स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसियमयस) शिक्षण अस्पताल, भैरहवामा यस क्षेत्रमा पहिलो पटक प्रोक्टोलोजी क्षेत्रमा अत्याधुनिक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुचारु भएको छ । देवदह नगरपालिका–१२ बस्ने २१ वर्षीय प्रविण हरिजनको उक्त प्रविधिबाट शल्यक्रिया गरिएको हो । हाल विरामीको अवस्था सन्तोषजनक रहेको र अस्पतालबाट डिस्चार्ज समेत भइसकेको छ । यो शल्यक्रिया अस्पतालका शल्यक्रिया विभागका एसोसियट प्रोफेसर डा.सन्तोष मिश्र, डा.सन्देश खड्का, डा.समीकुमार शाह, एनेस्थसिया विभागका प्रमुख तथा प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, डा.विजय यादव, नर्सिङ्ग स्टाफ शान्ति थापा सिन्जाली लगायतका टोलीले गरेको हो । अब अस्पतालमा विरामीहरुलाई पाइल्स, पाइलोनाइडल साइनस, एनल फिसर…
युसीएमएस शिक्षण अस्पताल
विश्व रेडियाग्राफी दिवस: यु.सि.यम.यस.मा ‘वियोन्ड इमेजिङ्ग’ कार्यशाला
स्वास्थ्यसमाचार/ ‘विश्व रेडियाग्राफी दिवस’को अवसरमा यूसिएमएस., शिक्षण अस्पताल, भैरहवामा रेडियोलोजी विभागद्धारा ‘रेडियोलोजीः वियोन्ड इमेजिन्ङ्ग’ विषयक कार्यशाला गोष्ठी सम्पन्न गरियो । कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका मेडिकल सुपरिन्टेन्डेन्ट तथा रेडियोलोजी विभागका प्रमुख प्रा.डा.सदनमूखिको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पि.एस.ले यु.सि.यम.यस.मा रेडियोलोजी विभागले करिब २५ वर्षदेखी निरन्तर उत्कृष्ट सेवा दिईरहेको र चाडै नै अस्पतालले २८ स्लाइसको अत्याधुनिक सि.टी.स्क्यान मेसिन सञ्चालनमा ल्याउन लागेको बताए । उक्त कार्यशालामा प्रा.डा.सन्तोष शाह, प्रा.डा.कृष्ण कुमार अग्रवाल, उप प्रा.डा.राजकुमार के.सी., डा.सन्तोष मिश्रा, डा.निश्चल गौतमले स्वास्थ्यमा…
टुंगियो युनिभर्सल शिक्षण अस्पतालको आन्दोलन, सबै सेवा सुचारु
स्वास्थ्यसमाचार/ १२ बुँदे माग राख्दै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा बिगत चौध दिनदेखि जारी आन्दोलन आइतवारदेखी टुंगिएको छ । नेपाल नर्सिङ संघले गत कात्तिक १ गते स्वास्थ्य मन्त्रालयमा पेस गरेका मागलाई अनुशरण गर्दै आन्दोलन सुरु गरेका युसिएमएसका नर्सिङ्ग तथा प्यारामेडिक्स कर्मचारीले बिचबिचमा आफ्ना माग परिमार्जन गर्दै कात्तिक २ गतेदेखि आन्दोलित थिए । देशभर आन्दोलनरत नर्स र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच निजी अस्पतालमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीलाई सरकारीसरह मासिक तलब सुविधा दिने सहमति भएपछि यस अस्पतालमा पनि जारी आन्दोलन टुंगिएको हो । अस्पतालमा भर्ना भएका डायोलोसिस सेवा बाहेक…
युसीएमएसका स्वास्थ्यकर्मीको चीत्कार: मौनता होइन, श्रमको मूल्य देऊ
