकारी अस्पताल हो । यसअघि भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टमा डा. अजित रायमाझी रहेका थिए ।
आम्दा अस्पताल बुटवलमा फार्मेसी, नर्सिङ र एचए कक्षामा भर्ना खुल्यो
स्वास्थ्यसमाचार/ बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र एचए विषयको अध्ययनका लागी भर्ना खुलेको छ। बुटवल उपमहानगरपालिकाको पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र एचए विषयको अध्ययन सुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीसँग अनुमति लिई भर्नाका लागी आवेदन फारम खुलाएको छ। श्रावण १३ गते सम्म भर्ना र १९ गते प्रबेश परिक्षा हुने आम्दा अस्पतालले जनाएको छ । एचए विषयको अध्ययनको लागी ३ लाख २३ हजार २ सय, डिप्लोमा इन फार्मेसी, २ लाख ७० हजार २ सय ४० र पीसीएल…
‘जोखिम मोलेर गर्भपतन गराउँछन् स्कुले किशोरीहरु’
नेपालमा गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था छ। जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ। गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने खतरा देखियो भनेसमेत गर्भपतन गराउन सकिन्छ। विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने छ। कानुनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजाय हुनसक्छ। त्यस्तै प्रचलित कानुनले भ्रुणको लिंग पहिचान गरेर त्यसको आधारमा गरिने गर्भपतनलाई अपराध मानेको छ। अहिलेसम्म पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेको संख्या…
रोल्पामा अस्पतालमा १ सय ३७ महिलाको पाठेघरको शल्यक्रिया
स्वास्थ्यसमाचार/ प्रदेशको रोल्पा जिल्लामा १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ । ३ दिन सम्म जिल्ला अस्पताल रोल्पा रेउघामा आयोजना गरिएको पाठेघर खस्ने समस्या भएका १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको गरिएको हो । गत असार असार ६ गतेदेखि सञ्चालन गरिएको पाठेघर खस्ने समस्या भएका बिरामी महिलाको निःशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको थियो ।उक्त शिविरबाट रोल्पाका ७७ जना, रुकुम पूर्वका २१ जना र प्युठानका ३९ जना गरी तिन जिल्लाका करिब १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया सेवा पाएका छन । प्रदेशको स्वाथ्य…
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा १ हजार जनाको एन्जियोप्लास्टी
स्वास्थ्यसमाचार/राजधानी बाहिर पहिलो पटक सबैभन्दा बढि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एन्जियोप्लास्टी उपचार गरिएको छ । अस्पतालले २०७३ चैत २४ क्याथल्याब सञ्चालन गर्ने अनुमति प्राप्त गरी २०७४ बैशाख १३ गतेबाट क्याथल्याव सुरुवात गरेको थियो ।१००० जना विरामीको सफल उपचार गर्न सफल भएको अवसरमा अस्पताल परिषदमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष यजाज आलमले सामुदायिक अस्पतालले यो क्षेत्रमा सबैभन्दा राम्रो काम गरेको बताए ।मुटु जस्तो गम्भिर प्रकृतिको उपचार छाटो समयमा नै १००० जनाको गर्न सक्नु आफैमा गौरवको विषय भएको उनको भनाई रहेको थियो । विहिबार…
लुम्बिनी प्रादेशिक अस्पताल बुटबल मेडिकल सुपरिटेण्डेन्ट बिहीन
स्वास्थ्यसमाचार/ करिब ८सय बढी कर्मचारी कार्यरत लुम्बिनी प्रादेशिक अस्पताल बुटबल मेडिकल सुपरिटेण्डेन्ट बिहीन भएको छ। डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी र पुरानोलाई काम गर्न नमिल्ने भएपछि अहिले अस्पताल मेडिकल सुपरिटेण्डेन्ट बिहीन भएको हो। आर्थिक बर्षको अन्तिम तथा कर्मचारीको तलव लगायका बिषयमा के गर्ने भन्ने अन्योल भैरहेको बारे प्रदेशका स्वास्थ्य सचिब डा. वासुदेव उपाध्याय भन्नुहुन्छ सबै अदालती प्रकृया टुङ्गिने बेला सम्म अर्थात तत्काल तलब तथा अन्य कामको लागी केहि ब्यबस्था मन्त्रालयले गर्ने बताउनु भयो। क्याबिनेटले कसैलाई केहि दिनको लागी भएपनि तोकेर कर्मचारीको तलव भत्ता तथा अन्य दैनिक…
‘स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन’:डा.अरुणा उप्रेती
यदि तिमीले स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन, स्वस्थकर खाना नखाए जस्तोसुकै औषधिले पनि काम गर्दैन–हिपोक्य्राट्सले भनेका थिए। उनी आधुनिक चिकित्सा विज्ञानका जनक मानिन्छन्। उनको यो विचारलाई लामो समयसम्म आधुनिक चिकित्सा विज्ञानले आत्मसात गर्न सकेको थिएन। विस्तारै अहिले स्वास्थ्यकर्मीहरू पोषणबारे पनि छलफल हुनुपर्छ भन्ने बाटोमा लागेका छन्। अद्यापि कतिपय चिकित्सक पोषणमा ध्यान नदिएर बिरामीलाई औषधि मात्र दिन्छन्। एक स्त्री रोग विशेषज्ञले काठमाडौँको एक कार्यक्रममा ‘४० वर्ष कटेपछि महिलाले क्याल्सियम चक्की खानैपर्छ’ भनेकी थिइन्। उनको यो कुरामा मेरो असहमति रह्यो। मेरा कतिपय साथीहरू ५०–६० वर्षका छन्, स्वस्थ छन्, कुनै…
पाल्पा डेंगुको जोखिममा :सतर्कता अपनाउन स्वास्थ्य कार्यलयको आग्रह
स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय पाल्पाले जिल्ला डेंगुको जोखिममा रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । वर्षायाम सुरु भएसँगै संक्रमण ह्वात्तै बढेको भन्दै कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो । स्वास्थ्य कार्यालयले पाल्पा डेंगुको जोखिममा रहेकाले त्यसको नियन्त्रण र रोकथामका लागि जनस्तरमा सचेतना फैलाउन सरोकारवाला निकायसँग छलफल समेत गरेको छ । उसले तानसेन नगरपालिकाको समन्वयमा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न सरोकारवालासँग पैरवी तथा अन्तरक्रिया कार्यक्रम गरी जनस्तरमा सचेतनाका कार्यक्रम गर्न सबैलाई लाग्नुु पर्ने बताएको छ । स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले डेंगुको पहिचान र उपचारमा…