स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले थप २२ स्थानीय तहका २६ अस्पतालसँग सेवा सम्झौता गरेको छ। स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था अनिवार्य हुने प्रावधानअनुसार सम्झौता सम्पन्न गरिएको हो।
बोर्डको आह्वान तथा स्थानीय तहको अनुरोधमा सूचीकृत स्वास्थ्य संस्थाहरूसँग सम्झौता सम्पन्न भएको बोर्डले जनाएको छ। यससँगै बोर्डमा प्रथम सेवा विन्दु ४१७ र प्रेषण केन्द्र ८५ सहित कुल ५०२ सेवा प्रदायक संस्था पुगेका छन्।
हालसम्म ३७६ स्थानीय तहमा बीमा सेवा विस्तार भइसकेको विमा बोडका सूचना अधिकारी बिकेश मल्ल ठकुरीले बताउनु भयो ।उहाले यो सम्झौता संगै बीमितलाई आफ्नै स्थानीयतहमै सहज र पहुँचयोग्य स्वास्थ्य सेवा पाउनको लागी सहज हुने बताउनु भयो ।
सेवा सम्झौता भएका पालिकाका अस्पतालहरु ।
प्रतिकया दिनुहोस्