स्वास्थ्यसमाचार/ सन् २०२५ मा जापनिज इन्सेफलाइटिसबाट ११ जनाको निधन भएको छ ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हालसम्म ६३ जनामा जापनिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताउनुभयो । गौतमका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् ।शाखा प्रमुख डा. गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
ब्रम्हाकुमारी विश्वविद्यालयको ४ दिने बृहत् रक्तदान अभियान : १ लाख युनिट रगत संकलन लक्ष्य
स्वास्थ्यसमाचार/ विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणीको १८ औँ स्मृति दिवसको अवसरमा बह्मकुमारी ईश्वरीय विश्वविद्यालयले एशियाका विभिन्न देशहरुमा बृहत् रक्तदान अभियान २०८२ आयोजना गर्दैछ। बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सहनिर्देशक कमला दिदीले भदौ ६, ७, ८ र ९ गते ४ दिने रक्तदान कार्यक्रम हुने जानकारी दिइन्। अभियानमार्फत १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ। नेपालमा १३३ केन्द्रहरूमा कार्यक्रम सञ्चालन हुने र बुटवलमा ६, ७ र ९ गते बह्मकुमारी क्षेत्रीय कार्यालय तथा ८ गते देविनगर प्राणगड र सैनामैनामा कार्यक्रम हुने जनाइयो। क्षेत्रीय कार्यालय परिसरमा प्रदेश प्रमुख कृष्ण बहादुर…
डेंगीबाट रुपन्देहीमा ८६ वर्षीय वृद्धको मृत्यु, संक्रमितको संख्या १२९
स्वास्थ्यसमाचार / रुपन्देहीमा डेङ्गुवाट एक ८६ वर्षीय वृद्धको मृत्यु भएको छ ।गत साउन ३०गते क्रिमशन अस्पताल मणिग्राममा उपचारत नबलपरासी सुनबलका ८६ वर्षीय वृद्धको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर अधिकृत केदारनाथ साहले क्रिमसन अस्पतालमा उपचारत उहाँको निधन भएको वताउनु भयो । उहाले डेङ्गुवाट मृत्यु भएका ८६ वर्षीय वृद्ध दिर्घरोगी समेत भएको बताउनु भयो । साहले जिल्लामा १सय २९ जनामा डेङ्गु संक्रमित भएको बताउनु भयो । डेङ्गु नियन्त्रणका विषयमा स्थानीय तहसँग अन्तरक्रिया भइरहेको र चाँडै नै पालिकामा खोज तथा नष्ट गर्ने (Search & Destroy) अभियान सञ्चालन गर्ने तयारी…
आम्दा अस्पताल बुटवलमा डिम्बाशयको ट्यूमरको सफल शल्यक्रिया
स्वास्थ्यसमाचार / सिद्धार्थ बाल तथा महिला अस्पताल ,आम्दा बुटवले जटिल शल्यक्रियामार्फत डिम्बाशयको ट्युमर निकालेपछि रोल्पाकी तिला नेपालीको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालले दिएको गुणस्तरीय सेवा र समर्पित उपचारका कारण बिरामीका आफन्त समेत अस्पतालप्रति गहिरो विश्वास व्यक्त गरेका छन् । रोल्पा जिल्ला सुनस्मृति गाँउपालिका निवासी ४१ वर्षिया तिला नेपाली १४ वर्षदेखि पेट फुल्ने समस्याले पिडित थिईन् । घरेलु उपचार र औषधीमा निर्भर रहँदै आएकी तिला श्रीमानले परिवार त्यागेको चौध वर्ष पछि पाँच सन्तान सहितको जिम्मेवारी बोकेर जीवनयापन गरिरहेकी थिईन् । स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भिर बन्दै गएपछि आमाको सल्लाह र काकाको…
बुधबारदेखि बुटवलमा एक महिने ‘स्वस्थ मुख महाअभियान’ सुरु हुने
स्वास्थ्यसमाचार/ बुटवलमा बुधबारदेखि एक महिने स्वस्थ मुख महाअभियान सुरु हुने भएको छ । यो अभियान आधुनिक समाज विकास फाउण्डेशनको आयोजनामा, आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोगमा तथा लायन्स क्लब अफ रुपन्देही, रोटरी क्लब अफ लुम्बिनी स्टार्स, दारी ग्याङ लगायत क्लबहरूको सहकार्यमा सञ्चालन हुने भएको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलनमार्फत फाउण्डेशनका अध्यक्ष तथा अभियानकर्ता अमृत भुषालले सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियान थाल्न लागिएको जानकारी दिए । उनका अनुसार रुपन्देहीका १६ पालिकाभित्रका संघ–संस्थाका अगुवाहरुलाई दैनिक रुपमा मुख स्वास्थ्यबारे प्रशिक्षण दिइनेछ, जसलाई उनीहरूले आफ्नै समुदायमा पु–याउने जिम्मेवारी लिनेछन् । ‘हामीले एक महिनामा…
६ महिना देखि ५ वर्षका बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’खुवाइँदै
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वर्णप्राशन निर्देशिका स्वीकृत गरेको छ । मन्त्रालयले भदौ १ गते मन्त्रीस्तर निर्णय गर्दै स्वर्णप्राशन निर्देशिका स्वीकृत गरेको हो । आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय प्रचलनमा रहेको स्वर्णप्राशन कार्यक्रमलाई थप व्यवस्थितरूपमा सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेको मन्त्रालयले जनाएको छ । आयुर्वेद चिकित्सा विज्ञानको बालबालिकाको स्वास्थ्य संरक्षण, प्रवर्धन उपचार पुनर्स्थापना सम्बन्धी ग्रन्थ कौमारभृत्य (आयुर्वेद शिशुचिकित्सक )को मूल ग्रन्थ काश्यप संहितामा बालबालिकाको सर्वाङ्गिण विकासका लागि स्वर्णविन्दु प्राशनको वर्णन गरिएको छ। स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशको रूपमा सेवन गराइने विधिलाई स्वर्णविन्दु प्राशन भनिन्छ। बालबालिकाको…
यु.सि.यम.यस. मेडिकल कलेज र लुम्बिनी नेत्रालय विच सम्झौता
स्वास्थ्यसमाचार/ यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवा र लुम्बिनी नेत्रालय प्रा.लि. विच आँखा उपचारको क्षेत्रमा शैक्षिक तथा अनुसन्धानत्मक गतिविधिलाई सहकार्य गरी अघि बढाउन आज सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम यु.सि.यम.यस., शिक्षण अस्पताल तथा लुम्बिनी नेत्रालयले आ–आफ्ना विशिष्टिकृत अत्याधुनिक सेवाहरुको ज्ञान तथा सीपलाई एक अर्कामा साटा–साट गर्ने, शैक्षिक क्रियाकलापमा सहकार्य गर्ने, आँखाको उपचारमा आउने चुनौतिहरुलाई मिलेर सम्बोधन गर्ने विषयहरु समेटिएका छन् । सो सम्झौता कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., यु.सि.यम.यस.का प्राचार्य लक्ष्मी पाठक, लुम्बिनी नेत्रालयका अध्यक्ष सनत कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक हिरा बहादुर शाह, चिफ मेडिकल…
लुम्बिनी प्रादेशिक अस्पतालमा ९५ वर्षीय वृद्धको प्रोष्टेटको सफल शल्यक्रिया
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ९५ वर्षीय वृद्ध जितबहादुर गौचनको प्रोष्टेटको सफल शल्यक्रिया गरिएको छ। प्युठान राजभारा–३ निवासी गौचनलाई लामो समयदेखि पिसाब नहुने समस्या रहँदै आएको थियो। परिवारका अनुसार उनलाई सुरुमा पायप (क्याथेटर) लगाएर पिसाब निकाल्ने व्यवस्था गरिएको थियो। तर पायप हटाएपछि पनि आफैं पिसाब नहुने समस्या दोहोरिएपछि शल्यक्रियामात्रै विकल्प रहेको र त्यहि अनुसार गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका बरिष्ठ युरोलोजीष्ट डा. बिरेन्द्र यादवले बताउनु भयो । उहाले गौचनको साउन ३० गते प्रोष्टेट शल्यक्रिया गरिएको वताउनु भयो । शल्यक्रियामा गौचनको ४२ ग्रामको प्रोष्टेट निकालिएको वताउदै “९५ वर्षको उमेरमा यस्ता शल्यक्रिया…
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर र भेन्डिङ मेसिन उद्घाटन
स्वास्थ्यसमाचार/ टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमका बीच उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन्। मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको कार्यकाल सम्हाल्दै गर्दा स्वास्थ्य क्षेत्रको विकास र विस्तरका लागि आफ्नो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका थिए। उक्त कार्ययोजनामा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धता अनुरूप अन्य स्वास्थ्य संस्थाहरुमा जस्तै राष्ट्रिय जनस्वास्थ्य…
२२ स्थानीय तहका २६ अस्पतालसँग स्वास्थ्य बीमा बोर्डको सेवा सम्झौता
स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले थप २२ स्थानीय तहका २६ अस्पतालसँग सेवा सम्झौता गरेको छ। स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था अनिवार्य हुने प्रावधानअनुसार सम्झौता सम्पन्न गरिएको हो। बोर्डको आह्वान तथा स्थानीय तहको अनुरोधमा सूचीकृत स्वास्थ्य संस्थाहरूसँग सम्झौता सम्पन्न भएको बोर्डले जनाएको छ। यससँगै बोर्डमा प्रथम सेवा विन्दु ४१७ र प्रेषण केन्द्र ८५ सहित कुल ५०२ सेवा प्रदायक संस्था पुगेका छन्। हालसम्म ३७६ स्थानीय तहमा बीमा सेवा विस्तार भइसकेको विमा बोडका सूचना अधिकारी बिकेश…

