विद्यार्थी घट्दै, प्राविधिक शिक्षाको गुणस्तर सुधार्न मर्ज आवश्यक

स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) लुम्बिनी प्रदेशको आयोजनामा शिक्षालयहरुमा कार्यक्रम कार्यान्वयन तथा परीक्षा प्रणाली सवलीकरणका लागि प्रदेशस्तरीय व्यवस्थापन समीक्षा गोष्ठी सुरु भएको छ । कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय बुटवल तामनगरमा बिहिवारदेखि सुरु भएको दुई दिने समीक्षा गोष्ठीको उद्घाटन गर्दै सिटिइभिटीका सदस्य सचिव ई.महेश भट्टराईले प्राविधिक शिक्षालयहरुमा विद्यार्थी संख्या घटिरहेको अवस्थामा शिक्षालय मर्ज र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने धारणा राखे । ‘व्यवसायिक शिक्षा भनेको साधारण शिक्षा जस्तो सर्टिफिकेट प्राप्त भएर स्वरोजगार हुने शिक्षा होइन, संस्था स्थापना गरेर विद्यार्थी भर्ना गर्ने तर बजारमा त्यसअनुसारका रोजगारीका अवसर सिर्जना गर्न नसक्दा समस्या…

भीम अस्पतालकी मेसु डा. वर्षा थापाद्वारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/  रुपन्देहीको भैरहवास्थित भीम अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. बर्षा थापाले पदभार ग्रहण गर्नु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा सरुवा भएकी डा.थापाले बिहिबार पदभार ग्रहण गर्नु भएको हो । एक कार्यक्रमकाबीच उनलाई अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वागत तथा सम्मान गर्नु भएको हो । कार्यक्रममा बोल्दै डा. थापाले आफूले यसअघि सबैको साथ र सहयोग वाट अघि बढने बताउनु भयो ।उहाले अस्पतालको विकास र जनतालाई कसरी राम्रो सेवा दिने भन्नेतर्फ लागिपर्ने वताउनु भयो । अस्पताल विकास समितिका अध्यक्ष…

स्वास्थ्य सचिव श्रेष्ठद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको सेवा स्थिति, प्रगति तथा चुनौतीबारे स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठसँग विस्तृत छलफल गरिएको छ। अस्पतालका प्रमुख डा. इन्द्र ढकाल, प्रशासन प्रमुख प्रेम गौतम, नर्सिङ प्रमुख नेहा थापा बिभागीय प्रमुखहरू लगायत जिम्मेवार अधिकारीहरू को उपस्थितिमा भएको छलफलमा अस्पतालले प्रदान गर्दै आएको सेवा, जनशक्ति व्यवस्थापन, टेलिमेडिसिन तथा आई.सी.यु. सेवाको अवस्थाबारे जानकारी प्रस्तुत गरिएको थियो। छलफलमा नर्सिङ जनशक्ति न्यून हुनुले सेवामा समस्या र टेलिमेडिसिन सेवालाई अझ सुदृढ बनाउन आवश्यक सुधारका प्रस्तावहरू राखिएका थिए। विभागीय प्रमुखहरूको भनाइ अनुसार, अस्पतालमा उपचार गर्न आउने बिरामीहरु मध्ये ६० प्रतिशत बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा…

अनावश्यक एन्टीबायोटिक प्रयोग स्वास्थ्यमा संकट : स्वास्थ्य सचिव श्रेष्ठ

स्वास्थ्यसमाचार/स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले एन्टीबायोटिकको प्रयोगले स्वास्थ्यमा गम्भीर संकट सिर्जना गर्न सक्ने वताउनु भयो उहाँले भन्नुभयो, “प्रतिजैविकको गलत वा अनियन्त्रित प्रयोगले औषधि प्रभावकारिता गुमाउने मात्र होइन, भविष्यका पुस्ताका स्वास्थ्यमा समेत जोखिम ल्याउँछ।” , स्वास्थ्य क्षेत्रमा मात्रै सक्रिय भएर प्रतिजैविकको प्रयोग नियन्त्रण गर्न सकिँदैन, प्रत्येक व्यक्ति र समुदायले सचेत रहन आवश्यक छ। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह समापनको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजना गरिएको अन्तरक्रियामा वोल्दै सचिब श्रेष्ठले दिन–प्रतिदिन मानवीय तथा जनावारहरुको स्वास्थ्यमा समेत औषधिको प्रभाव कम हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै यसका लागि हरेक व्यक्तिलाई सचेत गराउन आवश्यक…

