बुटबलमा परिवार योजना,प्रजनन स्वास्थ्य समीक्षा तथा तर्जुमा गोष्ठी सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ‘परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ बुटबलमा सुरु भएको छ ।

कार्यक्रम विस्तार, सेवा गुणस्तर सुधार, र लक्ष्य निर्धारणका विषयमा छलफल गरी नयाँ योजना तर्जुमा गर्ने उदेश्यका साथ समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ गरिएको हो ।कार्यक्रममा विगत एक वर्षमा प्रदेशमा प्रजनन स्वास्थ्यका क्षेत्रमा प्राप्त उपलब्धि, चुनौती र सुधारका सम्भावनाहरूबारे प्रस्तुतिकरण गरिएको थियो।

सहभागीहरूले सुरक्षित मातृत्व, गर्भनिरोधक साधनको पहुँच, किशोरीमैत्री सेवा प्रवाह, प्रसूति तथा नवजात शिशु मृत्यु न्यूनीकरण, र स्त्रीरोगजन्य समस्या न्यूनीकरणका लागि आगामी वर्षका प्राथमिकता र रणनीति तय गर्ने उदेश्यका साथ समिक्षा गरिएको स्वास्थ्य निर्देशनालयका ‘ परिवार नियोजन सुपरिवेक्षक निरीक्षक कुमार थापाले बताउनु भयो ।

उहाले पहिलो दिन जिल्लाको वारे प्रस्तुतिकरण गर्ने र दोश्रो दिन त्यसमा छलफल सुधार गर्नुपर्ने क्षेत्र र आगामी बर्षको लागी योजना बनाउने बताउनु भयो ।

गोष्ठीको उद्देश्य माथि प्रकाश पार्दै स्वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता नेत्रलाल अर्यालले विगत वर्ष लुम्बिनी प्रदेशमा सञ्चालन भएका परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रमको समग्र समीक्षा गर्नु, प्राप्त उपलब्धि र चुनौती पहिचान गर्नु, सुधार गर्नुपर्ने क्षेत्रको स्पष्टिकरण गर्नु र त्यसको आधारमा आगामी वर्षका लागि प्रभावकारी तथा नतिजामुखी योजना तर्जुमा गर्नु रहेको बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय लुम्बिनीका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ईश्वरी के.सी  प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रका निर्देशक निमित्त डा राजेन्द्र गिरी युएनएफपिए लुम्बिनी प्रदेश प्रमुख राम थापा युएनएफपिएका कार्यक्रम विश्लेषक रश्मीता पौडेल र किडसका अध्यक्ष कृष्ण दवाडी सहभागी रहनु भएको थियो ।

स्वास्थ्य  निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक रोशनलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै चौधरीले मातृ तथा नवजात शिशुको मृत्यु न्यूनीकरण र दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रजनन स्वास्थ्य कार्यक्रमको गुणस्तरीय कार्यान्वयन अपरिहार्य रहेको वताउनु भयो ।

२ दिन सम्म चल्ने समीक्षा तथा योजना तर्जुमा गोष्ठी’मा लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यलय प्रादेशिक अस्पताल लगायका संस्थाको सहभागीता रहेको छ । कार्यक्रमको सहयोगी संस्था किडस र युएनएफपिए नेपाल रहेका छन ।

 

 

 

सम्बन्धित शिर्षक :