लुम्बिनी प्रादेशिक अस्पतालमा ९५ वर्षीय वृद्धको प्रोष्टेटको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ९५ वर्षीय वृद्ध जितबहादुर गौचनको प्रोष्टेटको सफल शल्यक्रिया गरिएको छ। प्युठान राजभारा–३ निवासी गौचनलाई लामो समयदेखि पिसाब नहुने समस्या रहँदै आएको थियो।

परिवारका अनुसार उनलाई सुरुमा पायप (क्याथेटर) लगाएर पिसाब निकाल्ने व्यवस्था गरिएको थियो। तर पायप हटाएपछि पनि आफैं पिसाब नहुने समस्या दोहोरिएपछि शल्यक्रियामात्रै विकल्प रहेको र त्यहि अनुसार गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका बरिष्ठ युरोलोजीष्ट डा. बिरेन्द्र यादवले बताउनु भयो ।

उहाले गौचनको साउन ३० गते प्रोष्टेट शल्यक्रिया गरिएको वताउनु भयो । शल्यक्रियामा गौचनको ४२ ग्रामको प्रोष्टेट निकालिएको वताउदै “९५ वर्षको उमेरमा यस्ता शल्यक्रिया जोखिमपूर्ण रहने भएकोले आफुले रिक्स लिएर अप्रेशन गरेको बताउनु भयो ।

अप्रेशन पछि पनि बिरामीलाई पिसाब चुहिने वा अन्य जटिलता हुने डर थियो। तर सफलतापूर्वक प्रोष्टेट हटाइएका कारण अब उहालाई सहजै पिसाब गर्न सक्ने अवस्था आएको छ।” शल्यक्रियापछि अहिले गौचनको स्वास्थ्य अवस्था राम्रो रहेको र आजै डिस्र्चाज गरिएको बताउनु भयो ।

यसअघि पनि लुम्बिनी प्रादेशिक अस्पतालले वृद्ध तथा जटिल अवस्थाका बिरामीहरूको उपचारमा सफलता हासिल गर्दै आएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समय उपचार अप्रेशन तथा नयाँ सेवा बिस्तार हुदै गएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :