स्वास्थ्यसमाचार/ सरकारले स्वास्थ्य बीमा समयमा नवीकरण नगरेमा चर्को थप शुल्क लाग्ने चेतावनी दिएको छ । नेपाल सरकार अन्तर्गत स्वास्थ्य बीमा बोर्डले आज सूचना निकालेर विगतमा स्वास्थ्य बीमा गरी नवीकरण नगरेका बीमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने तर आउँदो कात्तिक ३१ गतेपछि भने विलम्ब शुल्कको चर्को दर लागू हुने चेतावनी दिएको हो । बोर्डको सूचनामा असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क नलाग्ने तर २०८२ साल कात्तिक ३१ गतेपछि शुल्क बढाउँदै लैजाने उल्लेख छ । म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
ज्येष्ठ नागरिकदेखि विपन्नसम्म :रुरुक्षेत्रको स्वास्थ्य सेवा घर-घरमै
स्वास्थ्यसमाचार / गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्वास्थ्य सेवा विस्तारका उद्देश्यसहित घरदैलोमै पुगेर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिकिस्त बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्दै आएको छ । ८० वर्ष माथिका नागरिक र असक्त बिरामीलाई २/२ महिनामा चिकित्सक टोली पठाएर नियमित परीक्षण गर्ने र आवश्यक औषधि घरमै पु¥याउने कार्य निरन्तर जारी रहेको पालिकाले जनाएको छ । पालिका अध्यक्ष यदु ज्ञवालीले प्रत्येक स्वास्थ्य चौकीमा २/२ महिनामा चिकित्सक र ल्याबसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको बताए । गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सुविधा दिइएको छ…
विश्व बन्धुत्व दिवसमा ब्रह्माकुमारीद्वारा १लाख युनिट बढी रक्त सङ्कलन
स्वास्थ्यसमाचार/ विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ । राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा ‘विश्व बन्धुत्व दिवस’का अवसर पारेर ब्रह्माकुमारीका नेपाल र भारतमा रहेका विभिन्न केन्द्रमार्फत ‘विशाल रक्तदान महाअभियान–२०२५’ चलाइएको हो । एकै पटक नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख युनिटभन्दा धेरै रगत सङ्कलन भएको र उत्साहपूर्वक सहभागी भएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय प्रशिक्षण केन्द्र बुटवलका प्रमुख कमला दिदीले जानकारी दिइन । यो महाअभियानको पूर्वमन्त्री तथा रूपन्देही क्षेत्र नं १ का…
पाल्पामा स्क्रब टाइफस संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु
स्वास्थ्यसमाचार/ पाल्पामा स्क्रब टाइफस संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। रैनादेवी छहरा-१ की ११ वर्षीया अस्मिता कुमालको स्क्रब टाइफस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। अत्यधिक ज्वरो आउने लगायतका लक्षण देखिएपछि आफन्तले बालिकालाई उपचारका लागि रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए। प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। यो वर्ष पाल्पामा मात्रै २३८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित भएको एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा…
तीजको महत्व र स्वास्थ्य सँगको सम्बन्ध
नेपाली साँस्कृतिक पर्ब हरुको महत्वपुर्ण पर्बका रुपमा हरितालिका तीज नेपाली महिलाहरुको महान पर्बको रुपमा मानिने चाड हो । हिन्दु धर्मग्रन्थका अनुसार सत्य युगमा हिमालय पर्बत र मेनकाकी पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन । पिता हिमालयले पार्बतिको ईच्छा बिपरित बिष्णु संग बिबाह गरिदिन खोजेपछि उनले आप्mनो समस्यालाई संगीहरु संग सुनाई आफुले शिब बाहेक अरुसँग बिबाह नगर्ने अठोट गरेको बिस्तार पछि पार्वतीका साथीहरुले उनलाई हरण गरेर कसैले नदेख्ने ठाँउमा लुकाएर राखिदिए । लुकेर बसेकै ठाउँबाट पार्वतीले निराहार ब्रत बसी महादेवलाई प्राप्त गरेको कुरा बिभिन्न धर्म…
