रुपन्देहीमा भाद्र ३ र ४ गते कोरोना बिरुद्धको खोप ओम्नीक्रोन लगाईने

स्वास्थ्यसमाचार / रुपन्देहीमा कोभिड–१९ बिरुद्धको नयाँ खोप फाईजर वायोयन्टेक कोमीरनाटी ओम्नीक्रोन लगाईने भएको छ । पछिल्लो चरण कोरोनाका बिरामी बढदै जानु कोरोनाका बिरुद्धको खोप एक डोजपनि नलगाएका तथा बुस्टर खोप लगाउन ईच्छुकले यहि भाद्र ३ र ४ गते खोप लगाउन पाउने भएका छन।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को भैरहवामा बसेको बैठकले भाद्र ४ र ५ गते १२ बर्ष भन्दा माथिका नागरिकहरुको लागी खोप सञ्चालन गर्ने निर्णय गरेको छ।

यस निर्णयसँगै रुपन्देहीका, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थामा खोप संञ्चालन हुने स्वास्थ्य कार्यलय रुपन्देहीका कोल्ड चेन निरीक्षक सुुरेन्द्र द्धबेदी वताउनु भयो। जिल्लामा पछिल्लो चरण  कोरोना देखिएको दुबेदीको भनाई छ ।

स्वास्थ्य कार्यलय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले ३० हजार भायल फाईजर वायोयन्टेक कोमीरनाटी ओम्नीक्रोन नामक कोरोना बिरुद्धको खोप जिल्लामा आएको र यहि भाद्र ३ र ४ गते लगाउने बताउनु भयो ।१२ बर्ष भन्दा माथिकाले यो खोप लगाउन मिल्ने उहाँको भनाई छ ।

सम्बन्धित शिर्षक :