डिजिटल प्रणालीमा स्वास्थ्य बीमा : राष्ट्रिय परिचयपत्रसँग आबद्ध

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ। राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी-पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार अब स्वास्थ्य बीमा बोर्डले ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत विद्युतीय सेवाहरूको प्रयोग गर्नेछ। यस सहकार्यले नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गर्ने बाटो खोलेको छ। राष्ट्रिय…

स्वास्थ्य मन्त्रालयद्वारा ७५ करोड रकमान्तर, बीमा बोर्डलाई राहत

स्वास्थ्यसमाचार/स्वास्थ्य  मन्त्रालयले मन्त्रालयका चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ स्वास्थ्य बीमा कार्यक्रमलाई रकमान्तर गरेको छ । स्वास्थ्य बीमा बोर्डलाई जोगाउन २२ शीर्षकबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘स्वास्थ्य विमा कार्यक्रम आर्थिक संकटमा पर्‍यो । विमा बोर्डलाई जोगाउनु पर्ने आवश्यकता देखियो । त्यसैले मन्त्रालयका चालु अवस्थामा रहेका २२ शीर्षकबाट ७५ करोड, ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेका छौँ,’ प्रवक्ता डा। बुढाथोकीले भने, ‘अन्य मन्त्रालयका महाशाखा र विभागलाई पनि रकमान्तर गर्न मिल्ने बजेट हेर्न भनेका छौँ…

पैसा नहुने नागरिकको स्वास्थ्य बीमा खर्च राज्यले बेहोर्छ : कांग्रेस

स्वास्थ्यसमाचार/ कांग्रेस सभापति गगन थापाले नागरिकको स्वास्थ्य उपचार राज्यको दायित्व भएको बताउँदै यसलाई निशुल्क बनाउने बताएका छन्। घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘हरेक नागरिक स्वास्थ्य बीमामा जोडिएर आफ्नो र परिवारको उपचार खर्चबारे निश्चिन्त रहोस्। हरेक नागरिकले उपचारमा जतिसुकै खर्च लागोस्, राज्य छ भन्ने गर्व गरून् र ढुक्कसँग भन्न सकून्—गोजीमा बीमा कार्ड छ, मलाई केको डर छ।’ सभापति थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने पनि बताए। उनले कमाउनेले प्रिमियम तिर्ने र नहुनेको खर्च राज्यले बेहोर्ने बताए। नागरिकको स्वास्थ्य उपचार राज्यको जिम्मेवारी भएको भन्दै यसबारे घोषणापत्रमा स्पष्ट उल्लेख गरिएको छ।…

१ लाखको स्वास्थ्य बीमा उपचार सेवा यथावत् : स्वास्थ्य बीमा बोर्ड

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको १ लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बीमा गरेबापतको १ लाख रुपैयाँ बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको हो । उहाँले बीमा कार्यक्रमअन्तर्गत ३ हजार ५ सय रुपैयाँ बराबरको योगदान बराबर ५ जना परिवारले पाउने वार्षिक कूल १ लाख रुपैयाँ बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताउनुभयो । बोर्डले २५ हजार रुपैयाँको ओपीडी सेवा र ७५ हजार रुपैयाँको अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताउनुभयो…

स्वास्थ्य बीमा बोर्डको निर्देशन: औषधि र सेवाहरू न्यूनतम दरमै दाबी गर्नुपर्ने

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट मात्र दाबी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको दररेटमध्ये जुन न्यून छ सोही दररेट मात्र दाबी गर्न बोर्डले निर्देशन दिएको हो। पुस २४ को बोर्डको निर्णय अनुसार स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीमा संस्थाहरुले ‘आइटम तथा सर्भिसेस’ को न्यूनतम दाबी गर्न छुट्टै महल थप गरिएको बोर्डले जनाएको छ। यो व्यवस्था फागुन १ गतेबाट अनिवार्य रुपमा कार्यान्वयन गर्न सबै सेवा प्रदायक संस्थाहरुलाई बोर्डको निर्देशन छ।

स्वास्थ्य बीमालाई ‘राष्ट्रिय गौरवको आयोजना’ बनाउने गगन थापाको घोषणा

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन् । ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने उनले बताएका हुन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले उपचारका लागि नागरिकले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले स्पष्ट खाका तयार पारेको दाबी गरे । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफ्नो कार्यकालमा देखेको पीडादायी अवस्थालाई स्मरण गर्दै अहिलेको स्वास्थ्य प्रणालीमा आमूल सुधारको आवश्यकता औँल्याएका छन् । उनले धेरै नागरिकले पैसा नभएकै कारण बिचमै उपचार छाड्नुपरेको…

स्वास्थ्य बीमा सेवा खुम्चियो: ओपीडी सेवाको सीमा २५ हजार मात्र

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा पाउने भएका छन्। स्वास्थ्य बीमा बोर्डले ओपीडी सेवामा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दीगो बनाउने उद्देश्यले उक्त सीमा तोक्ने निर्णय गरेको हो। यो व्यवस्था आगामी फागुन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीले ओपीडी सेवाबाट वार्षिक २५ हजार रुपैयाँसम्मको सुविधा लिन सक्नेछन्। त्यसपछि आवश्यक पर्ने उपचार सुविधा भने अस्पताल भर्ना (आईपीडी) र आकस्मिक (इमर्जेन्सी) सेवामार्फत उपयोग गर्न सकिनेछ। उनका अनुसार बोर्डको…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालले वर्षौदेखि बीमा प्राधिकरणबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो । अस्पतालले स्वास्थ्य बीमा बोर्ड बबरमहल काठमाडौँलाई पत्राचार गर्दै बीमा कार्यक्रम बन्द गर्नुपर्ने अवस्थामा पुगेको जानकारी गराएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालका अनुसार अस्पतालबाट दाबी रकम मध्ये बीमा बोर्डबाट स्वीकृत भएको रकम २४ करोड ७१ लाख रुपैयाँ प्राप्त हुन नसक्दा औषधी तथा उपकरण खरिदमा समस्या सिर्जना हुनुका साथै कर्मचारीहरुलाई सेवा सुविधा समेत उपलब्ध गराउन नसकिने…

लथालिङ्ग स्वास्थ्य बिमा कार्यक्रम : १० वर्षमा १२ ‘हाकिम’ फेरिए !

स्वास्थ्यसमाचार/ विश्वका १ सय ५० भन्दा बढी देशमा लागू भइसकेको स्वास्थ्य बिमा कार्यक्रम नेपालमा भने लथालिंग भएर ‘फेलियर’को चरणमा पुगेको छ । हाल ४० करोड भुक्तानी बाँकी रहेको भन्दै यही माघ १ गतेदेखि काठमाडौं महाजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमामार्फत प्रदान गर्दै आएको सम्पूर्ण सेवा ठप्प पारेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार देशभरका ५ सय १० वटै सेवा प्रदायक अस्पतालहरूलाई साढे १० अर्ब बढी रकम भुक्तानी गर्न बाँकी छ । स्रोत जुटाउनै नसक्ने स्थिति भएपछि बोर्डले बिमा कार्यक्रमलाई अघि बढाउन नसक्ने अवस्थामा पुगेको छ । नेपालमा स्वास्थ्य बिमा सञ्चालनको…

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा रघुराज काफ्लेले दिए राजीनामा

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए ।स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढेर बोर्ड दबाबमा परेका बेला काफ्लेको राजीनामा आएको हो । ठूला सरकारी अस्पतालले सूचना नै निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् । कतिपय बन्द गर्ने तयारीमा छन् । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । तर अर्थ मन्त्रालयले यही मोडलमा बीमा…