स्वास्थ्यसमाचार/ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ तथा प्यारामेडिक्सको माग सम्बोधनमा प्रशासन उदासीन भएको बताएका छन्। कात्तिक २ गतेदेखि मेडिकल कलेज अगाडि शान्तिपूर्ण रूपमा धर्ना दिएर माग राख्दा पनि मेडिकल कलेज प्रशासनले मागको सुनुवाइ गर्न गैरजिम्मेवार भएको आन्दोलित नर्स तथा प्यारामेडिक्सहरूले गुनासो गरेका छन्। उनीहरूले सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने, स्तरवृद्धि, श्रम ऐन र स्वास्थ्य मापदण्ड अनुसारको नियुक्ति, सुत्केरी बिदा, जोखिम भत्ता जस्ता सुविधाको माग गरेका छन्। कात्तिक २ गते अस्पताल प्रशासनलाई मागपत्र बुझाए पनि सुनुवाइ नभएपछि पुनः आइतबार थप १२ बुँदे माग…
युसीएमएसले भन्यो -आन्दोलनरत कर्मचारी कार्यस्थलमा फर्कनुस्
स्वास्थ्यसमाचार/ रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल प्रशासनले आन्दोलनरत कर्मचारीहरुलाई कार्यस्थलमा फर्कन आह्वान गरेको छ । अस्पतालले नियमित कार्यमा समर्पित हुन आव्हान गरेको हो । युसीएसएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले विज्ञप्ती जारी गर्दै बिरामीको उपचारलाई मध्यनजर गर्दै आजैबाट आकस्मिकसहित सघन उपचार, प्रसुति लगायत सबै सेवाहरु पूर्णरुपमा सञ्चालनमा ल्याउन अनुरोध गर्नुभएको छ । उहाँले वर्तमान परिवेशमा आन्दोलनका कारण कुनै पनि बिरामीलाई प्रतिकुल प्रभाव पर्न गएमा सोको जिम्मेवार तथा जवाफदेही आन्दोलनकारी पक्ष नै हुने समेत बताउनुभएको हो । साथै उठेका समस्यालाई वार्ताको माध्यमबाट समाधानका लागि आवश्यक…
संजीवनी शिक्षण अस्पताल, दाङ्गको ‘शुभसाइत कार्यक्रम’ सम्पन्न
स्वास्थ्यसमाचार/ बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा घोराही उपमहानगरपालिका–३, भानपुरस्थित संजीवनी शिक्षण अस्पतालको ‘शुभसाइत कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। करिब ४ अर्ब लगानीमा स्थापना भएको अस्पताल दशैंलगत्तै पूर्ण सञ्चालनमा आउने तयारीमा छ। हाल ३०० शैयाबाट सेवा प्रारम्भ हुने र आगामी तीन वर्षभित्र ५०० शैयामा विस्तार गर्ने लक्ष्य राखिएको अस्पतालले आइसियु, सिसियु, एनआइसियु, पिआइसियु, एमआइसियु, डायलासिस, क्याथ ल्याब तथा ५० शैयाको आकस्मिक सेवा २४ घण्टा उपलब्ध गराउनेछ। अस्पतालमा न्युरोलोजी, कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोलोजी लगायतका विशिष्टिकृत सेवा उपलब्ध हुने जनाइएको छ। साथै ‘बी’ श्रेणीको अत्याधुनिक प्रयोगशाला, एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, डिजीटल…
यु.सि.यम.यस. मेडिकल कलेज र लुम्बिनी नेत्रालय विच सम्झौता
स्वास्थ्यसमाचार/ यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवा र लुम्बिनी नेत्रालय प्रा.लि. विच आँखा उपचारको क्षेत्रमा शैक्षिक तथा अनुसन्धानत्मक गतिविधिलाई सहकार्य गरी अघि बढाउन आज सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम यु.सि.यम.यस., शिक्षण अस्पताल तथा लुम्बिनी नेत्रालयले आ–आफ्ना विशिष्टिकृत अत्याधुनिक सेवाहरुको ज्ञान तथा सीपलाई एक अर्कामा साटा–साट गर्ने, शैक्षिक क्रियाकलापमा सहकार्य गर्ने, आँखाको उपचारमा आउने चुनौतिहरुलाई मिलेर सम्बोधन गर्ने विषयहरु समेटिएका छन् । सो सम्झौता कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., यु.सि.यम.यस.का प्राचार्य लक्ष्मी पाठक, लुम्बिनी नेत्रालयका अध्यक्ष सनत कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक हिरा बहादुर शाह, चिफ मेडिकल…
