स्वास्थ्यमन्त्री सारु द्धारा पाँच दिने आधारभूत खोप तालिमको उद्घाटन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश, स्वास्थ्य निर्देशनालयद्वारा आयोजित “राष्ट्रिय खोप कार्यक्रम” अन्तर्गत गुल्मी र पाल्पाका स्वास्थ्यकर्मीहरूका लागि पाँच दिने आधारभूत खोप तालिमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले गर्नुभयो।

मन्त्री सारुले उद्घाटन समारोहमा आफ्नो विचार व्यक्त गर्दै भन्नुभयो  राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त जनस्वास्थ्य कार्यक्रम हो। यसले शिशु तथा बाल मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याइरहेको हुँदा आम नागरिकबीच यो अभियान प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जिम्मेवारी अत्यन्तै महत्वपूर्ण रहेको छ।

उद्घाटन कार्यक्रममा स्वास्थ्य निर्देशनालयका नि. निर्देशक रोशनलाल चौधरीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। यस अवसरमा स्वास्थ्य कार्यालय पाल्पाका नि. प्रमुख टुक प्रसाद पोखरेल, गुल्मी र पाल्पाका अन्य स्वास्थ्यकर्मीहरू, तालिमका प्रशिक्षक तथा सम्बन्धित अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :