लुम्बिनी प्रादेशिक अस्पतालमा किड्नी स्टोन हटाउने जटिल शल्यक्रिया

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मिर्गौलाको ठूलो ढुंगा (किड्नी स्टोन) हटाउने जटिल शल्यक्रिया ओपन पायलोलिथोटोमी तथा डीजे स्टेन्टिङ विधिबाट सफलतापूर्वक सम्पन्न गरिएको छ।

अस्पतालका युरोलोजी विशेषज्ञ डा. बिरेन्द्र यादवले करिब ६० एमएमको पथ्थरी शल्यक्रियामार्फत सफलतापूर्वक हटाएको वताउनु भयो । उक्त ढुंगा मिर्गौलाको मुहान (renal pelvis) मा अड्किएको थियो। साथै मिर्गौलादेखि मुत्राशयसम्मको नली (ureter) खुला रहन र पिसाबको प्रवाह सहज बनाउन डबल जे (DJ) स्टेन्ट राखिएको छ।

डा. यादवका अनुसार यसअघिसमेत अस्पतालमा ७० एमएमसम्मको पथ्थरी सफलतापूर्वक हटाइसकिएको छ। भन्नुभयो, “अरु माध्यमबाट गरिएको उपचारमा पथ्थरी पुनः देखा पर्ने सम्भावना हुन्छ, तर यो विधिबाट गरिएको शल्यक्रियामा दोहोरिने सम्भावना न्यून हुन्छ।”

उहाले थप्नु भयो , “अस्पतालमा विद्युत् तथा आवश्यक उपकरणको अभावबीच पनि यो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो। यस्ता सर्जरी प्रदेशमै हुन थालेपछि अब बिरामीलाई काठमाडौं वा भारतसम्म जानुपर्ने बाध्यता हटेको छ।”

अस्पताल प्रमुख डा. ईन्द्र ढकालले भन्नुभयो , “लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्ला दिनहरूमा यस्ता सेवा विस्तार हुँदै गइरहेका छन्य सले यस क्षेत्रका बिरामीहरुलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न महत्वपूर्ण सहयोग पुर्‍याएको छ।”पछिल्लो समयमा लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा बिस्तार हुदै गैरहेका छन ।

सम्बन्धित शिर्षक :