स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी सङ्घको आठौं केन्द्रीय महाधिवेशन पुस १० गते तिलोत्तमा ९, शङ्करपुरस्थित मदानी होटलमा आयोजना हुने भएको छ। महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ। महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको र प्रतिनिधिहरू आउने क्रम जारी रहेको स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सदस्य बिश्वबन्धु बिनयी ले बताउनुभयो। उहाँका अनुसार महाधिवेशनमा ६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागि हुनेछन् भने २५ सदस्य बराबर १ प्रतिनिधि रहने व्यवस्था गरिएको छ। बिनयका अनुसार पहिले सर्वसहमति मार्फत निर्णयमा पुग्ने प्रयास गरिने भएपनि नभएमा निर्वाचनमार्फत निर्णय गरिने छ। सङ्घले स्वास्थ्यकर्मी,…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल १२ वर्षमा ५ लाख बढीलाई सेवा
स्वास्थ्यसमाचार/ गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुस १० गतेदेखि आफ्नो १२औँ वर्षमा प्रवेश गर्दैछ। सोही अवसरको पूर्वसन्ध्यामा अस्पतालले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालले लुम्बिनी प्रदेश मात्र नभई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई समेत सेवा दिँदै आएको बताउनुभयो। उहाँका अनुसार हालसम्म ४२ जिल्लाका नागरिकले अस्पतालबाट प्रत्यक्ष स्वास्थ्य उपचार सेवा लिएका छन्। अध्यक्ष आलमका अनुसार अस्पतालले स्थापना यता हालसम्म मुटु, मिर्गौला तथा जनरल फिजिसियन सेवामार्फत ५ लाखभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिसकेको छ। उहाँले चालु आर्थिक वर्षमा मुटु…
नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीमा पदाधिकारी चयन
स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीमा पदाधिकारी तथा सल्लाहकार चयन गरिएको छ । संस्थाको मंगलबार बुटवलमा बसेको कार्यसमिति बैठकले कार्यमिति सदस्यहरुबाट पदाधिकारी चयन गरिएको हो । त्यसैगरी आजिवन सदस्यबाट सल्लाहकार मनोनयन गरिएको हो । संस्थाको वैधानिक व्यवस्था अनुसार खुल्ला उपाध्यक्षमा बाबुराम विश्वकर्मा र महिला उपाध्यक्षमा विना न्यौपानेलाई चयन गरिएको छ । त्यस्तै सचिव प्रजापाल गिरी, कोषाध्यक्षमा गुणनिधी खनाल, सहसचिवमा तेजनारायण अर्याल र सहकोषाध्यक्ष पदमा पुनम पौडेललाई चयन गरिएको संस्थाका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो । त्यसैगरी संस्थाका केन्द्रीय सदस्य मधुसुदन गैरे, निवर्तमान अध्यक्ष निर्मलप्रसाद लाकौल, सुरेन्द्रप्रसाद श्रेष्ठ, डा…
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ६ लक्षण, उपचार कसरी ?
क्यान्सरका विभिन्न प्रकारमध्ये धेरैजसो मुलुकमा फोक्सोको क्यान्सरको समस्या बढी देखिन्छ । पुरुषमा यो क्यान्सरलाई एक नम्बरको क्यान्सर भनेर चिनिन्छ, नेपालमा समेत यो लागू हुन्छ ।महिलाहरूमा भने फोक्सोको क्यान्सर तेस्रो स्थानमा छ । उनीहरू बढीजसो स्तन र पाठेघरको क्यान्सरबाट पीडित छन् । कुल क्यान्सरका रोगीमध्ये १५ देखि २० प्रतिशत फोक्सोको क्यान्सरका बिरामी छन् । कुन मुलुकमा धुमपानको सहज उपलब्धता र प्रयोग छ, त्यस अनुसार नै बिरामीको अनुपात देखिन्छ । युरोपका केही मुलुकमा फोक्सोको क्यान्सरका बिरामी केही बढी छन् । फोक्सोको क्यान्सरको ७५ देखि ८० प्रतिशत कारक धुमपान वा सुर्तीजन्य पदार्थको सेवन…
बुटबल सहित देशभर चिसो बढ्यो, स्वास्थ्य सावधानी कसरी अपनाउने
स्वास्थ्यसमाचार/ बुटबल सहित काठमाडौं तराईका अधिकांश भू–भागमा चिसो बढेको छ। बिहान र बेलुका कुहिरो लाग्ने, तापक्रम घट्ने तथा चिसो हावाको प्रभाव बढेसँगै सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। बढ्दो चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरेको चिकित्सकहरू बताउँछन्। चिसोका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन्। १. रुघाखोकी र ज्वरो चिसो हावा र तापक्रमको अचानक गिरावटले रुघाखोकी, ज्वरो तथा घाँटी दुख्ने समस्या बढ्छ। २. दम र श्वासप्रश्वास सम्बन्धी समस्या दम, ब्रोंकाइटिस तथा फोक्सोसम्बन्धी रोगीलाई चिसो मौसममा सास फेर्न कठिनाइ हुने जोखिम बढी…
फलफूल र तरकारीमा जथाभावी विषादी प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा
स्वास्थ्यसमाचार/फलफूल तथा तरकारी उत्पादन बढाउने नाममा जथाभावी किटनाशक विषादीको प्रयोग र त्यसको प्रभावकारी नियमन नहुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। पर्याप्त जानकारी र सचेतनाको अभावमा किसानले किटनाशकलाई औषधिको रूपमा प्रयोग गर्दा क्यान्सर, स्नायु रोग, हर्मोन असन्तुलनजस्ता गम्भीर रोगको जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ। छोटो समयमै उत्पादन र आम्दानी बढे पनि यसको अनियन्त्रित र अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा दीर्घकालीन क्षति पु¥याइरहेको विज्ञहरूको ठहर छ। रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को अवसरमा मंगलबार आयोजित…
मानिसले सुत्नु भन्दा अघि गर्न नहुने ७ गल्तीहरु
मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समामना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीको विषयमा चर्चा गरिएको छ । १ रातिमा खाने खाने वित्तिकै सुत्नु हुँदैन । यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ । यसले पाचन प्रणालीमा समेत समस्या हुने गरेको छ। २ खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १देखि२ घण्टा…
प्रेरणा परियोजनाको वार्षिक समीक्षा वैठक भैरहवामा सम्पन्न
स्वास्थ्यसमाचार/ रुपन्देहीका ११ वटै पालिकामा कार्यरत प्रेरणा परियोजनाको वार्षिक समीक्षा बैठक भैरहवामा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा तथा इन्द्रेणी ग्रामीण विकास केन्द्र र FAIRMED फेयर फाउन्डेसन नेपालद्वारा सञ्चालित प्रेरणा परियोजनाको समीक्षा गरिएको हो। जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापाईको अध्यक्षतामा सम्पन्न समीक्षा बैठकमा मायादेवी गाउँपालिकाका अध्यक्ष धुर्बनारायण चौधरी, मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई, सम्मरीमाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी प्रियंका शाही सिंह तथा स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमादेवी थापाको आतिथ्यता रहेको थियो। समीक्षा कार्यक्रममा प्रेरणा परियोजनाका जिल्ला संयोजक किरण श्रेष्ठले रुपन्देही जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्य…
सियारीमा स्वयम्–हेरचाह समूह मार्फत आत्मनिर्भर बन्दै हात्तिपाइले र कुष्ठ प्रभावित समुदाय
स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकामा हात्तिपाइले, कुष्ठरोग प्रभावित तथा अति विपन्न समुदायलाई लक्षित गरी गठन गरिएको स्वयम्–हेरचाह समूहले आत्मनिर्भरतातर्फ उल्लेखनीय काम गरिरहेको छ। प्रेरणा परियोजना र सियारी गाउँपालिकाको सहकार्यमा करिब तीन वर्षअघि सुरु गरिएको यस समूहका पदाधिकारी तथा सदस्यहरू पशुपालन र मत्स्यपालनमार्फत जीविकोपार्जनमा आत्मनिर्भर बन्दै गएका छन्।स्वयम्–हेरचाह कृषि समूहअन्तर्गत महिलाहरूले माछापालन, कुखुरा, हाँस, बाख्रा तथा भैँसीपालन गर्दै आम्दानीको स्रोत विकास गरेका छन्। परियोजनाले बीउ पूँजीस्वरूप ७० हजार रुपैयाँ र गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग गरी जम्मा १ लाख ७० हजार रुपैयाँको कोष स्थापना गरिएको थियो। सो कोषबाट समूहका सदस्य महिलाहरूलाई आवश्यकताअनुसार रकम…
रुपन्देहीमा प्रेरणा परियोजनाको जिल्ला स्तरीय अनुगमन
स्वास्थ्यसमाचार/ प्रेरणा परियोजनाको जिल्ला स्तरीय अनुगमन सम्पन्न भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रहेको एनटीडी (Neglected Tropical Diseases) युनिट तथा सियारी गाउँपालिकामा हात्तिपाइले, कुष्ठरोग प्रभावित र अति विपन्न समुदायलाई लक्षित गरी गठन गरिएका स्व–हेरचाह समूहमार्फत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको अनुगमन गरिएको हो। अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाई, स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापा, इन्द्रेणी ग्रामीण विकास केन्द्रकी उपाध्यक्ष चेतना थापा, सल्लाहकार बिष्णु गौतम, स्वास्थ्यसमाचार अनलाइनका सम्पादक चन्द्रकान्त खनाल, प्रेरणा परियोजनाका टिम लिडर राजेन्द्र रुचाल, जिल्ला परियोजना संयोजक किरण श्रेष्ठ, टेक्निकल अधिकृत अपार शर्मा लगायतको टोली सहभागी थियो।…

