स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोग (परिक्षा निर्देशालय) ले २०८२ सालको स्नातक तह प्रवेश परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले एमबीबीएस, बिडिएस, बीएससी नर्सिङ, मिडवाइफरी, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएमएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बीएससी रेडियोथेरापी टेक्नोलोजी, बीपीटी, बीफार्म, बी अप्टोमेट्री तथा बीपीएच कार्यक्रमका लागि परीक्षा मिति तय गरेको हो। प्रकाशित तालिकाअनुसार एमबीबीएस प्रवेश परीक्षा २०८२/०६/१४ गते, बिडिएस प्रवेश परीक्षा २०८२/०६/१५ गते, बीएससी नर्सिङ/मिडवाइफरी लगायतका कार्यक्रम २०८२/०६/१६ गते, बीएएमएस, बीएनएस, बीएमएस, बीएससी एमएलटी, रेडियोथेरापी टेक्नोलोजी तथा अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रम २०८२/०६/१७ गते र बीपीएच २०८२/०६/१८ गते तोकिएको छ। परीक्षा समय बिहान…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
रात्रीकालिन सेवालाई थप प्रभावकारी बनाउँदै लुम्बिनी प्रादेशिक अस्पताल, छुट्टै ड्यूटी अफिसरबाट निगरानी
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रात्रीकालिन स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अब रातको समयमा ड्यूटी अफिसरको व्यवस्था गर्ने भएको छ । जटिल प्रकारका उपचार सेवा तथा विशेषज्ञहरुसँग समन्वयका लागि डिट्यू अफिसर राख्ने व्यवस्था गरिएको हो । साँझको ८ बजेदेखि विहान ८ बजेसम्म प्रत्येक दिन फरक–फरक कर्मचारीहरुलाई ड्यूटी अफिसरको रुपमा खटाएर रात्रीकालिन सेवालाई प्रभावकारी बनाउन लागिएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । आगामी आइतबार अर्थात भाद्र ८ गतेदेखि यो सेवा शुभारम्भ गर्नेगरी कार्यविधि तयार पारिएको हो । उक्त कार्यविधि अनुसार अस्पतालको आकस्मिक कक्ष तथा मेडिकल वार्डमा भर्ना…
रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु श्रीमान् गम्भीर बिरामी
स्वास्थ्यसमाचार/ रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन् ।मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका-२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् । २७ साउनमा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा वली र उनका श्रीमान ८१ वर्षीय भागीराम वली बिरामी भएका थिए ।स्थानीय मेडिकलमा उपचारपछि दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको थियो । उपचारको क्रममा वलीको मृत्यु भएको अस्पताललाई उदृत गर्दै रोल्पा प्रहरीले जनाएको छ ।भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले…
आईभीएफ सेवा सुरक्षित, पारदर्शी र नियमनयुक्त बनाउन मापदण्ड जारी
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न “निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन्।मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित् क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको गहन छलफलपछि यो मापदण्ड तयार पारेको हो। यो मापदण्ड स्वीकृत भएसंगै नेपालमा पहिलोपटक ‘निःसन्तान उपचार (आईभीएफ)’ सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकीट तथा अण्डा दान (डोनर) प्रक्रिया थप व्यवस्थित हुनेछ। निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन गर्ने, निःसन्तान…
तिलोत्तमामा १४८ औं नगर सरसफाई अभियान : स्वास्थ्य र स्वच्छतामै समृद्ध समाजको आधार : मेयर खाँण
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका द्वारा सञ्चालन भइरहेको नियमित नगर सरसफाई तथा हरियाली प्रवद्र्धन अभियानको १४८ औं श्रृङ्खला भाद्र १ गते वडा नं. ३ को ड्राइभरटोलमा भव्य जनसहभागिताका साथ सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण कार्यक्रमका प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै खाँणले स्वास्थ्य र स्वच्छ वातावरणकै आधारमा समृद्ध समाज निर्माण सम्भव हुने बताउँदै नगर सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन नगरबासीको सक्रिय सहभागिता आवश्यक रहेको वताउनु भयो । उहाले तिलोत्तमा नगरलाई हरित, स्वच्छ र स्वास्थ्यमैत्री बनाउन सबैको पहल निरन्तआबश्यक रहेको समेत बताउनु भयो । वडा नं. ३ का अध्यक्ष कल्याण पौडेलले…
