स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारको आवश्यकता छ :स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुलेस्वास्थय क्षेत्रमा रहेका विकृतिहरूलाई अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता वताएका छन। बुटवलमा रहेको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालको १२ औं वार्षिकोत्सव तथा चौथो अधिवेशनको अवसरमा बोल्दै स्वास्थ्यमन्त्री  सारुले सामुदायिक स्तरबाट स्थापना गरिएको बुटवलको सामुदायिक मुटु अस्पतालमा सामाजिक सुरक्षा अन्तरगत जनतालाई उपलब्ध गराइएको स्वास्थ्य सेवा तथा दीर्घ रोगीको उपचार गरेबापत संघीय सरकारबाट प्राप्त गर्नुपर्ने रकम उपलब्ध गराउनका लागि आफूले समन्वय र पहलको भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरे । स्वास्थ्यमन्त्री सारुले जसरी पनि एमआरआई मेशिन ल्याउने बताएका छन  मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका…

अस्पतालको पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन्छौं: मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्ष संग छलफल गर्नु भएको छ । अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिनु भएको हो । अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न तर्फ ध्यान दिनुपर्ने बताउनु भयो । ‘उपचार सेलालाई प्रभावकारी बनाउनुपर्छ । भौतिक पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनको काम समन्वयको आधारमा हुनेछन’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अस्पतालले दिने उपचार सेवालाई प्रभावकारी बनाउन, आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले आगामी बर्षको बजेटमा…

जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था मिलाउन सुझाव समिति गठन

काठमान्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव समिति गठन गरेको छ ।मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव समिति बनाउनुभएको हो । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्राडा। बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य हुनुन्छ । गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य…

स्वास्थ्य मन्त्रालय लुम्बिनीद्धारा ‘संक्रामण तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन कार्यविधि २०८१ जारी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले संक्रामक तथा नसर्ने रोग न्यूनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन कार्यविधि २०८१ जारी गरेको छ। यो कार्यविधि यहि पुस, २०८१ मा प्रकाशित भएको हो। यस कार्यविधिले लुम्बिनी प्रदेशमा संक्रामक र नसर्ने रोगहरूको नियन्त्रण र न्यूनिकरणका लागि स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन गर्ने प्रक्रियाहरू निर्धारण गर्दछ। यस कार्यविधिको कार्यान्वयनले लुम्बिनी प्रदेशमा संक्रामक र नसर्ने रोगहरूको नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। ‘संक्रामक तथा नसर्ने रोग न्यूनिकरण कार्यविधि २०८१’ [pdf-embedder url=”https://swasthyasamachar.com/wp-content/uploads/2024/12/करयवध_२०८१.pdf”]

भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने सम्झौता

स्वास्थ्यसमाचार/भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिने भएको छ । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उक्त सेवा विस्तारका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा केन्द्रसँग सम्झौता गरिएको हो । सम्झौतासँग अब भेरी अस्पताल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिनेछ । सोमवार भेरी अस्पतालमा एक कार्यक्रमकाबीच मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मन्त्री पौडेलले सबै संघीय अस्पतालहरुमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने…

तिलोत्तमा ३मा सुत्केरी महिला घरभेट कार्यक्रम नगर प्रमुख उपप्रमुख द्धारा शुभारम्भ

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा मातृत्व पोषण र स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि विशेष कार्यक्रम सम्पन्न भएको छ। वडाध्यक्ष तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष कल्याण प्रसाद पौडेलको अध्यक्षता नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्य तथा उप प्रमुख जागेश्वरी देबी चौधरीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख र उपप्रमुखले पोषणको महत्वमाथि चर्चा गर्दै विशेषतः सुत्केरी अवस्थामा नियमित अण्डा सेवनको फाइदाबारे जानकारी गराउनु भयो । उहाले नगरपालिको गर्भवती तथा सुत्केरी आमाहरूको स्वास्थ्यलाई बिषेश ध्यान दिदै यस्ता कार्यक्रम गरेको बताउनु भयो।नगर प्रमुख खाँणले चालु आर्थिक वर्षको साउन महिनादेखि सुत्केरी…