लुम्बिनी प्रादेशिक अस्पताललाई ‘टिचिङ हस्पिटल’ का रूपमा विकास गर्नु आवश्यक: स्वास्थ्यमन्त्री डा. शर्मा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले “संघीय सरकारले लुम्बिनी प्रादेशिक अस्पताल जस्ता ठूला अस्पतालहरूको संरचनालाई चिकित्सक उत्पादन गर्ने ‘टिचिङ हस्पिटल’ का रूपमा विकास गर्ने हो भने, देशभर मेडिकल कलेज थप खोल्दै जानुपर्ने आवश्यकता नरहने बताउनु भयो । स्वास्थ्य क्षेत्रको लागी दिगो स्वास्थ्य प्रणालीको यही मार्ग रहने बताउनु भयो। लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन भ्रमणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम यस्तो बताउनु भयो । उहाले लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदान भइरहेका सेवा तथा जनशक्ति व्यवस्थापनबारे प्रत्यक्ष रुपमा जानकारी लिनुभयो। उहाँले बैठक कक्षमा राखिएको विवरण हेर्दै अस्पताल…

स्वास्थ्य मन्त्री डा. शुधा शर्माद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले आज लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको छ । जुकाको औषधी खुवाउने राष्ट्रिय अभियानको उद्घाटनका लागि कपिलवस्तु पुग्नु भएका मन्त्री शर्माले सोही क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पनि निरीक्षण गर्दै अस्पतालका सेवा–सुविधा तथा विस्तारका योजनाबारे जानकारी लिनुभयो। निरीक्षणपछि मन्त्री शर्माले बालबालिका तथा किशोर किशोरीमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने उद्देश्यले टेलिमेडिसिन मार्फत मानसिक रोगहरूको विशेषज्ञ परामर्श तथा उपचार कक्ष संचालनमा आएको जानकारी दिनुभयो।जन्मजात वा जन्मपछि १९ वर्षसम्म देखापर्ने सबै प्रकारका मानसिक स्वास्थ्य समस्या वा मानसिक रोगहरूको परामर्श तथा उपचार सेवा लुम्बिनी…

मयुर बचत सहकारी संस्था, भैरहवाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ मयुर बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थनगर भैरहवाद्धारा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तथा सिनपा वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले सहकारी संस्थाहरु छरिएर रहेको बचतलाई उत्पादकत्वमा योगदान दिएर राष्ट्र निर्माणमा नै टेवा पु¥याएकोले अब रक्तदान जस्तो पवित्र कार्यलाई निरन्तरता दिइ रगतको अभाव हुन नदिएर विरामीको ज्यान जोगाउने कार्यमा…

सर्वोच्चको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थुनामुक्त

स्वास्थ्यसमाचार/ मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।सर्वोच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो ।

डा.वर्षा थापालाई भीम अस्पतालको मेसुको जिम्मेवारी दिने सरकारको निर्णय

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यतका(देउखुरी)मा सम्पन्न बैठकले भीम अस्पतालमा सरुवा भएका कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै बैठकले  उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९ को अधिकार प्रयोग गरी पदेश सरकारले बाधा अड्काउ फुकुवागरी निर्देशनालयले गर्नुपर्ने अत्यावश्यक कार्य निर्देशनालय गठन नभएसम्मकालागि उद्योग,…

दाङमा ट्रमा सेन्टर निर्माण कार्यको अनुगमन,छिटो सक्न मन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/ दाङमा दुई वर्षअघि निर्माणको काम सम्पन्न हुनुपर्ने ट्रमा सेन्टर निर्माणको काम अझै सकिएको छैन । आगामी जेठ अन्तिम साता निर्माणको सबैकाम सक्नेगरी अहिले ट्रमा सेन्टरको पूर्वाधारको काम चलिरहेको छ । लुम्बिनी प्रदेश सरकारले निर्माणकार्य चाँडो सम्पन्न गर्न निगरानी बढाएको हो । सरासर काम भएको भए दुई बर्ष अघिनै ट्रमा सेन्टरको भौतिक निर्माणको काम सकिने थियो । तर, निर्माण कम्पनीसंग सम्झौता भएपनि ढिलोगरी काम सुरु भएकै कारण चालु आर्थिक बर्षको जेठ अन्तिम भित्र काम सम्पन्नगर्नेगरी निर्माणको काम अहिले चलिरहेको हो । हिजोआज दैनिक ५० जना भन्दा बढी श्रमिक भवन निर्माणको…