युसीएमएस भैरहवामा आधारभूत शल्यक्रिया सीप कार्यशाला सम्पन्न
स्वास्थ्यसमाचार/रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा एकदिने आधारभूत शल्यक्रिया सीप कार्यशाला सम्पन्न भएको छ । युसीएमएसको शल्यक्रिया विभागको आयोजनामा कार्यशाला भएको हो । जुनियर चिकित्सक तथा मेडिकल विद्यार्थीहरुलाई सुरक्षित र नियन्त्रित वातावरणमा शल्यक्रियाको आधारभूत सीप र सिद्वान्तहरुमा दक्ष बनाउनु कार्यशालाको उद्देश्य रहेको युसीएमएसका सूचना अधिकारी सुशील गुरुङले बताउनुभयो । कार्यक्रमको कोर्स डाइरेक्टरको रुपमा शल्यक्रिया विभागका प्रमुख प्रा.डा.सन्तोष शाह र कोर्स संयोजकमा सह–प्रा.डा.सन्तोष मिश्रा रहनुभएको थियो । प्रा.डा.शाहका अनुसार यो कार्यशालाले एसप्टिक प्रविधि, उपकरण सम्हाल्ने तरिका, गाँठो कस्ने, टाँका लगाउने र टिस्यु ह्यान्डलिङ्ग जस्ता प्रत्यक्ष अभ्यासमा…
यु.सि.यम.यस. भैरहवामा ‘शल्यक्रिया सेफ्टी चेकलिष्ट’ कार्यशाला सम्पन्न
स्वास्थ्यसमाचार/यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा शल्यक्रिया विभाग तथा एनेस्थेसिया विभागको संयुक्त आयोजनामा एक दिने ‘शल्यक्रिया कक्षमा विरामीको सुरक्षा वृद्धि डब्लु.एच.ओ. शल्यक्रिया सेफ्टी चेकलिष्ट’ (WHO Surgical Safety Checklist: Enhancing Patient Safety in the Operating room ) विषयक कार्यशाला सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको शल्यक्रिया सेफ्टी चेक लिष्ट अनुरुप प्रशिक्षार्थीहरूलाई मास्टर कक्षा सहित स्किल ल्याबमा प्रयोगात्मक रुपमा म्यानिकुइनमा सिकाइएको थियो । कार्यक्रमको कोर्स डाइरेक्टरको रुपमा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका प्राचार्य तथा एनेस्थेसिया विभागकी प्रमुख प्रा.डा.लक्ष्मी पाठक तथा शल्यक्रिया विभागका प्रमुख प्रा.डा.सन्तोष शाह हुनुहुन्थ्यो । कार्यक्रममा शल्यक्रिया विशेषज्ञ डा.सगुन थापा…
रिफरलको चक्रमा ज्यान गुमाएको बालक, सहानुभूतिपूर्ण सहयोगी बने एम्बुलेन्स ड्राइभर
सत्य घट्ना : आज साझ ६ बजे एक जना २५/२६ बर्ष कि जस्ती देखिने महिला कपाल र निधार ढाकिने गरि रातो रुमालले टाउकोमा बाँधेर भैरहवा मेडिकल कलेजको इमर्जेन्सी अगाडि पार्किङ नजिकै डिलमा बसेर बेस्सरी रोइरहनु भएको थियो। म अस्पतालको ड्युटी सकाएर फर्किन गाडीको ढोका खोल्दै गर्दा ती महिला सङ्गै उभिएका एक जना भाइले नमस्ते म्याडम भन्नू भयो। मैले नमस्ते भने र के भएको हो सोधे।ती भाइले सबै बताउनु भयो। “मैले प्युठान बाट यी महिलाको सानो सिरियस बच्चालाई यहाँ लिएर आए तर बच्चा रहेनन्, त्यसैले रोइरहनु भाछ । पहिला प्युठानको अस्पतालमा…
