रुपन्देहीलाई असार २९गते पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गर्ने

स्वास्थ्यसमाचार / रुपन्देहीलाई यहि असार २९गते पूर्णखोप सुनिश्चिता हुने भएको छ। जिल्लामा रहेका १६ वटापालिका मध्ये २ वटा पालिकाले पनि पुर्ण खोप घोषणा गर्दैछन् ।सोमबार रुपन्देहीको कोटईमाई गाउँपालिका र सम्मरी माई गाउँपालिकाले पालिका पूर्ण खोप घोषणा गरेसगै जिल्ला पुर्ण खोप सुनिश्चिता जिल्ला हुने भएको हो। जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार सोमबार सम्मरी माई र कोटहीमाई गाउँपालिका पुर्ण खोप घोषणा भएसंगै पुर्ण खोप जिल्ला घोषणाका लागि प्रदेशमा पत्राचार गरिएको बताउनु भयो । पत्राचार पश्चात अनुगमन टोलीले प्रतिवेदन दिए अनुसार यहि असार २९ गते रुपन्देही जिल्ला पुर्ण खोपयुक्त…

गैडहवा गाउँपालिकामा स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण

स्वास्थ्यसमाचार/रुपन्देहीको गैडहवा गाउँपालिका –४ पोहवाले महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण गरेको छ । दिनरात नभनी २४ घण्टा जनताको घरदैलोमा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई घर–घरमा जान अझै सहज होस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले महिला स्वास्थ्य स्वयंसेविका जुकाको औषधि खुवाउन मात्रै होइन, बालबालिकालाई भिटामीन खुवाउन तथा अरु स्वास्थ्यका काममा खट्न साइकल सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । त्यसअवसरमा १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरिएको गैडहवा गाउँपालिका –४ का वडा अध्यक्ष सुरेन्द्रसिंह कुर्मीले बताउनुभयो । साईकल पाएपछि महिला स्वास्थ्य स्वयंसेविका कमला…

९ देखि १४ वर्षका किशोरीलाई लगाउन पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी )खोप आइपुग्यो

स्वास्थ्यसमाचार/सरकारले खरीद गरेको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप नेपाल आइपुगेको छ । भबिस्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपीभी खोप दिने भनेको थियो । सोही अनुसार यसपटक २० हजार भाइल खोप आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तका आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले केही बेर अघि २० हजार भाइल एचपीभी खोप आइपुगेको बताए । यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको…

लुम्बिनी प्रादेशिक अस्पतालमा ७ हजार लक्षित समुहले लिए नि:शुल्क सेवा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा स्थापना गरिएको सामाजीक सेवा ईकाइबाट  ६ हजार९सय ८०लक्षित समुहले लिए नि:शुल्क सेवा  लिएका छन् । लक्षित समुहलाई छिटो छरितो तथा निशुल्क सेवा दिने लक्ष्यका साथ प्रादेशिक अस्पताल बिगत २०७२ चैत्र २८ मा ४ जना सहजकर्ताबाट  सुरु भएको सेवा हाल १२ जना सहज कर्ता १ जना दोभासे सहित संञ्चालन रहेको छ।  सामाजीक ईकाई प्रमुख नेत्र प्रसाद आर्चायका अनुसार हाल सम्म ईकाईबाट ६ हजार ९ सय ८० जनाले सेवा लिएका छन् ।   तिमध्ये पुरुष ४२८० र महिला २७२० रहेका छन। तिमध्ये गरिब १६सय ८२ जेष्ठ नागरिक ४९सय…

नेपाल स्वास्थ्य प्राबिधिक संघको ४५औ स्थापना दिबशमा रक्तदान

स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्य प्राबिधिक संघको ४५औ स्थापना दिबशको अबसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरिएको छ। नेपाल नेपाल स्वास्थ्य प्राबिधिक संघका रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो। प्राबिधिक संघका केन्द्रिय सचिब राधा आचार्यको प्रमुख आतिथ्य जिल्ला अध्यक्ष ईश्वरी पौडेको अध्यक्षता संघका उपाध्यक्ष शिद्धार्थ आचार्यको स्वागतमा भएको रक्तदान कार्यक्रममा संघका केन्द्रिय सचिब अमृत भुसाल र पुर्व महासचिब भाष्कर आत्रेयले शुभकामना ब्यक्त गर्नु भएको थियो। उक्त अबसरमा ४५ जनाले रक्तदान गर्नु भएको संघका उपाध्यक्ष शिद्धार्थ आचार्यले बताउनु भयो।