पाल्पामा एचआईभी जोखिममा रहेकालाई ‘प्रेप’ प्रयोग बारे सचेतीकरण गरिने

पाल्पा । पाल्पामा एचआईभी संक्रमणको जोखिममा भएकाहरुका लागि लक्षित गरी प्रिएक्सपोजर फाइलायासिस (प्रेप) सेवा दिर्दै आइएको छ । एचआइभी संक्रमित भई नसकेका तर सम्भावित जोखिममा भएका व्यक्तिहरूलाई भविष्यमा एचआइभी संक्रमण हुनबाट बचाउन प्रेप उपचार विधि दिर्दै आइएको हो । । यहाँ नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको तानसेनस्थित क्लिनिकमार्फत् सेवा सञ्चालन भइरहेको छ । संघले यो सेवा सुरु गरेपछि ९ जनाले सेवा लिइरहेका छन् । दुई दर्जन बढी जोखिममा रहेका व्यक्तिहरूको पहिचानको काम भइरहेको छ । अहिले नेपालको सुनसरी र पाल्पाबाट मात्र प्रेप उपचार विधि सुरु भएको छ। मध्य नेपालको…

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटर बाट सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिस्तारीत अस्पताल सेवा अन्तरगत प्रसूति सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटरबाट सेवा शुभारम्भ भएको छ । आइतबार अपरेशन कक्षको विधिवत पूजागरी शल्यक्रिया कक्षबाट सेवा शुभारम्भ गरिएको हो । अस्पतालमा प्रसुतीले सेवाका लागि छुट्टै शल्यक्रिया कक्षबाट सेवा शुभारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले प्रदेशमा मातृ–मृत्यु दरलाई घटाउनका लागि बिस्तारीत अस्पताल सेवालाई प्राथमिकता दिइएको जानकारी दिए । प्रसुती सेवाका लागि छुट्टै उपचार तथा शल्यक्रिया सेवाको व्यवस्थाका लागि स्वास्थय मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई रोजेको उल्लेख गरे । अस्पतालमा सेवा बिस्तारका लागि ५० लाख…

पाणिनीमा विपन्न, जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमै पहिलो पटक अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका बृद्धबृद्धा हरु गाउँमै उपचार शिविर सञ्चालन भएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् । कान नसुन्ने बृद्धबृद्धा तथा विपन्न नागरिकलाई लक्षित गरी शवण शक्ति परीक्षण शिविर तथा हेयरिङ्ग एड सामाग्री वितरण कार्यक्रम तथा अटिजमको बिरामीलाई निशुल्क परामर्श सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो । नाक कान घाटी रोग विशेषज्ञ डा. सुसन शाक्य, डा. विद्वान भुसाल लगायतको स्वास्थ्यकर्मीको टीमले विरामीको चेकजाँच गरेका थिए…

स्वास्थ्य मन्त्रालय लुम्बिनी द्धारा नर्सिङ एबं सबै स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न निर्देशन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवा सुविधामा सुधारका लागि महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। स्वास्थ्य मन्त्रालय राप्ती उपत्यकाले जारी गरेको सूचनामा नर्सिङ र सबै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सुनिश्चित गर्न निर्देश गरिएको छ। बिज्ञप्तीमा भनिएको छ करार सम्झौता अनिवार्यःस्वास्थ्य संस्थाहरूले स्वास्थ्यकर्मीहरूलाई नियुक्त गर्नुपूर्व लिखित करार सम्झौता गर्नुपर्नेछ।न्यूनतम पारिश्रमिक नेपाल सरकारले तोकेको पारिश्रमिकभन्दा कम नहुने गरी लागू गर्नुपर्नेछ। अतिरिक्त भत्ताःअतिरिक्त कामका लागि उचित भत्ता उपलब्ध गराउनु पर्नेछ।बैंक भुक्तानी अनिवार्यःस्वास्थ्यकर्मीहरूको तलब बैंकमार्फत मात्र भुक्तानी गर्नुपर्नेछ।शैक्षिक प्रमाणपत्र फिर्ता नियुक्ति पत्र प्राप्त भएपछि स्वास्थ्यकर्मीका शैक्षिक प्रमाणपत्रहरू उनीहरूलाई फिर्ता दिनुपर्नेछ। महिला…