स्वास्थ्यसमाचार/ धुर्कोट गाउँपालिकाले सिमित साधन र स्रोतको बाबजुद स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारीलाई प्राथमिकता दिँदै पालिकाले स्थानीय स्तरमै स्वास्थ्य पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र गुणस्तरीय सेवा विस्तारमा निरन्तर लगानी गरेको हो।
संघीय सरकारको शसर्त र विशेष अनुदानसँगै गाउँपालिकाले आफ्नै वार्षिक बजेटमार्फत स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको धुर्काेट गाउँपालिका स्वास्थ्यशाखाले जनाएको छ । यसकै परिणामस्वरूप १५ शैयाको धुर्कोट आधारभूत अस्पताल २०८० माघ महिनादेखि सञ्चालनमा आएको हो। यो जिल्ला बाहिरकै पहिलो १५ शैयाको अस्पतालका रूपमा परिचित बनेको थियो।
स्वास्थ्यशाखा प्रमुख प्रेम खनालका अनुसार धुर्कोट गाँउपालिकामा १ वटा आधारभुत अस्पताल, ६ बटा स्वास्थ्य चौकी , २ वटा सामुदायिक स्वास्थ्य ईकाई ,२ वटा आयुर्बेद औषधालय रहेका छन । सबै ११ वटै संस्थाका आफनै नेपाल सरकारका मापदण्द अनुसारका पक्की भबन रहेको बताउनु भयो।
उहाले ७ वटा वडामा रहेका स्वास्थ्य चौकी तथा अस्पतालमा संस्थागत सुत्केरीका लागी आबश्यक पर्ने सबै औजार उपकरण को ब्यबस्थापन गरी बिगत ५ बर्ष अगाडीबाटै बर्थी सेन्टर संचालन गरी सेवा दिईएको बताउनु भयोे ।
उहाले गत ४ बर्ष अगाडीबाटै अर्थात बि.स २०७९ मा नै जिल्लामा दोश्रो स्थानमा धुर्कोट गाउँपालिकालाई पुर्ण पोषण मैत्री पालिका तथा पुर्ण सस्थागत सुत्केरी पालिका घोषणा गर्न सफल भएको र हाल यसको दिगोपनाको लागी निरन्तरता दिदै आएको वताउनु भयो ।
गुल्मीको धुर्कोट गाउँपालिकाले आधारभूतदेखि विशेष स्वास्थ्य सेवासम्मका सुविधा गाउँमै उपलब्ध गराउँदै आएको छ। गाउँपालिकाको १५ शैयाको धुर्कोट आधारभूत अस्पतालबाट सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ, जसमा स्वास्थ्य बीमा सेवा पनि सञ्चालनमा छ।
पालिकाका ७ वटै वडामा रहेका स्वास्थ्य चौकी र अस्पतालहरूबाट पूर्ण संस्थागत सुत्केरी सेवा, ल्याब सेवा र एम्बुलेन्स सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ। मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा समेत उपलब्ध छ।
गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखासँग सम्झौता गरी बुटवल र भैरहवामा धुर्कोटवासीका लागि निःशुल्क रगतको व्यवस्था पनि गरेको छ। यससँगै घरघरमा जेष्ठ नागरिक सेवा, एकीकृत घुम्ती स्वास्थ्य शिविर, र बर्सेनि कम्तीमा दुईवटा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको खनालको भनाई छ ।
यस्तै युवापुस्तालाई लक्षित गर्दै सबै स्वास्थ्य संस्थाबाट किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालनमा रहेको परिवार नियोजनका लागि पिल्स, डिपो र इम्प्लान्ट जस्ता सेवा सबै स्वास्थ्य चौकी तथा अस्पतालमा उपलब्ध रहेको सुरक्षित गर्भपतन सेवा अस्पताल र पिपलधारा स्वास्थ्य चौकीमा उपलब्ध रहेको उहाले बताउनु भयो ।
प्रमुख खनालले बाल स्वास्थ्यको क्षेत्रमा पालिकाले कुपोषित बालबालिकाका लागि इ.त्.ऋ. उपचार केन्द्र सञ्चालन गरेको पिपलधारा स्वास्थ्य चौकीबाट ई.एच.एम.आई.एस. प्रणालीमार्फत पेपरलेस स्वास्थ्य सेवा सुरु गरिएको जसले डेटा व्यवस्थापनलाई सजिलो बनाएको उहाले बताउनु भयो ।
यससँगै आयुर्वेद सेवा अन्तर्गत बिरामी जाँच, निःशुल्क औषधि वितरण, पूर्वकर्म तथा पञ्चकर्म सेवा, जेष्ठ नागरिक सेवा, स्तनपायी आमाका लागि औषधि वितरण, योग शिक्षा र विद्यालयस्तरीय आयुर्वेद शिक्षा समेत उपलब्ध रहेको उहाको भनाइृ छ ।पालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै चार वटा महत्वपूर्ण उपाधि प्राप्त गरेको छ।
पूर्ण खोप पालिकापूर्ण संस्थागत सुत्केरी पालिकापूर्ण पोषणमैत्री पालिका किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था भएको पालिका रहेको खनालको भनाई छ । आधारभूत अस्पतालदेखि स्वास्थ्य चौकीसम्मको सेवा विस्तारकै कारण जनताले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा अनुभव गर्न पाएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय प्रगति भएको बताउनु भयो सिमित स्रोत र जनशक्तिका बाबजुद स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक सुविधा र उपकरणको व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएको बताउनु भयो ।
उहाले हाल गाउँपालिकाका सबै स्वास्थ्य संस्था नेपाल सरकारले तोकेको मापदण्डअनुसारका नर्सिङ कर्मचारी आवाससहितका पक्की भवनमा सञ्चालन रहेको स्वास्थ्य सेवा प्रभावकारी बनाउन पालिकाले आवश्यक सबै औजार र उपकरणको पर्याप्त व्यवस्था गरेको गाउँपालिकाले सञ्चालन गरेका सबै स्वास्थ्य चौकी र आधारभूत अस्पतालमा बर्थिङ सेन्टर स्थापना गरिएको् साथै, तालिम हल, स्तनपान कक्ष, र पोषण कर्नरको व्यवस्था गरी मातृ र शिशु स्वास्थ्य सेवामा सुधार गरिएकासमेत बताउनु भयो ।
बत्ती जाने अवस्थाको लागि सबै स्वास्थ्य संस्थामा सोलार प्यानल र इनभर्टर जडान गरिएको स्वास्थ्य संस्थामा प्रविधिमैत्री सेवा सुनिश्चित गर्न कम्प्युटर, प्रिन्टर, इन्टरनेट, साथै तालिम सञ्चालनका लागि ल्यापटप र प्रोजेक्टर उपलब्ध गराइएको अध्यक्ष भुपाल पोखरेलले बताउनु भयो ।
यसबाहेक, सबै स्वास्थ्य संस्थामा स्वच्छ खानेपानीको लागि युरोगार्ड जडान गरिएको छ। हाल ७ वडामध्ये ६ वडामा एम्बुलेन्स सेवा सञ्चालनमा छ, र सबै वडामा रहेको स्वास्थ्य संस्थामा ल्याब सेवा यसै महिनादेखि सुरु हुने गरि काम भैरहेको पोखरेलले बताउनु भयो ।
धुर्कोट गाउँपालिकाले यी पूर्वाधार र सेवाको सुदृढीकरणमार्फत स्थानीयवासीलाई गाउँमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनेगरि “धुर्कोटका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पु–याउन सफल भएको र यसलाई निरन्तरता दिने वताउनु भयो ।
प्रतिकया दिनुहोस्