नवजात शिशु उपचार खर्चबारे आम्दा अस्पताल बुटबलको स्पष्टीकरण

स्वास्थ्यसमाचार/ सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलले नवजात शिशु उपचार खर्चबारे हालै सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। अस्पताल प्रशासनले गुल्मी दरबार गाउँपालिका–बाख्रे घर भई हाल बुटवलको कालिकानगर बस्दै आएकी मीना शर्माले भाद्र ४ गते नवजात शिशु NICU कक्षमा भर्ना गराएकी र भाद्र ७ गते डिस्चार्ज गराएको जानकारी दिएको छ। यस क्रममा NICU, भेन्टिलेटर, अक्सिजन, ल्याब, एक्स–रे लगायत सेवावापत कुल रु. २८ हजार ५३० शुल्क तोकिए पनि अस्पतालले रु. १० हजार छुट दिँदा जम्मा रु. १५ हजार ८३० मात्र तिरेको अस्पतालले स्पष्ट पारेको छ। आमाले किन त्यो भनिन त्यो…

बुटवल आम्दा अस्पतालमा आर्थिक अभावले शिशु उपचार अलपत्र

स्वास्थ्यसमाचार/ आर्थिक अभावले उपचार खर्च तिर्न नसक्दा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा एक शिशु अलपत्र परेकी छन् । छ महिनाको समय अवधिमा मात्रै जन्मिएकी शिशुको आम्दामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण अहिले उनलाई गर्नुपर्ने औषधि उपचारमा गाह्रो भइरहेको परिवारले जनाएको छ। अस्पतालले उपचार खर्च जोडिरहने तर, उपचार खर्च आफूसित नहुदा अब उपचार कसरी गर्ने भन्ने समस्या भएको आमा मीनादेवी कंडेलले बताइन् । गुल्मीको दरबार गाउपालिका बाख्रे घर भै बुटवलको कालिकानगर बस्दै आएकी मीनाले गर्भ रहेको ६ महिनामै शिशु जन्माएकी थिइन् ।…

आम्दा अस्पताल बुटवलमा डिम्बाशयको ट्यूमरको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार / सिद्धार्थ बाल तथा महिला अस्पताल ,आम्दा बुटवले जटिल शल्यक्रियामार्फत डिम्बाशयको ट्युमर निकालेपछि रोल्पाकी तिला नेपालीको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालले दिएको गुणस्तरीय सेवा र समर्पित उपचारका कारण बिरामीका आफन्त समेत अस्पतालप्रति गहिरो विश्वास व्यक्त गरेका छन् । रोल्पा जिल्ला सुनस्मृति गाँउपालिका निवासी ४१ वर्षिया तिला नेपाली १४ वर्षदेखि पेट फुल्ने समस्याले पिडित थिईन् । घरेलु उपचार र औषधीमा निर्भर रहँदै आएकी तिला श्रीमानले परिवार त्यागेको चौध वर्ष पछि पाँच सन्तान सहितको जिम्मेवारी बोकेर जीवनयापन गरिरहेकी थिईन् । स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भिर बन्दै गएपछि आमाको सल्लाह र काकाको…