नेपाल अर्बुद राेग निवारण संस्था रुपन्देहीकाे अध्यक्षमा पुन: हमाल

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद राेग निवारण संस्था रुपन्देहीकाे सभापतिमा पुन: खिमबहादुर हमाललाई चयन गरिएकाे छ । संस्थाकाे साेमबार बुटवलमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनले हमालकाे नेतृत्वमा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । नवनिर्वाचित कार्यसमितिकाे सदस्यहरुमा विना न्याैपाने, बाबुराम बिक, प्रजापाल गिरी, गुणनिधि खनाल, तेजनारायण अर्याल, पुनम पाैडेल, इन्दिरा पाण्डे, मुक्तिराज पाैडेल, भगवता वेलवासे, निमा थारु, उमा थापा, रमेश पराजुली र शैलेका पन्तलाई सर्वसम्मत चयन गरिएकाे निर्वाचन समिति संयोजक महेन्द्र पाण्डेले जानकारी गराउनु भयाे । कार्यसमितिमा महिला सहित २ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सहसचिव नवनिर्वाचित कार्यसमितिकाे बैठकबाट निर्वाचित सदस्यबाट…

लुम्बिनी प्रादेशिक अस्पतालमा ३२ जनाको माग ३० जना स्टाफ नर्स

स्वास्थ्यसमाचार/ बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले करार सेवामा कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशन गरेको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेको अस्पतालले स्टाफ नर्स (जनरल नर्सिङ), हेमो डायलाइसिस टेक्निसियन र एम्बुलेन्स चालक पदमा जनशक्ति माग गरेको हो। सूचनाअनुसार स्टाफ नर्स पदका लागि पाँचौँ तहअन्तर्गत प्रदेश सरकारको स्थायी दरबन्दी तर्फ १० पद, अस्थायी दरबन्दी तर्फ १४ पद तथा अस्पताल विकास समितिको आन्तरिक स्रोततर्फ ६ पद गरी कुल ३० पद खुलाइएको छ। यस्तै, चौथो तहको हेमो डायलाइसिस टेक्निसियन एक पद र श्रेणी विहीन एम्बुलेन्स चालक एक पदमा पनि करारमार्फत…

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर ३५० जनाको स्वास्थ्य परीक्षण

स्वास्थ्यसमाचार/  सन्धिखर्क नगरपालिकाको आयोजनामा तथा ग्यास्ट्रो सेन्टरको प्राविधिक सहयोगमा सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। शिविरमार्फत ३सय ५० जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएको नगरपालिकाले जनाएको छ ।पेट, कलेजो तथा पाचन प्रणाली सम्बन्धी समस्याबाट पीडित बिरामीहरूलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा ४८ जनाको एन्डोस्कोपी परीक्षण समेत निःशुल्क गरिएको थियोे। शिविरमा वरिष्ठ पेट आन्दा कलेजो तथा प्याक्रिय रोग बिशेषज्ञ डा मोहन भुसाल लगायको बिज्ञ चिकित्साको टोलिले सेवा दिएको थियो। शिविरमा आएका धेरै बिरामीले लामो समयदेखि पेट दुख्ने, ग्यास्ट्रिक, अम्लपित्त, कलेजोसम्बन्धी समस्या तथा पाचन प्रणालीसँग जोडिएका जटिल समस्याको उपचार र परामर्श…

लुम्बिनीमा पोषण सुधारका लागि स्थानीय तहको नौ बुँदे प्रतिबद्धता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका नगर तथा गाउँपालिका स्तरमा बहुक्षेत्रीय पोषण योजना (MSNP–III) प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहहरूले नौ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। पोषण जोखिममा रहेका परिवारको पहिचानदेखि दिगो स्रोत परिचालनसम्मका कार्यलाई प्राथमिकता दिँदै स्थानीय तहहरूले योजनालाई संस्थागत रूपमा मजबुत बनाउने प्रतिज्ञा गरेका हुन्। प्रतिबद्धताअनुसार नगर/गाउँपालिकाले पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकलाई नियमित सञ्चालन गर्दै निर्णयहरूको कार्यान्वयनमा जोड दिनेछ। पोषणसम्बन्धी कार्यक्रमहरूलाई वार्षिक योजना तथा बजेटमा अनिवार्य रूपमा समावेश गर्दै तथ्यमा आधारित लक्षित बजेट बिनियोजन सुनिश्चित गरिने बताइएको छ। यसबाहेक, पालिका स्तरमा विषयगत शाखाहरूबीच समन्वय बढाई समुदायसँग नजिकबाट सहकार्य गर्दै व्यवहार…

अन्य स्वास्थ्य जस्तै मुख तथा दाँत स्वास्थ्यको पनि ख्याल गरौं

हाम्रो शरिरमा रहेका अन्य सम्पुर्ण अंग हरुको जति महत्व रहेको छ । तेतीनै महत्व मुख तथा दाँतको रहेको छ । त्यसै कारणले मुख तथा दाँतको स्वास्थ्यमा सचेत रहनु र जानकारी लिनु आबश्यक मानिन्छ । मुख तथा दाँत ले ब्यक्तिको स्वास्थ्यमा मात्र नभएर उसको सौन्दर्यतामा समेत टेबा पुराएको हुन्छ । दाँत सफा र मजबुत भएमा ब्यक्तिले बुढ्यौलीको महशुस कम गर्दछ । किनकि उसको खानपान मा सहजता बोलीमा सहजता र सुन्दरतामा समेत दाँतले महत्व पुर्ण भुमिका खेलेका हुन्छन् । दाँत मुखमा टम्म मिलेर रहेको अबस्थामा ब्यक्तिको बोलीमा स्पष्टता रहन्छ । भने दाँत…

