स्वास्थ्यसमाचार /राप्ती प्रादेशिक अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञको अभावका कारण सुत्केरी सेवा प्रभावित बनेपछि लुम्बिनी प्रदेश सरकारले समस्या समाधानका लागि पहल सुरु गरेको छ।
हाल अस्पतालमा एकजना मात्र प्रसूति तथा स्त्री रोग विशेषज्ञ कार्यरत छन्, जसका भरमा सुत्केरी तथा स्त्रीरोगसम्बन्धी सम्पूर्ण सेवा सञ्चालन हुँदै आएको छ। केही दिन अघि उक्त डाक्टर घरायसी कारण बिदामा गएपछि अस्पतालको प्रसूति सेवा अवरुद्धजस्तै भएको थियो।
यस कारण सामान्य सुत्केरी समेत घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको कोहलपुर मेडिकल कलेज जस्ता अस्पतालमा रिफर गर्नुपर्ने अवस्था आएको छ। अस्पतालमा दिनमा १५ जना सम्मको सुत्केरी हुने गरेकोमा पछिल्ला दिनमा बिरामी नआउने अवस्था सिर्जना भएको छ।
प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले अस्पतालको अवस्था गम्भीर रहेको भन्दै समस्या समाधानका लागि तत्काल पहल सुरु गरिने बताएका छन्। उनले भने,“एकजना मात्र प्रसूति तथा स्त्री रोग विशेषज्ञका भरमा अस्पताल चलिरहेको अवस्था अस्वीकार्य छ। डाक्टरको तत्काल व्यवस्था गर्न र सेवा नियमित बनाउन मन्त्रालय गम्भीर छ।”
स्वास्थ्य मन्त्रालयले राप्ती प्रादेशिक अस्पतालमा थप विशेषज्ञ डाक्टर पठाउने तयारी गरेको र आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्री सारु मगरले वताउनु भयो ।स्वास्थ्यसमाचार अनलाईमा एकजना प्रसूति रोग विशेषज्ञका भरमा राप्ती प्रादेशिक अस्पताल भन्ने समाचार प्रकाशित भएको थियो ।
प्रतिकया दिनुहोस्