रुपन्देहीमा रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान कार्यक्रम, २५७ युनिट रगत संकलन

स्वास्थ्यसमाचारडटकम । बुटवल । रुपन्देहीका विभिन्न पालिकामा रुद्रगढ धार्मिक संस्थाको आयोजनामा सञ्चालन गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न पाँच स्थानमा आयोजित कार्यक्रमबाट २५७ युनिट रगत संकलन गरिएको छ। संस्थाले बुटवलस्थित बुटवल रेडक्रस, तिलोत्तमाको शंकरनगरस्थित पीडी बेकरी, भैरहवास्थित ग्लास गो थकाली रेस्टुरेन्ट एन्ड क्याफे, लुम्बिनीस्थित होटल पीसल्याण्ड तथा शुद्धोधन गाउँपालिकास्थित शियाभार मन्दिरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमबाट संकलित रगतले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रक्तदान जीवनरक्षासँग जोडिएको महत्वपूर्ण मानवीय सेवा भएकाले यस्ता कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ। रुद्रगढ धार्मिक संस्थाले…

लुम्बिनीमा खोप-कोल्डचेन व्यवस्थापन सम्बन्धी ७ दिने तालिम सम्पन्न

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा खोप- तथा कोल्डचेन ब्यबस्थापन सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको छ। कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय बुटबलमा सम्पन्न तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट २४ जनाको सहभागी रहेको थियो । तालिममा खोप तथा औषधि भण्डारणमा अत्यन्त संवेदनशील मानिने कोल्डचेन व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक जानकारी प्रदान गरिएको थियो। विशेषगरी पालिकास्तरमा कोल्डचेन उपकरण कसरी राख्ने, सञ्चालन र समान्य रुपमा मर्मतसम्भार गर्ने, तापक्रम व्यवस्थापन, अभिलेख राख्ने प्रणाली तथा जोखिम न्यूनीकरणका विषयमा प्रशिक्षण दिइएको आपुर्ति ब्यबस्थापन केन्द्रका निर्देशक डा राजेन्द्र गिरीले बताउनु भयो । उहाले जिल्ला र स्थानियतहमा…

आबश्यक तालिम फारम भर्न स्वास्थ्य तालिम केन्द्र बुटवलको आग्रह

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तालिम केन्द्र, बुटवलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रशिक्षण आवश्यकताहरू पहिचान गर्न Training Need Assessment (TNA)  फाराम भर्ने अनुरोध गरेको छ। केन्द्रले प्रदेशभरका अस्पताल, जिल्ला तथा स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्था, आयुर्वेद चिकित्सा/स्वास्थ्य केन्द्र-औषधालय तथा नागरिक आरोग्य केन्द्रका कर्मचारीहरूको विवरण संकलन गर्न यो प्रक्रिया सुरु गरेको स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिब शार्कीले बताउनु भयो। यसका लागि सम्बन्धित संस्थाले पत्रसँगै पठाइएको QR कोड स्क्यान गरी गुगल फाराम (१ महिनाभित्र) भर्न आग्रह गरिएको उहाको भनाई छ । पत्रमा उल्लेख भएअनुसार, प्रशिक्षण आवश्यकता मूल्यांकनले स्वास्थ्य…

लुम्बिनीका एम्बुलेन्स चालकलाई लागि ‘प्रि हस्पिटल केयर तालिम’

स्वास्थ्यसमाचार/आपतकालीन अवस्थामा प्रभावकारी रूपमा काम गर्न मद्दत पु¥याउँने उदस्यले लुम्बिनीका १६ जना एम्बुलेन्स चालकका लागि प्रि हस्पिटल केयर तालिम दिइएको छ ।स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजनामा यहि चैत्र २४ गते देखी २७ गते सम्म तालिम सञ्चालन गरिएको हो । तालिममा लुम्बिनी प्रदेश रुपन्देही पाल्पा गुल्मी अर्घाखाँची दाड लगायका जिल्लाका १६ जना सहभागिता थियो ।तालिम संयोजक शितल भण्डारीका अनुसार राष्ट्रिय स्वास्थ्य तालिम मापदण्डमा आधारित भई सञ्चालन गरिएको हो । तालिम प्राप्त चालकले मात्रै एम्बुलेन्स चलाउन पाउने नियम छ । स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ शाखा अधिकृत कृष्ण पराजुलीले तालिममा ‘बिरामीलाई अस्पताल पु¥गाउनु…