स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश भित्रका प्रादेशिक लगायत अन्य अस्पतालहरुको संचालन खर्च धान्न सक्ने गरी आत्मनिर्भरता बनाउने मुख्य जिम्मेवारी पाएको अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुलाई बुझाएको छ । अध्ययन कार्य दलका संयोजक प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पंथीले कार्यदलको अध्ययन प्रतिवेदन लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयलाई बुझाउनु भएको हो । मन्त्री स्तरको निर्णय बाट गठित कार्यदलको अध्ययन प्रतिवेदन स्वास्थ्य मन्त्रालयले अध्ययन गरी मुख्य मन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा प्रतिवेदन पेश हुने बताइएको छ । कार्य दलले अस्पतालको कार्य संचालनलाई मितब्यी बनाउदै…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
राप्ती अस्पतालमा मन्त्रीको अनुगमन : डाक्टर ढिलो आउनेदेखि ड्रेस कोड नमान्नेसम्मका समस्या
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले राप्ती प्रादेशिक अस्पताल, दाङको छड्के अनुगमन गरेका छन् ।सेवाग्राहीको विभिन्न सेवाका बारेमा गुनासो बढ्न थालेपछि स्वास्थ्य मन्त्री सारुले आकस्मिक छड्के अनुगमन गरेका हुन् । बिहान १० बज्नुभन्दा पहिले नै स्वास्थ्य मन्त्री सारू सहित प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको टोलीले राप्ती प्रादेशिक अस्पतालको आकस्मिक अनुगमन गरेको हो । अनुगमन पश्चात् मन्त्री सारुले टिकट, लाइन व्यवस्थापन, टिकट काउण्टर, टोकन सिस्टम, महिला, ज्येष्ठ नागरिक, अपांग र अशक्तहरूलाई सहुलियत, ड्युटी तालिकालगायतका विषयमा समस्या रहेको बताए । मन्त्री सारुले समयमा डाक्टर नआउने, अधिकांश…
धुर्कोट :गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा, १५ शैयाको अस्पतालदेखि पूर्ण पोषणमैत्री सम्म
स्वास्थ्यसमाचार/ धुर्कोट गाउँपालिकाले सिमित साधन र स्रोतको बाबजुद स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारीलाई प्राथमिकता दिँदै पालिकाले स्थानीय स्तरमै स्वास्थ्य पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र गुणस्तरीय सेवा विस्तारमा निरन्तर लगानी गरेको हो। संघीय सरकारको शसर्त र विशेष अनुदानसँगै गाउँपालिकाले आफ्नै वार्षिक बजेटमार्फत स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको धुर्काेट गाउँपालिका स्वास्थ्यशाखाले जनाएको छ । यसकै परिणामस्वरूप १५ शैयाको धुर्कोट आधारभूत अस्पताल २०८० माघ महिनादेखि सञ्चालनमा आएको हो। यो जिल्ला बाहिरकै पहिलो १५ शैयाको अस्पतालका रूपमा परिचित बनेको थियो। स्वास्थ्यशाखा प्रमुख प्रेम खनालका…
रुपन्देहीमा भाद्र ३ र ४ गते कोरोना बिरुद्धको खोप ओम्नीक्रोन लगाईने
स्वास्थ्यसमाचार / रुपन्देहीमा कोभिड–१९ बिरुद्धको नयाँ खोप फाईजर वायोयन्टेक कोमीरनाटी ओम्नीक्रोन लगाईने भएको छ । पछिल्लो चरण कोरोनाका बिरामी बढदै जानु कोरोनाका बिरुद्धको खोप एक डोजपनि नलगाएका तथा बुस्टर खोप लगाउन ईच्छुकले यहि भाद्र ३ र ४ गते खोप लगाउन पाउने भएका छन। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को भैरहवामा बसेको बैठकले भाद्र ४ र ५ गते १२ बर्ष भन्दा माथिका नागरिकहरुको लागी खोप सञ्चालन गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै रुपन्देहीका, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थामा खोप संञ्चालन हुने स्वास्थ्य कार्यलय रुपन्देहीका कोल्ड चेन निरीक्षक सुुरेन्द्र द्धबेदी वताउनु…
आबश्यक तालिम फारम भर्न स्वास्थ्य तालिम केन्द्र बुटवलको आग्रह
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तालिम केन्द्र, बुटवलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रशिक्षण आवश्यकताहरू पहिचान गर्न Training Need Assessment (TNA) फाराम भर्ने अनुरोध गरेको छ। केन्द्रले प्रदेशभरका अस्पताल, जिल्ला तथा स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्था, आयुर्वेद चिकित्सा/स्वास्थ्य केन्द्र-औषधालय तथा नागरिक आरोग्य केन्द्रका कर्मचारीहरूको विवरण संकलन गर्न यो प्रक्रिया सुरु गरेको स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिब शार्कीले बताउनु भयो। यसका लागि सम्बन्धित संस्थाले पत्रसँगै पठाइएको QR कोड स्क्यान गरी गुगल फाराम (१ महिनाभित्र) भर्न आग्रह गरिएको उहाको भनाई छ । पत्रमा उल्लेख भएअनुसार, प्रशिक्षण आवश्यकता मूल्यांकनले स्वास्थ्य…
लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक दुर्विन प्रविधिबाट कुमको जोर्नीको शल्यक्रिया
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक बारम्बार कुमको जोर्नी फुस्किने समस्याको दुर्विन प्रविधिबाट (Arthroscopic bankart repair ) सफल शल्यक्रिया गरिएको छ। यो प्रविधिको विकास र प्रयोगसँगै प्रभावित बिरामीलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हाडजोर्नी, स्पोर्ट तथा आर्थोसकोपी विशेषज्ञ डा. उत्सव रेग्मीको नेतृत्वमा करिब २ घण्टा ३० मिनेटमा शल्यक्रिया सम्पन्न गरिएको हो। उक्त अपरेशनमा हाडजोर्नी टिमको सहभागिता रहेको थियो भने एनेस्थेसिया विभागको नेतृत्व डा.सुरेन्द्र कुँवरले गर्नुभयो। डा. रेग्मीका अनुसार पछिल्लो समयमा विकसित दुर्विन प्रविधि सुरक्षित र प्रभावकारी शल्यक्रिया विधि हो। “परम्परागत ओपन सर्जरीको तुलनामा यो प्रविधिबाट…
आयुर्वेद शिक्षामा रोजगारी सम्भावना र भविष्यका अवसरहरू
आजको समयमा जब आधुनिक चिकित्सा प्रणाली अत्यन्त प्रविधिनिर्भर र खर्चिलो बन्दै गइरहेको छ, त्यहीबीच आयुर्वेदले आफ्नो मौलिकता, प्राकृतिकता, र मानव-केंद्रित उपचार पद्धतिले पुनः ध्यान तान्न थालेको छ। विशेष गरी नेपालजस्तो विविध जैविक स्रोतले भरिपूर्ण मुलुकमा आयुर्वेद शिक्षा लिएर कविराज बन्ने युवाहरूको भविष्य अत्यन्त सम्भावनायुक्त देखिन्छ। यस लेखमा हामी विशेषगरी आयुर्वेद शिक्षा लिँदाको रोजगारी सम्भावना, व्यक्तिगत जीवनमा त्यसको महत्व, र अन्तर्राष्ट्रिय स्तरमा यसको बढ्दो मागबारे चर्चा गर्नेछौं। रोजगारी तथा व्यवसायिक अवसर आयुर्वेदमा दक्षता हासिल गरेपछि व्यक्तिलाई सरकारी, गैर-सरकारी तथा निजी क्षेत्रका थुप्रै अवसरहरू प्राप्त हुन्छन्। नेपालमा सरकारीस्तरमा आयुर्वेद स्वास्थ्य केन्द्रहरू, अञ्चल…
रुकुम पूर्व अस्पतालमा पहिलोपटक दन्त रोग विशेषज्ञ सेवा सुरु
स्वास्थ्यसमाचार/ रुकुमपूर्व अस्पतालमा पहिलोपटक दन्त रोग विशेषज्ञबाट सेवा सुरु भएको छ । दन्त विशेषज्ञ डा. त्रिपुरारी शुक्लाको पदस्थापनसँगै जिल्लामा दन्त उपचार सेवा सुरु भएको हाे ।डा. शुक्ला र लेखापाल अञ्जना खत्रीलाई स्वागत तथा सम्मान गरिएको छ । कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष लोकेन्द्र शाह, अस्पतालका निमित्त कार्यालय प्रमुख डा. कृष्ण खराल, स्वास्थ्य कार्यालय रुकुमपूर्वका निमित्त प्रमुख पुस्कल श्रेष्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख विष्णुहरि आचार्यल गायतले बोल्दै अस्पतालबाट आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । लेखापाल खत्री केही दिनअघि नै कार्यभार सम्हालिसकेकी छन् भने डा.…
अर्गानिका खेतीमा भरोसा : स्वास्थ्य र बचतका लागि आफ्नै करेसाबारी
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका–१० का घनसिंह पुनलाई बजारबाट तरकारी किन्नु नपरेको चार वर्ष भईसक्यो। बिहानको घामसँगै आफ्नो करेसाबारीमा हरियो लहरे बाली हेर्दै उनी भन्छन्, “स्वास्थ्यप्रति हामी आफैं सचेत हुनुपर्छ, बिरामी भएपछि लाखौं खर्च गर्न तयार छौं तर खानपानमा ध्यान दिँदैनौं।” विगत ६–७ वर्षदेखि बोइलर कुखुरा खान छोडेका पुन अहिले ह्वाइट पेकिङ जातका हाँस पाल्छन्। घरकै गहुँ र मकै हाँसलाई खुवाउँछन्। उनका लागि करेसाबारी र हाँस पालन केवल आत्मनिर्भरता होइन, एक किसिमको सामाजिक अभियान हो। टोलकै नारा – “अगाडि फूलबारी, प्रत्येक घरको पछाडि करेसाबारी र हरेक घरमा मौरी घार” – जीवनशैलीको अंग…
“आफ्नो संस्कारलाई जोगाउँदै, तीजलाई स्वास्थ्यप्रद र मर्यादित बनाऔं”
तीज पर्वमा हिन्दु नारीहरूको महत्त्वपूर्ण महिमा बोकेको चाडका रूपमा मानिन्छ । सानै उमेरमा पराइको घर अन्माएर जाँदा पराई घरको रहन सहन रितिरिवाज संस्कृति सँग घुलमिल भएर बस्नु पर्ने बाध्यता सँगै घरायसी कामकाजमा व्यस्त चेली, सवेरै उठी ढिकी, जाँतो, दैलो, कुचो पानी लगायत अन्य कार्यहरु मेलापात घाँस दाउरामा व्यस्त हुनु महिला दिदी बहिनीहरूको दिनचर्यामा नै बित्ने ईतिहास ताजा छ। ति अप्ठ्यारा हरुलाई चिर्दै बर्षको एकपटक बिबाह गरेर टाढा रहेका चेलिबेटीहरुका लागि तीज पर्वमा माईत जान पाउनु नै शाैभाग्य नै हो ।माइतमा बुबा आमा दाजुभाई दिदीबहिनी र बालापनका साथीहरू सँग भेटघाट हुने…


