नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाइल अभियान शुभारम्भ

स्वास्थ्यसमाचार/ नवलपरासी पश्चिममा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको छ । मोबाईल मार्फत नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने लक्ष्यका साथ नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको हो । लुम्बिनी प्रदेशका तीन जिल्लामा यो भन्दा अघि अभियान सुरु गरिसकिएको छ । यसभन्दा अघि पाल्पा, बाँके र अर्घाखाँची जिल्लामा यो अभियान सुरु भईसकेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले नवलपरासीमा सुरु गरिएको अभियानको उद्घाटन गर्नुभयो । अभियानको उद्घाटन गर्दै मन्त्री सारुले मातृमृत्यूदरको तथ्याङ्क हेर्दा सुधार गर्नुपर्ने धेरै विषय देखिएको बताउनुभयो । उहाँले जिल्लाको सामाजिक,…

लुम्बिनीमा स्वास्थ्य समस्या समाधान समिति बैठक सेवा सुधारमा जोड

स्वास्थ्यसमाचार /स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत गठन गरिएको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ। समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कविन्द्र नेपाल, योजना आयोगका सचिव खिम बहादुर कुँवर,रहेका छन । त्यस्तै आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधि माधव तिमिल्सिना, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी, आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्र गिरी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेश कुमार गुप्ता, स्वास्थ्य तालिम केन्द्रका भुवन कुँवर…

भैरहवामा जथाभावि फोहोर फाल्नेमाथि निगरानी, १८ जनालाई जरिवाना

स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको जथाभावि फोहोर फाल्ने माथी कडा निगरानी गरीरहेको छ । सरसफाई तथा फोहोर उठाउन नियमित रुपमा ट्याक्टरहरु घर घरमा पुरयाउदाँ समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकीए पछि नगरपालिकाले निगरानि बढाएको हो । नगरपालिकाले फोहोरको प्रकृती हेरेर जथाभावि फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) अनुसार ५० हजारसम्म जरिवाना तिराउन सक्ने वयवस्था छ । सोही बमोजिम पछिल्लो दुई महिनामा नगरपालिकाले जथाभावि फोहोर फाल्ने पसल तथा वयक्तीहरुको भिडीयो र फोहो संकलन गरी १८ जनालाई कार्वाही गरेको नगरपालिका फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख…

नेपालमा ४३ सय महिला प्रशव फिस्टुला पीडित, वार्षिक ४ सय थप नयाँ

‘प्रशव फिस्टुला’ न्यूनीकरणका लागि रुपन्देहीमा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीको समन्वय तथा आईएनएफ सुर्खेतको आयोजनामा समन्वय बैठक सम्पन्न भएको हो । छलफलमा बढ्दो फिस्टुलाका केसहरूलाई समयमै पहिचान, उपचार तथा जनचेतनासँगै अन्त्य गर्न बहुक्षेत्रीय समन्वयको आवश्यकता औंल्याएको थियो । बच्चा जन्माउने क्रममा शिशुको टाउको जन्म नदिई पेल्भिसमा अड्किएर धेरै घण्टासम्म थुनिएपछि महिलाले झेल्नुपर्ने एक गम्भीर स्वास्थ्य समस्या ‘प्रशव फिस्टुला’ हो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीको अध्यक्षता जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्य तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको विशिष्ट आतिथ्यमा कार्यक्रम…

लुम्बिनी प्रदेश सरकारको मानसिक स्वास्थ्य कार्ययोजना सार्वजनिक

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले तयार पारेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना (२०८१/२०८६) केवल किताबमै सीमित हुन नहुने बताउनु भएको छ । राप्ती उपत्यका देउखुरीमा सोमवार आयोजित सार्वजनिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको रणनीतिक योजना व्यवहारमा लागू गरेर जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । ‘अब काम भनेको परिणाम र उपलब्धिमा आधारित हुनुपर्छ । कागजमा मात्रै सीमित भएर कुनै अर्थ छैन,’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘समीक्षा गर्दा हरेक सूचक तथ्यांकमा आधारित भएर गर्न जरुरी छ । जहाँ काम भएको छैन, त्यहाँ सुधार आवश्यक छ ।’…

पोषण सुधार : ओमसतियामा ६ सय सुत्केरीलाई पोषण झोला वितरण

स्वास्थ्यसमाचार/ शरीर थाकेको थियो, पेट चाहिँ सधैं अधुरो। सुत्केरी हुँदा घरको थालमा खाना थोरै, कामचाहिँ दोब्बर। तर यसपालि केही फरक भयो — ओमसतिया गाउँपालिकाले सितललाई एउटा पोषण झोला थमायो। त्यो झोला केवल घिउ, च्यवनप्राश, झुल र सानो झोला थिएन, त्यो सुत्केरी महिलाका लागि स्वास्थ्यप्रति देखाइएको प्रेम, आश्वासन र अधिकारको संकेत थियो।हो अहिले रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका अहिले ५९९ जना सुत्केरी महिलामा पोषण झोला वितरण गरेर समाजमा एक सन्देश दिइरहेको छ “पोषण अधिकार हो, अवसर होइन।” रुपन्देहीको ओमसतिया गाउँपालिकाले पोषण सुधारका लागी सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गरेको छ । पालिकाका…

विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्ने अभियानमा छौं : मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पु¥याउने गरी सरकारले भूमिका बढाउदै लगेको बताउनुभएको छ । प्रदेश सरकारले विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्दै प्रत्येक नागरिकका लागि समान पहुँच स्थापना गर्ने उद्देश्यले मातहतका अस्पतालहरूको सेवा, सुविधा र संरचना सुदृढ बनाउँदै लगेको स्पष्ट पार्नु भएको हो । शनिबार पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपचार सेवा जनताको पहुँचमा पु¥याउन सरकार सबै तहबाट सक्रिय रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘हिजोको अवस्था के थियो ? हाम्रा अस्पताल कस्ता थिए ? त्यहाँ कस्तो सेवा, सुविधा…

लुम्बिनी प्रदेशमा मातृ स्वास्थ्य सेवाका तालिम लिएका २५ प्रतिशत जनशक्ति सेवा बाहिर

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा मातृ तथा नवजात स्वास्थ्य सेवा प्रवाहका लागि एम.ए. (औषधिबाट सुरक्षित गर्भपतन), ओ.टी.टी.एम. (अपरेशन थिएटर प्रविधि), र एस.बी.ए. (दक्ष प्रसूति सेवा प्रदायक) तालिम प्राप्त २५ प्रतिशतभन्दा बढी जनशक्ति सेवा क्षेत्रमा संलग्न नभएको पाइएको छ। स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेशले २०८० साल अगावका पाँच वर्षमा प्रदेशभर सञ्चालन गरेका ती तीनवटा तालिममा सहभागी ३४१ जनामध्ये ८७ जना (२५%) ले हाल मातृ स्वास्थ्य सेवा नदिइरहेको तथ्य पत्ता लागेको हो। स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत शितल भण्डारीले आफुहरुले गरेको अध्यन अनुसार स्वास्थ्यकर्मीहरु तालिम लिए अनुसारको क्षेत्रमा काम गर्न नपाएको, तालिम लिए…

दोधारा चाँदनी अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार/ दोधारा चाँदनी नगरपालिकास्थित नगर अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसको इमरजेन्सी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। सुदूरपश्चिम प्रदेशको सीमावर्ती क्षेत्रको यस अस्पतालमा भएको यो उपलब्धिले सीमित स्रोत-साधनमा पनि गुणस्तरीय सेवा सम्भव हुने प्रमाणित गरेको छ। वडा नं. ७ की २० वर्षीया महिला बिरामी २०७८ जेष्ठ ५ गते पेटको तल्लो भागमा असह्य पीडा, वाकवाकी, ज्वरो र खाने इच्छा नलाग्ने लक्षण लिएर आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। प्रारम्भिक उपचार पछि अवस्था गम्भीर बन्दै गएपछि अस्पतालका मेडिकल अधिकृत डा. रोहित भट्ट र वरिष्ठ विशेषज्ञ डा. हरिओम केशरी को समन्वयमा अपरेसनको निर्णय गरिएको थियो। एपेन्डिसाइटिस फुट्ने…

स्वास्थ्यमैत्री लुम्बिनी प्रदेश : पहुँच, पूर्वाधार र प्रभावमा अभूतपूर्व फड्को

स्वास्थ्यसमाचार / लुम्बिनीमा स्वास्थ्य सेवा अब पहुँचको सवाल मात्र रहेन, प्रभावको प्रमाण पनि बन्न थालेको छ। प्रदेशले पछिल्ला केही वर्षयता जनस्वास्थ्य सेवामा गरेको लगानी र ध्यानले नयाँ मोड लिएको छ। आर्थिक वर्ष २०८१/ ८२ मा प्रदेश सरकारद्वारा भएका कार्यक्रम, सेवा विस्तार, भौतिक पूर्वाधार र नीतिगत सुधारहरू हेर्दा यो भनाइ पुष्टि हुन्छ – स्वास्थ्य अब प्राथमिकतामा परेको मुख्यमन्त्री चेतानारायण आर्चायले बताउनु भयो ।उहाले “लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै सर्वसाधारणको पहुँचमा गुणस्तरीय सेवा पुर्‍याउने लक्ष्य लिएको छ। संस्थागत प्रसूति, पूर्ण खोप, जटिल रोगको उपचार, किशोरी पोषणदेखि लिएर अत्याधुनिक अस्पताल निर्माणसम्मका…