लुम्बिनीको स्वास्थ्य विधेयक प्रदेश प्रमुख शेरचनद्वारा प्रमाणिकरण

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणिकरण गर्नुभएको छ । मंगलबार प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेश सभा बैठकबाट पारित उक्त विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयले एक सूचना जारी गर्दै उक्त बिधेयक प्रमाणिकरण भएको जानकारी दिएको हो । उक्त बिधेयक लुम्बिनी प्रदेश सरकारले सोमबार प्रदेश प्रमुखलाई प्रमाणिकरणको लागि पेश गरेको थियो ।

लुम्बिनीमा गर्भवतीलाई एम्बुलेन्स सेवा नि :शुल्क

स्वास्थ्यसमाचार/रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका एम्बुलेन्सलाई सुचारु गरिएको छ । आम नगरबासीको स्वास्थ्य सेवालाई मध्येनजर गर्दै नगरका नगरप्रमुख सजरुद्धिन मुसलमानले थप ३ वटा एम्बुलेन्स ३ वटा स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै सुचारु गर्न निर्देशन दिएका छन । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३मा रहेको लुम्बिनी स्वास्थ्य केन्द्र,वडा न.९मा रहेको खुदावगर स्वास्थ्य चौकी,वडा न.११मा रहेको मसिना स्वास्थ्य चौकीलाई मंगलबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर सजरुदिन मुसलमानले जनतामा स्वास्थ्य सेवाको पहँच बढाउन मानवीय सेवाको कार्य भएको बताएका छन् ।…

लुम्बिनी प्रदेशका तराईका जिल्लामा देखियो आँखा पाक्ने रोगको प्रकोप

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले आँखा पाक्ने रोग प्रकोपका रुपमा फैलिएको छ । विशेषगरी तराई क्षेत्रमा आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्याधिक दुख्ने समस्या देखिएको छ । आँखामा संक्रमण देखिएपछि आँखा अस्पतालहरुमा आँखा पाकेका बिरामीहरुको भिड लागेको छ । मौसमको परिवर्तनसँगै फैलिएको भाइरल प्रकोपले नेपाल र भारतको सिमाक्षेत्रमा प्रभावित बनाएको लायन्स आँखा अस्पताल बुटवलले जनाएको छ । कोहलपुर मेडिकल कलेजका डाक्टर तथा चिकित्सक संघका प्रदेश संयोजक नन्दा गुरुङले प्रदेशको तराईका जिल्लामा भाइरलका रुपमा आएको बताइन् । उनले धेरै जमघट हुने ठाउँहरुमा यस्तो प्रकोप बढेको बताइन् । नेपालगन्जको भिजन…

यौन दुर्व्यवहार गरेको आरोपमा शिवराज आधारभूत अस्पतालका प्रमुख पौडेलमाथि जबरजस्ती करणी मुद्दा दर्ता

स्वास्थ्यसमाचार /कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सिअहेब लेखनाथ पौडेलमाथि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखर जंग मल्लले आइतबार साँझ पौडेल र उनका साथी नगरपालिका वडा नम्बर–३ का भुवन पाण्डेयमाथि जबरजस्ती करणी उद्योगको मुर्दा दर्ता भएको जानकारी दिए। आइतबार साँझ पीडित महिला कर्मचारीहरूले ती दुईमाथि जाहेरी दिएकी थिइन्। आरोपित दुवै जना सम्पर्कविहीन रहेका छन्। यौन दुर्व्यवहारको आरोप लागे पछि प्रमुख पौडेललाई नगरपालिकाले आइतबार नै जिम्मेवारीबाट हटाएको थियो। गत शुक्रवार रात्रिकालीन डिुयुटीका बेला मदिरा सेवन…

बुटवलमा ४५ दिने सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान सुरु

स्वास्थ्यसमाचार/बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु भएको छ । साउन १५ गते सोमबारदेखि ४५ दिनसम्म चल्ने अभियानको बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो । अभियान अन्तरगत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उहाँले बताउनुभयो ।उहाँले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । ’यो…

लुम्बिनी प्रादेशिक अस्पतालको सटर भत्काईएपछि दिनुपर्ने बजेट रोक्ने काम गतल :पुर्व मन्त्री बराल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोभिड संकमणको बेला धेरै समस्याहरु ब्यहोर्नुपरेको स्मरण गर्दै आफ्नो कार्यकालमा शिलान्यास गरेको परियोजनाको भवन निर्माण पूरा भएको बताए । बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन कार्यक्रममा पुर्ब सामाजीक बिकास मन्त्री बरालले यस्तो वताए ।उहाले लेभल २ प्रयोगशालाको अभावमा कोभिड संक्रमणको परीक्षणमा कठिनाई भएको भन्दै उनले अहिले बनेका पूर्वाधारबाट पक्कै पनि आम नागरिकले सेवा पाउने उनले बताए । स्वास्थ्य जनताको पहँच भन्दा बाहिर गैरहेको र यसले निरपेक्ष गरिबीको रेखामुनी पुग्नेको संख्या बढाएको उनले दुखेसो गरे ।तत्कालीन समयमा प्रदेश सरकारबाट निर्णय…

