आम्दा अस्पताल बुटवलमा डिम्बाशयको ट्यूमरको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार / सिद्धार्थ बाल तथा महिला अस्पताल ,आम्दा बुटवले जटिल शल्यक्रियामार्फत डिम्बाशयको ट्युमर निकालेपछि रोल्पाकी तिला नेपालीको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालले दिएको गुणस्तरीय सेवा र समर्पित उपचारका कारण बिरामीका आफन्त समेत अस्पतालप्रति गहिरो विश्वास व्यक्त गरेका छन् ।

रोल्पा जिल्ला सुनस्मृति गाँउपालिका निवासी ४१ वर्षिया तिला नेपाली १४ वर्षदेखि पेट फुल्ने समस्याले पिडित थिईन् । घरेलु उपचार र औषधीमा निर्भर रहँदै आएकी तिला श्रीमानले परिवार त्यागेको चौध वर्ष पछि पाँच सन्तान सहितको जिम्मेवारी बोकेर जीवनयापन गरिरहेकी थिईन् ।

स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भिर बन्दै गएपछि आमाको सल्लाह र काकाको छोराको सहयोगमा आम्दा अस्पतालमा भर्ना भइन् ।प्रारम्भिक परीक्षणपछि डाक्टरहरुले डिम्बाशयमा पलाएको ट्युमर धेरै पुरानो र जटिल अवस्थामा रहेको बताए । त्यस पश्चात तत्काल सर्जरीको तयारी गरियो ।

शल्यक्रियामा संग्लग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नारायण जिसीको नेतृत्वमा गरिएको सफल अपरेशन पछि तीलाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । पेट फुल्ने,खान मन नलाग्ने ,शारीरिक कमजोरी जस्ता समस्या अहिले पूर्णरुपमा हटेको छ तीलाले भनिन् । उपचार पश्चात उनले चिकित्सक,नर्सिङ स्टाफ र सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गरिन् ।

डा.नारायण जिसीका अनुसार डिम्बाशयमा ट्युमर हुने समस्या जुनसुकै उमेर समुहका महिलाहरुमा देखिन सक्छ । पेट पुल्ने जस्ता सामान्य लक्षणलाई ग्यास्ट्रिकठानेर धेरै महिलाहरुले घरमै उपचार गर्छन्, जसले समस्या झन जटिल बनाउछ उनले भने ।

हो भन्ने गर्दछन् । तीलालाई पनि यस्तै लाग्यो र जव अन्तिम रुपमा सहन नसक्ने भएर अस्पताल आउनु भयो । उपचारमा हामी सफलता भयौ तर उहाँको जस्तो लामो समय अरुलाई यो रोगले नसताओस् भन्ने हाम्रो चाहाना हो । प्रारम्भिक जाँच र समयमा गरिएको सर्जरीबाट क्यान्सर जस्ता जटिल रोगहरूबाट समेत जोगिन सकिने उनको सुझाव छ ।

यस्तै सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद पराजुलीले आम्दा अस्पतालले विगत देखि नै महिला र बालबालिका का जटिल शल्यक्रियाहरू गर्दै आएको जानकारी दिए । स्त्री क्यान्सर रोग विशेषज्ञको व्यवस्था ,आवश्यक पूर्वाधारको विकास र दक्ष जनशक्तिको परिचालनसँगै आम्दा अस्पतालले गुणस्तरीय र पहुँच योग्य सेवा प्रदान गरिहेको छ,उनले भने ।

च्यारिटी अस्पतालको स्वरुपमा संचालित आम्दा अस्पतालले आर्थिक रुपमा कमजोर बर्गका बिरामीहरुलाई समेत सहज र किफायती सेवा सहितको स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । आवश्यक पूर्वाधारको विकास संगै विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन गर्दै अस्पतालको सेवालाई परिस्कृत गर्दै लैजाने मेसु पराजुलीले प्रतिवद्धता व्यक्त गरे ।

 

 

 

सम्बन्धित शिर्षक :