स्वास्थ्यसमाचार/प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । ‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो’, उनले भने ।गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो । उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
१० दिनपछि मन्त्रीहरुको कार्यविभाजन :स्वास्थ्य मन्त्रीमा खेम सारु
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बनेका ८ जना सांसदहरूले १० दिनपछि जिम्मेवारी पाउनुभएको छ । जन अनुसार स्वास्थ्य मन्त्रीमा नेकपा एमालेका तर्फबाट पाल्पाका खेम सारुलाई जिम्मेबारी दिएको हो। मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिनुभएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नै कार्य विभाजनसँगै सरकारलाई पूर्णता दिन खोजेपनि काँग्रेसभित्रको आन्तरिक विवादले रोकिएको छ । कांग्रेसमा मन्त्री छान्ने विवाद साम्य नहुँदा सरकारमा जान खुट्टा उचालेका दुई साना दललाई पनि समस्या परेको छ । एमालेका मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसँग शुक्रबार…
उपचारको क्रममा सुत्केरीको मृत्यु अस्पतालले लापरवाही गरेको भन्दै कारबाहीको माग
स्वास्थ्यसमाचार /तिलोत्तमा–४ ड्राईभरटोलमा रहेको ओम महिला तथा बालबालिका अस्पतालमा सुत्केरीको ज्यान गएको छ ।शान्ती नमुना माविमा अंग्रेजी विषय अध्यापन गर्र्दै आएकी सृजना पौडेलको शरिरमा युरिनको मात्रा फैलिएपछि समयमा नै उपचार नहुँदा मृत्यु भएको हो । साउन १७ गते विहान ८ः ३० बजे छोरीलाई जन्म दिएको उनको दिउँसो ३ बजे सम्म पनि पिसाव भएको थिएन । आईसीयुमा राखेर उपचार गर्नुपर्ने विरामी अस्पतालमा आइसीयु नै नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याँदा ढिला भएको कारण मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा साँझ ६ बजे मात्रै उपचारको लागि ल्याइएको मृतकका जेठाजु गोविन्द बेल्बासे…
पश्चिम नवलपरासीमा १५ दिनको अन्तरमा ७१ जनामा डेंगी संक्रमण पुष्टि
स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा १५ दिनको अन्तरमा ७१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । साउन १ देखि १५ सम्ममा यहाँका ७१ जनामा डेंगी संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाबाहिर र निजी स्वास्थ्य संस्थामा परीक्षण गराएकाहरुको तथ्यांक यसमा समावेश नभएकाले यो संख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । संक्रमण बढ्दै गएपछि जिल्लाको रामग्राम नगरपालिकाले रोग नियन्त्रण र रोकथामका लागि अभियान सुरु गर्दै छ । समुदाय स्तरमा रोग सर्न नदिन लामखुट्टे बस्ने सम्भावित स्थानमा औषधि छर्ने, सफा गर्ने र विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत…
२२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन
स्वास्थ्यसमाचार/विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा।डा। अन्जनी कुमार झाका अनुसार २२ वटा संस्थाले आयोगबाट आशयपत्र प्राप्त गरेका छन् । आशयपत्र पाएका सांस्थाहरु सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी )पुगेको छ । ती २२ वटा संस्थाले नर्सिङ पढाउने चाहेका छन् । तर, यही साउन १९ गते इन्ट्रान्स परीक्षा हुँदैछ । त्यअगावै आफूहरुले नर्सिङ पढाउने अनुमति पाउनुपर्ने सम्बन्धित संस्थाहरुको माग छ । यो मागका सम्बन्धमा छलफल गर्न बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा…
विश्व स्तनपान सप्ताह: पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दो
स्वास्थ्यसमाचार/आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरे अनुसार हरेक वर्ष अङ्ग्रेजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ। नेपालमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदैछ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह मनाउन लागिएको हो। बालबालिकालाई ६ महिना पूरा नभएसम्म आमाको दूध अनिवार्य रुपमा खुवाउनुपर्ने र पूर्ण स्तनपान गराउनुपर्नेमा विशेष जोड दिँदै स्तनपान सप्ताह मनाइन्छ। तर, नेपालमा ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दो क्रममा रहेकाले चिन्ता बढाएको छ।…
सैनामैनामा बन्यो नगर अस्पताल, साउन २७ वाट सेवा सुरु
स्वास्थ्यसमाचार/सैनामैना नगरपालिका नगर कार्यपालिका वडा नम्बर ४ मा मुर्गिया बजारमा निर्माण भएको नयाँ भवनबाट सेवा दिने भएको छ । पर्रोहा स्वास्थ्य चौकी साविकको स्थानबाट नगर अस्पतालको नव निर्मित भवनमा स्थानान्तरण हुने भएको हो ।जसको लागि साउन २४ र २५ गते पर्रोहा स्वास्थ्य चौकी बाट संचालन हुने २४ घण्टे प्रसुति सेवा बाहेकका सम्पुर्ण सेवा बन्द रहने समेत गरिने भएको छ । साथै साउन २७ गते देखि सैनामैना नगर अस्पतालबाट नियमित रुपमा सेवा संचालन हुने सैनामैना नगरपालिका स्वाथ्य शाखा जनस्वास्थ्य निरिक्षक हेमराज पन्थीले जानकारी दिए ।बर्थिङ सेन्टर बाट संचालन हुने २४ घण्टे…
बुटवलको आम्दा अस्पताललाई मेडिकल कलेज बनाउने तयारी
स्वास्थ्यसमाचार/बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी भएको छ।इन्डोनेसियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको हो। जसका लागि बुटवलमा रहेको स्थानीय व्यवस्थापन समिति र आम्दा नेपालले निर्णय गरिसकेका छन्। २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेशनलको सभाले अनुमोदन गरेपछि बुटवलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज बन्ने प्रक्रिया शुरु हुनेछ। आम्दा बुटवलको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता र आम्दा इन्टरनेशनलका अध्यक्ष डा सिगेरु सुगानामीको उपस्थितिमा बुधबार बसेको बैठकले…
काठमाडौँ,ललितपुर र कैलालीमा हैजाका २०जना संक्रमित फेला: स्वास्थ्यमन्त्रालय
स्वास्थ्यसमाचार/वर्षा लागेसंगै हरेक वर्ष जस्तै देखिने हैजाको संक्रमण यसपटक पनि देखिएको छ । साउन यताको दुई सातामा काठमाडौँ, ललितपुर कैलालीमा गरी कुल २० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसपटक सबैभन्दा सुरुमा ललितपुरको गोदावरी, त्यसपछि कैलालीको धनगढी र पछिल्लो पटक काठमाडौँको कालिमाटी क्षेत्रमा हैजा देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो दुई सातामा देशका तीन जिल्लामा देखा परेको हैजाबाट संक्रमितको संख्या २० पुगेको पुष्टि गरे । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले ललितपुरको गोदावरी क्षेत्रमा १० जना र…
शुद्धोधनमा गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा ग्रामीण गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रम मानपकडी स्वास्थ्य चौकीमा एक समारोहबीच सम्पन्न भएको छ। उक्त कार्यक्रममा ग्रामीण क्षेत्रका गर्भवती महिलाको अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउनुको लागि यो सेवा सञ्चालन गरिएको शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो । गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र जटिल अवस्था देखिए समयमै पहिचान गरी आमा र शिशुको स्वास्थ्य अवस्था समाधान गर्न यो सेवाले टेवा पुग्ने बताउदै शुभारम्भकै दिन २४ जना गर्भवती महिलाहरुले सेवा लिएको भण्डारीले बताउनुभयो । ग्रामीण गर्भवती महिलाका लागि…