‘स्वास्थ्य पत्रकारिता: कला र कौशल’ विमोचन
स्वास्थ्य समाचार।स्वास्थ्य पत्रकारिताका विषयमा केन्द्रित रहेर लेखिएको पुस्तक ‘स्वास्थ्य पत्रकारिता: कला र कौशल’ विमोचन गरिएको छ। स्वास्थ्य पत्रकार मञ्चको दशौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार पुस्तक विमोचन गरेका हुन्। पुस्तकमा स्वास्थ्य पत्रकारिताका विषयवस्तुहरु, ध्यान दिनु पर्ने विषय र हुन सक्ने गल्तीदेखि तथ्यजाँच कसरी गर्ने, सन्तुलित र विश्वसनीय समाचार कसरी लेख्ने, जटिल चिकित्सा विषयहरूलाई सरल भाषामा कसरी प्रस्तुत गर्ने र स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रमहरूबारे कसरी समाचार लेख्ने जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको छ। स्वास्थ्य पत्रकार प्रवीण ढकाल र पत्रकार…
प्रसूति भइरहेको बर्थिङ सेन्टरमा खुँडा बोकेर वितण्डा मच्चाउने युवा पक्राउ
स्वास्थ्यसमाचार/ गत सोमबार राति ११ बजे आठबिसकोट नगरपालिका–१४ स्थित घेत्मा स्वास्थ्य चौकीमा एक महिलाको प्रसूति गराउने कामका लागि स्वास्थ्यकर्मीको टोली तल्लिन थियो । राति नै मदिराले लठ्ठ भएका एक युवा स्वास्थ्य चौकी भित्र होहल्ला गर्दै छिरे । हातमा खुँडा (हतियार) थियो, मुखमा तारान्तार अश्लिल र अपशब्द मात्र । हतियार बोकेका उनले स्वास्थ्य चौकीको प्रवेशद्वार फोडेर भित्र पसे । उनले आकस्मिक अवस्थामा प्रयोग गर्न स्वास्थ्य चौकी परिसरमा राखेको गाडीमा तोडफोड गरे, परिसरमा रहेको टेन्ट, कुर्सी लगायतमा हतियार प्रहार गरेर क्षति गरे । घटना बारेमा जानकारी दिनुहुँदै स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक…
चिकित्सा शिक्षामा सिट वृद्धि: एमबीबीएस २६३५, बीएस्सी नर्सिङ २४३०, अन्य विषयमा पनि विस्तार
स्वास्थ्यसमाचार/चिकित्सा शिक्षा आयोगको बैठकले एमबिबिएस र बिडिएसको सिट संख्या वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको २१ औैं बैठकले आयोगको सिट निर्धारण समितिको सिफारिसअनुसार सिट वृद्धि गर्ने निर्णय गरेको हो। प्राप्त विवरण अनुसार एमबीबीएसमा सबै कलेजहरुमा गरेर कुल ४९५ सिट थप गर्ने निर्णय भएको छ। योसँगै अब एमबीबीएसको सिट संख्या २ हजार ६ सय ३५ पुगेको छ। यसअघि एमबीबीएसका लागि २ हजार १ सय ४० सिट थियो। नर्सिङ तर्फ बीएस्सी र बीएनएससहित ५६२ सिट थप भएको छ। बीएस्सी नर्सिङमा…
लुम्बिनीका स्वास्थ्यमन्त्री र सचिव बीच कार्यसम्पादन सम्झौता
स्वास्थ्य समाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु र प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रम सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो । सचिव श्रेष्ठको भूमिकालाई अझ बढी सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाई स्वास्स्थ्य मन्त्रालयबाट सञ्चालन हुने कार्यक्रम र प्रवाह हुने सेवालाई सुधार गर्दै नतिजामा आवद्ध गर्न कार्यसम्पादन सम्झौता गरिएको मन्त्री सारुले बताए । सम्झौताको कार्य अवधी २०८३ असार मसान्त सम्म रहने स्वास्थ्य मन्त्रालय लुम्बिनीले जनाएको छ । सम्झौतामा संलग्न सुचकहरु बमोजिम आफुले गरेका कार्यहरु चौमासिक रुपमा र…
ड्रेस ई-हाजिरी र चिकित्सक पूरा समय बस्न स्वास्थ्य सचिवको निर्देशन
स्वास्थ्यसमाचार / स्वास्थ्य मन्त्रालय लुम्बिनीकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले पूर्ण रूपमा ईहाजिरि लागु गर्नुपर्ने, ड्रेस कोडको पालना गर्नुपर्ने, कर्मचारीको उपस्थिति समय, डाक्टरहरू पुरा समय अस्पतालमा बस्नुपर्ने वताउनु भयो । राप्ती प्रादेशिक अस्पताल, दाङको अनुगमनक्रममा सचिब श्रेष्ठले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदै फार्मेसीमा अभाव भएका औषधिको परिपूर्ति डाक्टरहरूलाई अस्पतालमा पुरा समय बिताउन र बिरामी सहज रुपर्मा सेवा दिन निर्देशन दिनु भयो। अस्पताल चिकित्सक समयमा नआउने लगायका समस्याका बारेमा गुनासो आएपछि स्वास्थ्यमन्त्रालयकोे टोलीले राप्ती प्रादेशिक अस्पतालको आकस्मिक अनुगमन गरेको हो । अनुगमनमा स्वास्थ्यमन्त्री खेमसारु लगायको सहभागीता रहेको थियो ।

