स्वास्थ्यसमाचार/ विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान गरिएको छ। रक्तदान गरौं आशा जगाऔ संगै मिलि जीवन बचाऔं भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको आयोजनामा विश्व रक्तदाता दिवस २०८२को अवसरमा आयोजित रक्तदाता सम्मान कार्यक्रममा नियमित रक्तदान गर्नेलाई सम्मान गरिएको हो। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, जिल्ला सभापति रामचन्द्र उपाध्याय, उपसभापति एवं रक्तसञ्चार केन्द्र समिति संयोजक सुशील गुरुङ लगायतले सम्मान गरेका थिए । अग्रज सम्मानित अन्तरगत यस क्षेत्रको पहिलो रक्तदाता मृगेन्द्र शेरचन, चित्रमान गौचन लगायत ५ जनालाई सम्मान गरिएको थियो भने स्वर्ण पदकमार्फत ७ जना, रजत…
रक्तदान
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको २० औं स्थापना दिवसमा ५५ पोका रगत संकलन
स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको २० औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ ।दिवसका अवसरमा लुम्विनी प्रादेशिक अस्पतालमा रक्तदान एवं राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति र राष्ट्रिय चिकित्सक संघको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम गरी सम्पन्न गरिएको हो । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिति रुपन्देही र बिशेष जिल्ला कार्यसमिति लुम्विनी प्रादेशिक अस्पताल बुटवलको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको प्राबिधिक सहयोगमा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष बिष्णु प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन राष्ट्रिय…
गुल्मेली सम्पर्क समाजको स्थापना दिवसमा २९७ जनाले गरे रक्तदान
स्वास्थ्यसमाचार/ गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवस रक्तदान तथा सम्मान कार्यक्रमसहित सम्पन्न गरेको छ। बिरामीलाई रक्त अभाव नहोस् भन्ने उदेश्यले समाजले लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरेको हो ।रुपन्देही व्यापार सङ्घद्वारा रक्तसञ्चार केन्द्र ( ब्लड बैंक ) उपकरण हस्तान्तरण तथा तथा समुदघाटन कार्यक्रमका सन्दर्भमा समाजले रुपन्देही व्यापार सङ्घसँग सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता, रुपन्देही व्यापार सङ्घका अध्यक्ष दीपकप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा समाजसेवी भगतसिङ खड्काको विशेष आतिथ्यता भएको कार्यक्रममा समाजका अगुवा तथा विभिन्न क्षेत्रमा बिशिष्ट योगदान गरेको व्यक्तित्वहरुलाई सम्मान गरिएको…
रक्त संकलन केन्द्र स्थापनाका लागि लुम्बिनी प्रादेशिक अस्पताल र रुपन्देही व्यापारसंघ बीच सम्झौता
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त संकलन केन्द्र (ब्लड बैंक) स्थापनाका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त संकलन केन्द्र सञ्चालन गरिने भएको हो । रक्त संकलन केन्द्र स्थापनाका लागि अस्पतालको तर्फबाट बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल, वरिष्ठ प्रशासकीय प्रमुख राजन केसी तथा वरिष्ठ लेखा अधिकृत खगेश्वर घिमिरेले हस्ताक्षर गरेका छन् भने व्यापार संघको तर्फबाट अध्यक्ष दिपक अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महासचिव फर्शुराम पन्त, कार्यकारी प्रमुख सरोज पोखरेलले हस्ताक्षर गरेका छन् । अस्पतालमा रक्त संकलन…
युवा रेडक्रस सर्कल, पक्लिहवा क्याम्पसद्वारा ३३ प्वाइन्ट रगत संकलन
स्वास्थ्यसमाचार/अंग्रेजी महिनाको ‘८ मे’ अर्थात् विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजनामा बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा पक्लिहवा क्याम्पस प्रांगणमा भएको कार्यक्रममा ३३ प्वाइन्ट रगत संकलन भएको आयोजकले जनाएका छन् । युवा रेडक्रस सर्कल, पक्लिहवा क्याम्पसकी अध्यक्ष सुचना थापाको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति एवं युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले सदैव मानवीय सेवामा समर्पित रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिइ बिरामीको ज्यान जोगाउन महत्वपूर्ण र पवित्र कार्य गरेका…
