ब्रम्हाकुमारी विश्वविद्यालयको ४ दिने बृहत् रक्तदान अभियान : १ लाख युनिट रगत संकलन लक्ष्य

स्वास्थ्यसमाचार/ विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणीको १८ औँ स्मृति दिवसको अवसरमा बह्मकुमारी ईश्वरीय विश्वविद्यालयले एशियाका विभिन्न देशहरुमा बृहत् रक्तदान अभियान २०८२ आयोजना गर्दैछ।

बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सहनिर्देशक कमला दिदीले भदौ ६, ७, ८ र ९ गते ४ दिने रक्तदान कार्यक्रम हुने जानकारी दिइन्। अभियानमार्फत १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ।

नेपालमा १३३ केन्द्रहरूमा कार्यक्रम सञ्चालन हुने र बुटवलमा ६, ७ र ९ गते बह्मकुमारी क्षेत्रीय कार्यालय तथा ८ गते देविनगर प्राणगड र सैनामैनामा कार्यक्रम हुने जनाइयो। क्षेत्रीय कार्यालय परिसरमा प्रदेश प्रमुख कृष्ण बहादुर घर्तिबाट उद्घाटन भएसँगै देशभर कार्यक्रम सुरु हुने जानकारी दिइएको छ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले पछिल्लो समय रगतको अभाव रहेको र डायलोसिस, रक्तअल्पता जस्ता बिरामीहरूको माग पुरा गर्न अभियान महत्वपूर्ण हुने बताए। नेपाल रेडक्रस सोसाइटीका मन्त्री टेक बहादुर थापाले पनि कार्यालयका ३० शाखाबाट जनशक्ति र प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाए।

सम्बन्धित शिर्षक :