स्वास्थ्य मन्त्रालय लुम्बिनीद्धारा ७० जना स्वास्थ्यकर्मीको सरुवा
स्वास्थ्यसमाचार/ स्वास्थ्यमन्त्रालय लुम्बिनी द्धारा ७० जना स्वास्थ्यकर्मीको सरुवा गरिएको छ। मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गर्दै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका स्वास्थ्यकर्मीको सरुवा गरेको छ । हेर्नुहोस सरुवा
बुटवलमा विश्व बन्धुत्व दिवसको अवसरमा विशाल रक्तदान अभियान सुरु
स्वास्थ्यसमाचार/ विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणीको १८ औं स्मृति दिवसको अवसरमा समाज सेवा प्रभाग ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपाल क्षेत्रीय कार्यालय बुटवलले विशाल रक्तदान अभियानको शुभारम्भ गरेको छ । उक्त अभियानको उद्घाटन लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्तिमगरले दीप प्रज्वलन गर्नुभयो । कार्यक्रमको प्राविधिक सहयोग रक्त सञ्चार सेवा केन्द्र बुटवल र ब्लड बैंक बुटवल, रुपन्देहीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घर्तिमगरले रक्तदानलाई जीवन दानको रूपमा व्याख्या गर्दै, “आफुले दिएको रगतले अरुलाई पुनः जीवन दिन सकिन्छ, त्यसैले यस्तो पुण्य कार्यमा सबैले जोडिनु आवश्यक वताउनु भयो । बह्मकुमारी…
स्वर्णप्राशन कार्यक्रम:आयुर्वेद चिकित्सालय दाङबाट सुरु देशभर विस्तार
स्वास्थयसमाचार / बालबालिकाको शारीरिक र मानसिक विकासमा मद्दत पु¥याउने स्वर्णप्राशन कार्यक्रम नेपालभरि विस्तार गरिएको छ।लुम्बिनी प्रदेशको दाडवाट ७९ असोज २९ गते ७८ जना बालबालिकाबाट सुरु भएको हो। हालसम्म ४२ हजार बालबालिका यो स्वर्णप्राशन लाभान्वित भएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निर्देशक डा. प्रवेश श्रीवास्तवले वताउनु भयो ।प्रादेशिक आयुर्वेद चिकित्सालय दाङमा आज ७ हजारभन्दा बढी बालबालिकालाई सुन मिसाइएको औषधि खुवाइएको डा श्रीवास्तवले बताउनु भयो। आयुर्वेद शास्त्रमा यस औषधिले रोगसँग लड्ने क्षमता, बौद्धिक विकास र पाचन शक्ति वृद्धि हुने उल्लेख गरेको उहाले बताउनु भयो । निर्देशक डा. सन्तोष कुमार ठाकुरको पहलमा लुम्बिनी प्रदेश स्वास्थ्य…
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गर्नुभयो । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्नेगरी अभियान केन्द्रीत गरिनुपर्ने बताउनु भयाे । प्रदेश सरकारले लिएको लक्ष्य प्राप्तिका लागि जुन प्रतिबद्धताका साथ तपाईंहरू लाग्नुभयो, सबै बधाईका पात्र हुनुहुन्छ । हामीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेका छौं´उहाँले भन्नुभयाे-`आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यहाँहरु…
स्वास्थ्य मन्त्रालय लुम्बिनीको बेरुजु फर्छ्यौट : ५० लाख रूपैयाँ असुली
स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय लुम्बिनीले विभिन्न अस्पताल र स्वास्थ्य संस्थाबाट करिब ५० लाख रूपैयाँ बेरुजु असुली गरेको छ । मन्त्रालयले बेरुजु फर्छ्यौट अभियानमार्फत सञ्चालन गरेर सेवाप्रदायक र सेवाग्राहीसँग ४९ लाख ६१ हजार ६७ रूपैयाँ रकम असुली गरेको हो । बेरुजु संकलन अभियान प्रभावकारी देखिएको लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए । अभियानले प्रदेशभरि स्वास्थ्य सेवाको प्रवाह र समुचित व्यवस्थापनलाई सघाउ पुग्ने उनको विश्वास छ । ‘बेरुजु रकम संकलन गर्न सम्बन्धित स्वास्थ्य संस्था र कार्यालयलाई कडा निर्देशन दिएका छौं । यो अभियानले प्रदेशमा स्वास्थ्य सेवाको पारदर्शीता र दिगो व्यवस्थापनमा टेवा पुर्याउने विश्वास लिएका…