बुटवल हस्पिटल प्रालिद्वारा रक्तदान ६४ युनिट रगत संकलन
स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा.लीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रा.लीले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । `रक्तदान जीवनदान´ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अुनसार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरू,अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाई कर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टिनका कर्मचारीहरु, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए । रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका…
राममणि बहुमुखी क्याम्पस मणिग्राममा रक्तदान ४४ पिण्ट रगत सङ्कलन
स्वास्थ्यसमाचार/राममणि बहुमुखी क्याम्पस, मणिग्राममा स्वास्थ्य तथा सरसफाई एकाइको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीको सहकार्यमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन्, र कुल ४४ पिण्ट रगत सङ्कलन भएको ब्लड बैंकका प्राविधिक निरञ्जन राजभण्डारीले जानकारी दिनुभएको छ। कार्यक्रमको उद्घाटन क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले रक्तदातालाई ब्लड प्याकेट हस्तान्तरण गरेर गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन उपप्राध्यापक मुक्तिनाथ गैह्रेको नेतृत्वमा भएको थियो। क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतका व्यक्तिहरूले रक्तदानको महत्वबारे विचार व्यक्त गर्नुभएको थियो।
रुपन्देही उद्योग संघको ४७ औं स्थापना दिवसमा रक्तदान ५५ युनिट रगत संकलन
स्वास्थ्यसमाचार/रुपन्देही उद्योग संघले आफ्नो ४७ औं स्थापना एवम् औद्योगिक दिवसका अवसरमा शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष दिनेश राज रेग्मीले संघले आयोजना गरेको रक्तदान कार्यक्रमले सबै उद्योगीको शिर उँचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनु हुँदै उद्योगीहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्नेतर्फm प्रोत्साहन बढेको बताउनु भयो । कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउँदै समाजमा स्थापित भएर…
रजत महोत्सवमा रक्तदान ,एकै पटक १२५ युनिट रगत संकलन
स्वास्थ्यसमाचार/रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा सोमवार बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा १२५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिनु भयो । संघले आफनो रजत महोत्सवका अवसरमा सञ्चालन गरेको साता व्यापी कार्यक्रम अन्तर आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले सामाजिक जिम्मेवारी र व्यवसायीक एकता बलमा संस्थालाई अगाडी बढाउने लक्ष्यलाई निरन्तरता दिन आग्रह गर्नु भयो । उहाँले रक्तदान जिवनदान भन्ने कुराले नै त्यसको महत्व बोकेको उल्लेख रगतको अभावको अन्त्य गर्दै जिवन वचाउन आज संकलन…
निजामति कर्मचारी युनियनको स्थापना दिबशको पूर्वसन्ध्यामा रक्तदान
स्वास्थ्यसमाचार/ नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरिएको छ। नेपाल निजामति कर्मचारी युनियन रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल परिसमा रक्तदान गरेको हो। संघका जिल्ला अध्यक्ष चक्रपाणि पाण्डेको अध्यक्षता बुटबल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता नेपाली काग्रेस रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति प्रजापाल गिरीको बिशिष्ठतामा रक्तदान भएको थियो । उक्त अबसरमा ७० युनिट रगत जम्मा भएको कार्यक्रमका संयोजक भिम ज्ञवालीले बताउनु भयो। रक्तदान कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य नबिन पन्थी ,केन्द्रिय सदस्य हरि ज्ञवाली स्वास्थ्यकर्मी संघका प्रदेश अध्यक्ष नमनारायण बेलबासे नेपाल टेड युनियनका जिल्ला…