बुटवलमा डेंगु नियन्त्रणका लागि टोल प्रतिनिधिलाई अभिमुखीकरण

स्वास्थ्यसमाचार/ वर्षायाम सुरु भएसंगै लामखुट्टेबाट फैलेन डेंगु रोग रोकथाम गर्नको लागी बुटबल उपमहानगरले टोल बिकास समितिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरेको छ । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनुका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो । बुटबल उपमहानगर पालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यलय रुपन्देहीका भेक्टर कन्ट्रोलर अधिकृत केदारनाथ शाहले गर्नु भएको थियो । नगरपालिका १९ वडाका ३ सय टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा अभिमुखीकरणमा वोल्दै शाहले डेंगु रोगको जोखिमलाई नियन्त्रणमा लिन सबैसचेत हुनु…

स्वयंसेवी महिलामार्फत डेंगु सचेतना अभियान अघि बढाउँदै तिलोत्तमा नगरपालिका

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाले डेंगु रोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा भित्रका स्वयमसेवी महिलाहरूमार्फत डेंगु सचेतना फैलाउन सहज हुने भन्दै नगरपालिकाले बिहिबार नगरभित्रका स्वयंसेवी महिलाहरुविचमा कार्यक्रम गरेको हो । कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नगरभित्रका स्वास्थ्य सचेतनामा स्वयंसेवी महिलाले गरेका कामको प्रशंसा गर्दै डेंगु सचेतनामा पनि उहाँहरुलाई अगाडी सार्न कार्यक्रम गरिएको जानकारी गराउनुभयो । नगरप्रमुख खाँणले तिलोत्तमा नगरवासी महिला स्वयसेवीहरुको सकृयताका कारण र पिउने पानीका कारण अन्य स्थानको भन्दा स्वस्थ रहेको समेत दावी गनुभयो । कार्यक्रममा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले हरेक टोलटोलमा घरघर संग स्वयंसेवी महिला नजिक भएको…

देशभर ८ हजार बढीमा डेंगुको संक्रमण लुम्बिनीमा पाँच सय ५६ जना

स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका ८ हजारभन्दा धेरै मानिसमा डेंगुको संक्रमण देखिएको तथ्य बाहिर ल्याएको छ। महाशाखाका अनुसार पछिल्लो आठ महिनामा देशका ७५ जिल्लामा डेंगुको संक्रमण फैलिएको हो। महाशाखाले सार्वजनिक गरेको रिपोर्ट अनुसार देशका ७५ जिल्लाका ८ हजार एक सय ५९ जनामा संक्रमण देखिएको छ। आठ महिनाको अवधिमा डेंगु संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। तथ्यांक अनुसार गण्डकी र बागमती प्रदेशमा सबैभन्दा बढी तीन ३ हजार ८ सय ६३ जनामा संक्रमण फैलिएको छ। गण्डकीको तनहुँ र कास्की जिल्ला बढी प्रभावित छन् । त्यसपछि बागमतीमा दुई हजार…

रुपन्देहीमा डेंगु संक्रमण बढेपछि खोज र नष्ट गर अभियान सुरु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा डेंगु संक्रमण बढ्दै गएको छ । दिन प्रतिदिन डेंगु संक्रमण फैलिन थालेपछि रुपन्देहीमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको । डेंगु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा खोज र नष्ट गर अभियानलाई तीव्रता दिव्रता दिईएको छ ।रुपन्देहीमा गत बैशाखदेखि यही भदौ १६ गतेसम्म १ सय ९८ जनमामा डेंगु संक्रमण भेटिएपछि खोज र नष्ट गर अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले वताउनु भयो। डेंगु रोकथाम तथा नियन्त्रणका लागि १६ वटै पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेवीका,…

डेंगुको सन्त्रास बढदो: एकजनाको मृत्यु, २३ सय बढी संक्रमित

स्वास्थ्यसमाचार/डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँका संक्रमित पुरुषको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अन्य रोग समेत भएको व्यक्तिको डेंगु संक्रमणपछि मृत्यु भएको महाशाखाले जनाएको हो। महाशाखाको एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखाकाप्रमुख डा।गोकर्ण दाहालका अनुसार तनहुँका ५० वर्षीय एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको हो। यसैबीच यो अगस्टका पाँच दिनमा देशभर ११७ डेंगी संक्रमित थपिएका छन् । जनवरीयता डेंगी संक्रमित हुनेको संख्या दुई हजार ३६५ पुगेकोे छ । यो वर्ष डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ७४७…