रुपन्देही कुष्ठरोगको जोखिममा,४ महिनामा ३७ जना नयाँ बिरामी फेला

स्वास्थ्यसमाचार/रुपन्देहीमा आर्थिक बर्षको पहिलो चौमासिक(साउन देखि कार्तिक सम्म ) ३७ जना कुष्ठरोगका बिरामी फेला परेका छन । द लेप्रोसी नेपालको आयोजना तथा स्वास्थ्य कार्यालय रुपन्देहीको समन्यनमा भएको अन्र्तक्रियामा उक्त कुरा बताईएको हो । अन्र्तक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ क्षयकुष्ठ अधिकृत टीकाराम अधिकारीले ४ महिनामा ३७ जना पत्ता लागेका र त्यस मध्ये१७ जना महिला रहेको बताउनु भयो । उहाले रुपन्देहीमा सचेतिकरण, पहिचान ,उपचार व्यवस्थापन र रोकथाम गरि ४ तरिकाबाट काम भैरहेको अधिकारीले बताउनुभयो । रुपन्देहीमा आ. व. २०८१ / ८२ मा १ सय ७८ जना बिरामी उपचारमा थिए सोही…

मानसिक स्वास्थ्य सचेतना अभियान -२०८२ शुभारम्भ

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले मानसिक स्वास्थ्य आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को शुभारम्भ कार्यक्रममा मन्त्री गौतमले शारीरिक स्वास्थ्यका क्षेत्रमा धेरै काम भएपनि मानसिक स्वास्थ्यको क्षेत्रमा थोरै काम भएकोले आफ्नो प्राथमिकता मानसिक स्वास्थ्य रहेको बताउनुभयो। सरकारले मानसिक स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी आवश्यक बजेटको व्यवस्था गर्ने कसरत गरिरहेको जानकारी दिनुभयो ।देशको पछिल्लो परिस्थितिले प्रत्येक परिवार मानसिक स्वास्थ्य समस्यामा रहेको उहाँको भनाई छ। स्वास्थ्य मन्त्रालयका कर्मचारीले मानसिक स्वास्थ्यका कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो। यसअघि स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्यका…

नेपाल स्वास्थ्यकर्मी संघको अधिवेशन पुस १०देखि १२ गतेसम्म रुपन्देहीमा हुने

स्वास्थ्यसमाचार/ नेपाली काँग्रेसको शुभेच्छुक संस्था, नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय महाधिवेशन रुपन्देहीमा हुने भएको छ । संघको सोमबार काठमाण्डौंमा बसेको केन्द्रीय समिति बैठकले यहि पुसको १०, ११ र १२ गते रुपन्देहीमा महाधिवेशन गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य विश्वबन्धु विनयीले जानकारी गराउनु भयो । संघकी कार्यवाहक अध्यक्ष रमिला चौलागाईंका अनुसार महाधिवेशनको बन्द सत्रमा पेश हुने सांगठनिक तथा आर्थिक प्रतिवेदन, विधानमा आवश्यक संशोधन लगायतका विषयमा अध्ययन र छलफल अगाडि बढाइएको छ । त्यस्तै महाधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि सबै कुरालाई चुस्त दुरुस्त रुपमा व्यवस्थापन गर्नेगरी केन्द्रीय समितिले…

बुटबलमा बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रदेशस्तरीय समीक्षा सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा सञ्चालन भइरहेको बहुक्षेत्रीय पोषण कार्यक्रमको कार्यान्वयन प्रगति, उपलब्धि तथा चुनौतीहरूको विश्लेषण गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरीय समीक्षा गोष्ठी बुटवलमा सुरु भएको छ। लुम्बिनी प्रदेश योजना आयोगका सदस्य–सचिव खिम बहादुर कुबरको अध्यक्षता प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालको बिशिष्ट आतिथ्य तथा , जिल्ला समन्वय समिति लुम्बिनीका अध्यक्ष, दोण बहादुर खत्री, बुटबल उपमहानगरपालिका मेयर खेलराज पाण्डेको स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरी, प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रका निर्देशक डा राजेन्द्र गिरीको आतिथ्यमा प्रदेशस्तरीय समीक्षा गोष्ठी सुरु भएको हो । लुम्बिनी प्रदेशका रुपन्देही कपिलबस्तु नवलपरासी तथा पाल्पाको एक पालिका गरि…

स्वास्थ्यमन्त्री सारु द्धारा पाँच दिने आधारभूत खोप तालिमको उद्घाटन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश, स्वास्थ्य निर्देशनालयद्वारा आयोजित “राष्ट्रिय खोप कार्यक्रम” अन्तर्गत गुल्मी र पाल्पाका स्वास्थ्यकर्मीहरूका लागि पाँच दिने आधारभूत खोप तालिमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले गर्नुभयो। मन्त्री सारुले उद्घाटन समारोहमा आफ्नो विचार व्यक्त गर्दै भन्नुभयो  राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त जनस्वास्थ्य कार्यक्रम हो। यसले शिशु तथा बाल मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याइरहेको हुँदा आम नागरिकबीच यो अभियान प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जिम्मेवारी अत्यन्तै महत्वपूर्ण रहेको छ। उद्घाटन कार्यक्रममा स्वास्थ्य निर्देशनालयका नि. निर्देशक रोशनलाल चौधरीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। यस…