एकजना प्रसूति रोग विशेषज्ञका भरमा राप्ती प्रादेशिक अस्पताल 

स्वास्थ्यसमाचार/तुलसीपुर–१३ कि मीना बिकलाई बुधबार राति १२ बजे सुत्केरी व्यथाले च्याप्यो । आफ्नै ठाउँमा प्रादेशिक अस्पताल भएपछि हत्तपत्त अन्य ठाउँमा दौडिने कुरा पनि भएन । त्यसमाथि गर्भवती अवस्थामा नियमित जाँच गर्दा कुनै अप्ठ्यारो परिस्थिति पनि थिएन । मीनाका श्रीमान् अम्बा बिकले उहाँलाई राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउनुभयो । उहाँको सामान्य जाँच भयो । त्यसपछि त्यहाँ कार्यरत नर्सले डाक्टर केही दिनदेखि बिदामा भएको जानकारी गराए । मीनाको अवस्था सामान्य नै थियो तर जोखिम मोल्न चाहनुभएन, रिफर माग्नुभयो । त्यसपछि उहाँलाई बिहान ४ बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइयो,…

राप्ती प्रादेशिकमा थप प्रसूति रोग विशेषज्ञ पठाउछौ :स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार /राप्ती प्रादेशिक अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञको अभावका कारण सुत्केरी सेवा प्रभावित बनेपछि लुम्बिनी प्रदेश सरकारले समस्या समाधानका लागि पहल सुरु गरेको छ। हाल अस्पतालमा एकजना मात्र प्रसूति तथा स्त्री रोग विशेषज्ञ कार्यरत छन्, जसका भरमा सुत्केरी तथा स्त्रीरोगसम्बन्धी सम्पूर्ण सेवा सञ्चालन हुँदै आएको छ। केही दिन अघि उक्त डाक्टर घरायसी कारण बिदामा गएपछि अस्पतालको प्रसूति सेवा अवरुद्धजस्तै भएको थियो। यस कारण सामान्य सुत्केरी समेत घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको कोहलपुर मेडिकल कलेज जस्ता अस्पतालमा रिफर गर्नुपर्ने अवस्था आएको छ। अस्पतालमा दिनमा १५ जना सम्मको सुत्केरी…