पश्चिम नवलपरासीमा १५ दिनको अन्तरमा ७१ जनामा डेंगी संक्रमण पुष्टि

स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा १५ दिनको अन्तरमा ७१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । साउन १ देखि १५ सम्ममा यहाँका ७१ जनामा डेंगी संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाबाहिर र निजी स्वास्थ्य संस्थामा परीक्षण गराएकाहरुको तथ्यांक यसमा समावेश नभएकाले यो संख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । संक्रमण बढ्दै गएपछि जिल्लाको रामग्राम नगरपालिकाले रोग नियन्त्रण र रोकथामका लागि अभियान सुरु गर्दै छ । समुदाय स्तरमा रोग सर्न नदिन लामखुट्टे बस्ने सम्भावित स्थानमा औषधि छर्ने, सफा गर्ने र विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत…

डेंगु नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै बुटवल उपमहानगर

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगर पालिकाले डेंगु नियन्त्रणका लागि सचेतना कार्यक्रम संचालन सुरु गरेको छ। डेंगु सम्बन्धी जनचेतना जगाउने उद्देश्यले स्वयमसेबिका टोल संस्था तथा खाल्डा खुल्डी पुर्ने अभियान सुरु गरिएको हो। डेगुं एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेबाट बच्नको लागी अभियान सुरु गरिएको बुटबल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार अहिले सम्म १सय ७६ स्वयंसेविकालाई तालिम वडा नं ३ र १५ का टोल संस्थालाई तालिम पानी जमेको र खाल्डा खुल्डी पुर्ने काम दैनिक भैरहेको र सबै सरोकारवालाहरुलाई राखेर तालिम दिने तयारी गरिरहेको…

डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यक : निर्देशक घिमिरे

डेङ्गु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०को पछिल्लो तथ्याङ्कअनुसार यही जुन १ देखि २८ सम्म ७२ जिल्लामा डेङ्गु सङ्क्रमण पुगिसकेको अवस्था छ । डेङ्गु सङ्क्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा सरकारको तयारी लगायतका विषयमा इडिसिडीका निर्देशक डा यदुचन्द्र घिमिरेसँग राससकर्मी बुनु थारुले गरेको कुराकानीको सम्पादित अंश डेङ्गु देखिन सुरु भइसकेको छ, अहिले सङ्क्रमणको अवस्था के छ ? नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गु देखिएको हो । पछिल्लो ट्रेन्डअनुसार…

पाल्पा डेंगुको जोखिममा :सतर्कता अपनाउन स्वास्थ्य कार्यलयको आग्रह

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय पाल्पाले जिल्ला डेंगुको जोखिममा रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । वर्षायाम सुरु भएसँगै संक्रमण ह्वात्तै बढेको भन्दै कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो । स्वास्थ्य कार्यालयले पाल्पा डेंगुको जोखिममा रहेकाले त्यसको नियन्त्रण र रोकथामका लागि जनस्तरमा सचेतना फैलाउन सरोकारवाला निकायसँग छलफल समेत गरेको छ । उसले तानसेन नगरपालिकाको समन्वयमा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न सरोकारवालासँग पैरवी तथा अन्तरक्रिया कार्यक्रम गरी जनस्तरमा सचेतनाका कार्यक्रम गर्न सबैलाई लाग्नुु पर्ने बताएको छ । स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले डेंगुको पहिचान र उपचारमा…

बुटबलमा डेंगु र किटजन्य रोग नियन्त्रणको लागि अभियान सुरु

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको छ ।वर्षायाम सुरु भएसँगै एडिस जातको लामखुट्टेको सक्रिय हुने र टोकाईबाट डेंगु रोग सर्ने भएकाले नियन्त्रणको लागि सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो । आईतबार उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयमसेवकहरुलाई डेंगु संक्रमण नियन्त्रणको लागि अभिमुखीकरण सञ्चालन गरेको छ । डेंगु रोग सफा पानीमा बस्ने लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले घर वरपर टाएर,गमला, ड्रम लगायतमा पानी जम्न नदिनको लागि स्वास्थ्यका विज्ञहरुले शुझाँब दिएका छन । वर्षायाम सुरु भएसँगै डेंगुका बिरामीको संख्या पनि बढ्दै जाने भएकाले लामखुट्टेको टोकाईबाट बच्न सके डेंगुबाट…