स्वास्थ्य प्रणालीे सुदृढिकरणका लागी प्रयोगशाला कोशेढँगा सावित :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई प्रेषण र गुण नियन्त्रण प्रयोगशालाको रुपमा विकास गरिने बताउनु भयो । बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन कार्यक्रममा मन्त्री खनालले यस्तो बताउनु भयो । स्वास्थ्य मन्त्री खनालले स्तरिय प्रयोगशालाको अभावमा गाउँबाट शहर र शहरबाट अन्य प्रदेशमा बारम्बार धाई रहनु पर्ने बाध्यतालाई चिर्न नव निर्मित प्रयोगशाला भवनलाई एकिकृत र सहज परिक्षण केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार तत्पर रहेकोमा जोड दिनुभयो । समग्र स्वास्थ्य प्रणालीको सुदृढिकरणका लागी पनि प्रदेश प्रयोगशाला र यस्को सञ्जाल कोशेढँगा सावित हुने मन्त्री खनालले विश्वास…

शिवराज स्वास्थ्य प्रमुखद्वारा मदिरा सेवन गरी महिला कर्मचारीमाथि दुर्व्यवहार

स्वास्थ्यसमाचार/ कपिलवस्तुको शिवराज नगरपालिकाकी एक महिला कर्मचारीमाथि आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुखसहित दुई जनाले रातिको समयमा अभद्र व्यवहारको उजुरी परेको छ । नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिकाका भुवन पाण्डेले राति ड्युटीमा खटिएका महिला कर्मचारीमाथि मदिरा सेवन गरी अभद्र व्यवहार गरेको उजुरी परेपछि नगरपालिकाले आरोपित दुवैलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको छ । शुक्रवार राती करिब ११ बजे मदिरा सेवन गरी आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख पौडेल र भुवन पाण्डेले महिला कर्मचारीलाई यस्तो व्यवहार गरेको ती महिला कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन दिएकी छन्।…

लुम्बिनी प्रदेश जनस्वाथ्य प्रयोगशाला भवनको मुख्यमन्त्री चौधरीद्धारा उद्घाटन

स्वास्थ्यसमाचार /ग्लोवल फण्डको अनुदाद र सेभ द चिल्डेन्सको सहयोगमा रुपन्देहीको बुटवलमा प्रदेश जनस्वाथ्य प्रयोगशाला भवन निर्माण भएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार संरचना पछि निर्माण भएको आफ्नै भवनको सञ्चालनका लागि आवश्यक संरचना निर्माणका लागि सरकारले सहयोग गर्ने बताएका थिए । उनले निर्माण भएका भौतिक संरचना पूर्ण रुपमा सञ्चालन गर्नका लागि अन्य सहायक संरचना, भवन निर्माणको लागि प्रदेश सरकारले जहिले पनि सहयोग…

आँखा पाक्ने समस्याः लक्षण र बच्ने उपाय

स्वास्थ्यसमाचार/बच्चामा आँखा पाक्ने समस्या वर्षातको समयमा बढी देखिन्छ। आँखा पाक्ने रोगलाई कन्जनटिभाइटिस पनि भनिन्छ। भर्खरै जन्मेको बच्चादेखि १५ वर्षको उमेरसम्मका बच्चालाई आँखा पाक्ने समस्या बढी देखिन्छ। आँखा पाक्नुका विभिन्न कारण छन्। जस्तैः इन्फेक्सन ( ब्याक्टेरिया र भाइरस ) ले एलर्जी र आँखामा केमिकल परेर। तर, वर्षातको समयमा बच्चाको आँखा इन्फेक्सन र एलर्जीको कारणले धेरै पाक्ने गर्छ। आँखा पाक्दा अत्यधिक पीडा हुन्छ। यसका साथै आँखा चिलाउने, पोल्ने र बिझाउने हुनुका साथै रातो हुन्छ। ब्याक्टेरयिाले आँखा पाकेको छ भने आँखामा पहेंलो चिप्रा आउँछ। भाइरलले पाकेको हो भने आँखाबाट पानी धेरै आउँछ। ब्याक्टेरिया…