स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा विभिन्न सचेतनामूलक गतिविधिसहित विश्व स्तनपान सप्ताह–२०२५ भव्य रुपमा सम्पन्न गरिएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने स्तनपान सप्ताहको अवसरमा मातृ तथा शिशु स्वास्थ्यमा केन्द्रित विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए। अस्पतालका मेट्रोन नेहा थापाका अनुसार सप्ताहभरि हरेक दिन फरक–फरक गतिविधिहरू सञ्चालन गरिएका थिए। एक हजारभन्दा बढी आमाहरूलाई शिशु स्याहार, पोषण र स्तनपानका विषयमा अन्तरक्रियात्मक सत्रमा सहभागी गराइयो। साथै, स्तनपान सम्बन्धी सचेतनामूलक पम्प्लेट वितरण, भिडियो प्रस्तुति, र डेमो कार्यक्रमहरू पनि सञ्चालन गरिएको उनले जानकारी दिइन्। कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। अस्पतालका…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट : बढ्दो संकट, समाधान के ?
स्वास्थ्यसमाचार/ नेपालमा आज भन्दा १५ वर्ष अघि अर्थात सन् २०१० मा कुल मृत्यु मध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको संख्या बढेर ६० प्रतिशत पुग्यो, अनि सन् २०१६ मा त झन् बढेर ६६ प्रतिशत पुग्यो । सन् २०१९ मा आईपुग्दा कुल मृत्युको ७१.१ प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ । विज्ञहरुले त्यस यताको छ वर्षमा नसर्ने रोगबाट मृत्यु हुनेको भार थप बृद्धि भएको अनुमान गरेका छन् । बुधबार नेपाल एनसीडी एलायन्सको आयोजनामा काठमाडौँमा भएको नसर्ने रोग सम्बन्धि ‘मिडिया…
नेपाल डेण्टल एसोसिएसन रुपन्देहीको अध्यक्षमा डा.पोखरेल निर्वाचित
स्वास्थ्यसमाचार/ नेपाल डेण्टल एसोसिएसन रुपन्देही शाखाको निर्वाचन सम्पन्न भएको छ । डा.दीपेन्द्र पोखरेल सहितको नयां नेतृत्व चयन भएको हो । एसोसिएसनको अध्यक्षमा डा.दीपेन्द्र पोखरेल , उपाध्यक्षमा डा• मुकेश सापकोटा, महासचिवमा डा. नेत्र प्रसाद भुसाल, कोषाध्यक्षमा डा. प्रवेश गौतम, सह सचिवमा डा.निलम थापा निर्विरोध निर्वाचित भएको हो । त्यस्तै सदस्यहरूमा डा.आकाश कर्माचार्य,डा. हेमन्त राज पाठक, डा. कृष्ण प्रसाद गैरे र डा. आतिस पंगेनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत डा. श्रृजना चापागाईले जानकारी दिनु भयो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा किड्नी स्टोन हटाउने जटिल शल्यक्रिया
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मिर्गौलाको ठूलो ढुंगा (किड्नी स्टोन) हटाउने जटिल शल्यक्रिया ओपन पायलोलिथोटोमी तथा डीजे स्टेन्टिङ विधिबाट सफलतापूर्वक सम्पन्न गरिएको छ। अस्पतालका युरोलोजी विशेषज्ञ डा. बिरेन्द्र यादवले करिब ६० एमएमको पथ्थरी शल्यक्रियामार्फत सफलतापूर्वक हटाएको वताउनु भयो । उक्त ढुंगा मिर्गौलाको मुहान (renal pelvis) मा अड्किएको थियो। साथै मिर्गौलादेखि मुत्राशयसम्मको नली (ureter) खुला रहन र पिसाबको प्रवाह सहज बनाउन डबल जे (DJ) स्टेन्ट राखिएको छ। डा. यादवका अनुसार यसअघिसमेत अस्पतालमा ७० एमएमसम्मको पथ्थरी सफलतापूर्वक हटाइसकिएको छ। भन्नुभयो, “अरु माध्यमबाट गरिएको उपचारमा पथ्थरी पुनः देखा पर्ने सम्भावना हुन्छ, तर यो…
स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सुधार अपरिहार्य : अध्यक्ष थापा
स्वास्थ्यसमाचार/भैरहवामा बुधबारदेखि स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारीका लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ । बिहीबारसम्म सञ्चालन हुने गोष्ठीको एक कार्यक्रमकाबीच बोर्डका स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले स्वास्थ्य बीमा बोर्डलाई सुधारको पक्षमा ल्याउनुपर्ने अभिभारा रहेको बताउनुभयो । उहाँले बोर्डलाई एक नम्बरको स्वास्थ्य पद्दतिको कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवा गुणस्तरीय बनाउनेमा बोर्ड सचेत छ, आमूल परिवर्तन गर्ने गरी अघि बढेका छौं, उहाँले भन्नुभयो । सेवा प्रदायक स्वास्थ्य संस्थाका गुनासो सुन्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष क्षेत्रीले स्वास्थ्य बीमा…
लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याप्रोस्कोपीबाट एक्टोपिक प्रेग्नेन्सीको सफल शल्यक्रिया
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा प्रसूति तथा स्त्रीरोग सेवा थप प्रभावकारी बन्दै गएको छ। विशेषगरी शल्यक्रियामा आधुनिक ‘ल्याप्रोस्कोपी’ (दूरविन विधि) प्रविधिको प्रयोग तीव्ररूपमा बढ्दै गएको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार, प्रसूति सेवाका लागि छुट्टै भवन र शल्यक्रिया कक्षको विस्तारपछि उपचार सेवा गुणस्तरीय र सुलभ बन्दै गएको छ। यसै क्रममा अस्पतालमा हालै एकजना महिलाको एक्टोपिक प्रेग्नेन्सीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। एक्टोपिक प्रेग्नेन्सी भनेको भ्रूण गर्भाशय बाहिर—प्रायः फ्यालोपियन ट्युबमा—विकास हुन थालेको अवस्था हो, जुन अत्यन्तै जोखिमपूर्ण मानिन्छ। वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बाबिता थापाका अनुसार, यस्तो अवस्थामा…
बुटबलमा परिवार योजना,प्रजनन स्वास्थ्य समीक्षा तथा तर्जुमा गोष्ठी
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ‘परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सम्पन्न भएको छ । कार्यक्रम विस्तार, सेवा गुणस्तर सुधार, र लक्ष्य निर्धारणका विषयमा छलफल गरी नयाँ योजना तर्जुमा गर्ने उदेश्यका साथ समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ गरिएको हो ।कार्यक्रममा विगत एक वर्षमा प्रदेशमा प्रजनन स्वास्थ्यका क्षेत्रमा प्राप्त उपलब्धि, चुनौती र सुधारका सम्भावनाहरूबारे प्रस्तुतिकरण गरिएको थियो। सहभागीहरूले सुरक्षित मातृत्व, गर्भनिरोधक साधनको पहुँच, किशोरी मैत्री सेवा प्रवाह, प्रसूति तथा नवजात शिशु मृत्यु न्यूनीकरण, र स्त्रीरोग जन्य समस्या न्यूनीकरणका लागि आगामी वर्षका प्राथमिकता र रणनीति तय…
राप्ती प्रादेशिकमा थप प्रसूति रोग विशेषज्ञ पठाउछौ :स्वास्थ्यमन्त्री सारु
स्वास्थ्यसमाचार /राप्ती प्रादेशिक अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञको अभावका कारण सुत्केरी सेवा प्रभावित बनेपछि लुम्बिनी प्रदेश सरकारले समस्या समाधानका लागि पहल सुरु गरेको छ। हाल अस्पतालमा एकजना मात्र प्रसूति तथा स्त्री रोग विशेषज्ञ कार्यरत छन्, जसका भरमा सुत्केरी तथा स्त्रीरोगसम्बन्धी सम्पूर्ण सेवा सञ्चालन हुँदै आएको छ। केही दिन अघि उक्त डाक्टर घरायसी कारण बिदामा गएपछि अस्पतालको प्रसूति सेवा अवरुद्धजस्तै भएको थियो। यस कारण सामान्य सुत्केरी समेत घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको कोहलपुर मेडिकल कलेज जस्ता अस्पतालमा रिफर गर्नुपर्ने अवस्था आएको छ। अस्पतालमा दिनमा १५ जना सम्मको सुत्केरी…
एकजना प्रसूति रोग विशेषज्ञका भरमा राप्ती प्रादेशिक अस्पताल
स्वास्थ्यसमाचार/तुलसीपुर–१३ कि मीना बिकलाई बुधबार राति १२ बजे सुत्केरी व्यथाले च्याप्यो । आफ्नै ठाउँमा प्रादेशिक अस्पताल भएपछि हत्तपत्त अन्य ठाउँमा दौडिने कुरा पनि भएन । त्यसमाथि गर्भवती अवस्थामा नियमित जाँच गर्दा कुनै अप्ठ्यारो परिस्थिति पनि थिएन । मीनाका श्रीमान् अम्बा बिकले उहाँलाई राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउनुभयो । उहाँको सामान्य जाँच भयो । त्यसपछि त्यहाँ कार्यरत नर्सले डाक्टर केही दिनदेखि बिदामा भएको जानकारी गराए । मीनाको अवस्था सामान्य नै थियो तर जोखिम मोल्न चाहनुभएन, रिफर माग्नुभयो । त्यसपछि उहाँलाई बिहान ४ बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइयो,…
बुटबलमा परिवार योजना,प्रजनन स्वास्थ्य समीक्षा तथा तर्जुमा गोष्ठी सुरु
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ‘परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ बुटबलमा सुरु भएको छ । कार्यक्रम विस्तार, सेवा गुणस्तर सुधार, र लक्ष्य निर्धारणका विषयमा छलफल गरी नयाँ योजना तर्जुमा गर्ने उदेश्यका साथ समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ गरिएको हो ।कार्यक्रममा विगत एक वर्षमा प्रदेशमा प्रजनन स्वास्थ्यका क्षेत्रमा प्राप्त उपलब्धि, चुनौती र सुधारका सम्भावनाहरूबारे प्रस्तुतिकरण गरिएको थियो। सहभागीहरूले सुरक्षित मातृत्व, गर्भनिरोधक साधनको पहुँच, किशोरीमैत्री सेवा प्रवाह, प्रसूति तथा नवजात शिशु मृत्यु न्यूनीकरण, र स्त्रीरोगजन्य समस्या न्यूनीकरणका लागि आगामी वर्षका प्राथमिकता र रणनीति तय गर्ने…

