स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ‘परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सम्पन्न भएको छ ।
कार्यक्रम विस्तार, सेवा गुणस्तर सुधार, र लक्ष्य निर्धारणका विषयमा छलफल गरी नयाँ योजना तर्जुमा गर्ने उदेश्यका साथ समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ गरिएको हो ।कार्यक्रममा विगत एक वर्षमा प्रदेशमा प्रजनन स्वास्थ्यका क्षेत्रमा प्राप्त उपलब्धि, चुनौती र सुधारका सम्भावनाहरूबारे प्रस्तुतिकरण गरिएको थियो।
सहभागीहरूले सुरक्षित मातृत्व, गर्भनिरोधक साधनको पहुँच, किशोरी मैत्री सेवा प्रवाह, प्रसूति तथा नवजात शिशु मृत्यु न्यूनीकरण, र स्त्रीरोग जन्य समस्या न्यूनीकरणका लागि आगामी वर्षका प्राथमिकता र रणनीति तय गर्ने उदेश्यका साथ समिक्षा गरिएको स्वास्थ्य निर्देशनालयका ‘ परिवार नियोजन सुपरिवेक्षक निरीक्षक कुमार थापाले बताउनु भयो ।
उहाँले पहिलो दिन जिल्लाको वारे प्रस्तुतिकरण गरिएको र दोश्रो दिन आज छलफल सुधार गर्नुपर्ने क्षेत्र र आगामी बर्षको लागी योजना बनाईएको बताउनु भयो ।
समापनमा समारोहमा वोल्दै स्वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता नेत्रलाल अर्यालले विगत वर्षको प्रगति, चुनौती र सिकाइका आधारमा आगामी वर्षको प्रभावकारी योजना बनाउन मद्दत पुगेको बताउदै स्थानीय तहदेखि प्रदेशस्तरका सबै सरोकारवालाको सक्रिय सहभागिताले प्रजनन स्वास्थ्य सेवाको गुणस्तर अझै सुधार गर्ने थप सहयोग हुने बताउनु भयो ।
उहाँले रिपोटीङ रेकर्डिङमा ठुला अस्पतालले ध्यान कम दिएको सबै मिलेर प्रभावकारी तथा नतिजामुखी हुने गरि काम गर्नुपर्ने बताउनु भयो । पाल्पाको एक वर्थिङ सेन्टरमा ३ जना डेलिभरी हुनु दाङ १८४ होम डेलिबेरी हुनु तौलिहवाको नगरपालिकामा पनि त्यहि अबस्था श्रृजना हुनुमा दुखद भएको बताउनु भयो ।
युएनएफपिए लुम्बिनी प्रदेश प्रमुख राम थापाले वोल्दै “परिवार योजना र प्रजनन स्वास्थ्य सेवामा प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर जाने बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय लुम्बिनीका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ईश्वरी के.सी गोष्ठीले परिवार योजना र प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता वृद्धि गर्नका लागि स्थानीय र प्रदेशस्तरका प्रयासहरूलाई जोड्ने माध्यम बनेको वताउनु भयो । उहाँले आगामी वर्षका कार्यक्रमहरू यथार्थपरक र परिणाममुखी बनाउने दिशामा यसले मार्गदर्शन गर्ने वताउनु भयो ।
प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रका निर्देशक निमित्त डा राजेन्द्र गिरीले वोल्दै औषधि, उपकरण र आवश्यक सामग्रीको समयमै आपूर्ति प्रजनन स्वास्थ्य सेवाको प्रभावकारितामा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कुनै कुराको कमि हुन नदिने बताउनु भयो ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक रोशनलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै चौधरीले मातृ तथा नवजात शिशुको मृत्यु न्यूनीकरण र दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रजनन स्वास्थ्य कार्यक्रमको गुणस्तरीय कार्यान्वयन अपरिहार्य रहेको वताउनु भयो ।
उहाँले “मातृ र नवजात शिशुको मृत्यु न्यूनीकरण हाम्रो प्रदेशको प्रमुख प्राथमिकता हो। दिगो विकास लक्ष्य (क्म्न्) प्राप्तिका लागि प्रजनन स्वास्थ्य कार्यक्रमको गुणस्तरीय कार्यान्वयन अपरिहार्य रहेको वताउनु भयो । उहाँले प्रदेशको स्वास्थ्य अवस्था सुधार गर्नका लागि केवल कागजी योजना बनाउँदा मात्र पुग्दैन, त्यसलाई कार्यान्वयनमै परिणत गर्न सबै तहका स्वास्थ्य संस्थाले जिम्मेवारी लिनु आवश्यक रहेको बताउनु भयो ।
चौधरीले भन्नु भयो प्रदेश र स्थानीय तहबीच सहकार्य अझ सशक्त हुन जरुरी छ। स्थानीय तह सक्रिय नभएसम्म सेवा प्रभावकारी हुँदैन। प्रदेश सरकारले आवश्यक नीति, कार्यक्रम र स्रोत उपलब्ध गराउँछ भने स्थानीय तहले जनस्तरमा सेवा पु¥याउन अग्रसर हुनुपर्ने बताउनु भयो ।
उहाँले गुणस्तरीय सेवा प्रवाह,र सचेतना अभिवृद्धि यी सबै संयोजन गरेर मात्र हामी मातृ तथा नवजात मृत्यु न्यूनीकरणको लक्ष्य नजिक पुग्न सक्छौँ सबै मिलेर लाग्नु पर्ने उहाँको भनाई छ ।”
युएनएफपिएका कार्यक्रम विश्लेषक रश्मीता पौडेल र किडसका अध्यक्ष कृष्ण दवाडी सहभागी रहनु भएको थियो ।२ दिन सम्म चलेको समीक्षा तथा योजना तर्जुमा गोष्ठी’मा लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यलय प्रादेशिक अस्पताल लगायका संस्थाको सहभागीता रहेको छ । कार्यक्रमको सहयोगी संस्था किडस र युएनएफपिए नेपाल रहेका बताईएको छ ।
प्रतिकया दिनुहोस्