शुद्धाेधनमा द्रुत प्रतिकार्य टोलीका लाई १ दिन अभिमुखिकरण

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय, रूपन्देहीकाे आयोजनामा र शुद्धाेधन गाउँपालिका स्वास्थ्य सेवा शाखाको सहकार्यमा द्रुत प्रतिकार्य टोली Rapid Response Team (RRT) का पदाधिकारीहरुलाई १ दिन अभिमुखिकरण कार्यक्रम शनिबार शुद्धाेधन गाउँपालिका स्वास्थ्य पदाधिकारी बिच सम्पन्न भएको छ। साे अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक WHO डा,विशाल झाले शुद्धाेधन गाउँपालिका स्वास्थ्य पदाधिकारी हरु लाई बिपद्काे समस्यकाे समाधान र रोकथामका बारेमा प्रकाश पार्दै विपद्का घट्नाहरुमा स्वास्थ्य सम्बन्धि वर्षाको समयमा विपद्का प्रमुख घटना हरु हुने गरेको पाइएको र विपद्का प्रमुख घटना भूकम्प, आगलागी, बाढी, पहिरो, चट्याङ, शीत लहर, हिम पहिरो, फ्ल्यस फ्लड, सडक दुर्घटना…

मस्तिष्क मृत्युपछि अंगदानबारे समाजमा सचेतना जगाउन जरुरी

स्वास्थ्यसमाचार/मानिसको मृत्यु पश्चात पनि अंगदान गर्न सकिन्छ भन्नेबारे समाजमा जनचेतना जगाउनु जरुरी भएको बुटबलमा सरोकारवालाहरूले वताएका छन। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा संजिवनी हेल्थ मिडिया प्रालिको आयोजनामा बुटवलमा मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी ब्यवस्था र कार्यान्वयनको अवस्थावारे भएको अन्तरक्रिया यस्तो बताईएको हो। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख कार्यकारी अधिकृत डा पुकार श्रेष्ठले तीन करोड जनसंख्या भएको देशमा अहिलेसम्म २ हजार २ सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेको वताउनु भयो। छोटोसमयमा एक हजार बढीको मृगौला प्रत्यारोपण गर्न सफल भएको भन्दै उहाले यो अभियान देशब्यापी गराउने उल्लेख…

रोटरीले रेडक्रसलाई हस्तान्तरण गर्यो रगत संकलन गर्ने एम्बुलेन्स

स्वास्थ्यसमाचार/रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ । रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोवाइल एम्बुलेन्स’ ल्याइएको छ । रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ । रोटरी क्लव अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स शुक्रबार नेपाल रेडक्रश सोसाईटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । यो एम्बुलेन्स खरीदका लागि रेडक्रसले पनि साझेदारी गरेको छ । रोटरी क्लव अफ बुटवलको सिङ्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको…

नसर्ने रोग महामारी बढदो चुनौती बन्यो :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले अहिले सरुवा रोगको महामारी भन्दा पनि नसर्ने रोगको महामारी चुनौती बनेर आएको वताउनु भयो । बाँकेलाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा सभालाई नेपालगन्जमा सम्बोधन खनालले खोपको सुरुवातसंगै महामारी रोगहरु नियन्त्रण हुनुका साथै बिभिन्न रोगबाट बचाउने तथा रोग संग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन खोप बालबालिकाका आवश्यक रहेको बताउनु भयो। स्वास्थ्यमन्त्री खनालले अहिले नसर्ने रोगको महामारी देखिएको हुँदा यसबारेमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिएको वताउदै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक कामको थालनी गरि निश्चित बजेट र सीमित स्रोत साधनका बीच पनि प्रदेश सरकारले स्वास्थ्य सेवालाई…

बुटवलमा दुईवटा अस्पताल र आम्दामा आमा सुरक्षा कार्यक्रम लागू हुने

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि  २ अर्ब ३६ करोड ५४ लाखको बजेट पेश गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै ९१ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य तय गर्दै शिक्षामा विद्यालय सुधार कार्यक्रम र स्वास्थ्यमा दुईवटा अस्पताल सञ्चालन गर्ने प्रस्ताव पेश गर्नुभएको हो । बजेटमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुको लागि १६ करोड ५० लाख, कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४०…