स्वास्थ्यसमाचार / रुपन्देहीमा डेङ्गुवाट एक ८६ वर्षीय वृद्धको मृत्यु भएको छ ।गत साउन ३०गते क्रिमशन अस्पताल मणिग्राममा उपचारत नबलपरासी सुनबलका ८६ वर्षीय वृद्धको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर अधिकृत केदारनाथ साहले क्रिमसन अस्पतालमा उपचारत उहाँको निधन भएको वताउनु भयो । उहाले डेङ्गुवाट मृत्यु भएका ८६ वर्षीय वृद्ध दिर्घरोगी समेत भएको बताउनु भयो ।
साहले जिल्लामा १सय २९ जनामा डेङ्गु संक्रमित भएको बताउनु भयो । डेङ्गु नियन्त्रणका विषयमा स्थानीय तहसँग अन्तरक्रिया भइरहेको र चाँडै नै पालिकामा खोज तथा नष्ट गर्ने (Search & Destroy) अभियान सञ्चालन गर्ने तयारी भइरहेको साहले बताउनुभयो।
यस वर्ष जनवरीदेखि अहिलेसम्म ७४ जिल्लामा २ हजार ९८४ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । चिकित्सकहरूका अनुसार करिब ९० प्रतिशत संक्रमितमा कुनै लक्षण नदेखिने भएकाले वास्तविक संख्या धेरै हुन सक्छ ।
नेपालमा डेंंगी वर्षैभरि नै देखा पर्छ । २०२४ मा १५ जनाको मृत्यु भएको थियो भने ४१ हजार ८६५ जनामा संक्रमण देखिएको थियो । २०२३ मा ८८ जनाको मृत्यु र ५४ हजारभन्दा बढी संक्रमित भएका थिए ।
स्वास्थ्य मन्त्रालयले असार ३२ देखि एक महिनाको ‘डेंगी नियन्त्रण अभियान’ सुरु गरेको छ । मन्त्रालयले यो वर्ष ६० हजार जनासम्म संक्रमित हुन सक्ने अनुमान गरेको छ ।
प्रतिकया दिनुहोस्