दाङ/घोराही उपमहानगरपालिका सैघाकी निर्मला पुनले स्वास्थ्य स्वयंसेविकाको काम गर्न थालेको २० बर्ष भयो। गाउँघरमा हुने महिला सुत्केरी लगाएको स्वास्थ्य हेरचाह सँगै गर्भवतीहरूको स्याहार सुसारमा लागेको दुई दशक बिताएकी पुन यो जिम्मेवारी निशूल्क सरह गर्दै आएकी छिन्। भन्छिन् ‘राज्यले हामीलाई केही दिँदैन।’ तथापि सामाजिक सेवा भावले यो क्षेत्रमा लागेकी उनलाई यो जिम्मेवारीबाट विमुख हुन मनले मान्दैन। २०६१ साल देखि महिला स्वास्थ्य स्वयंसेविका बनेर ग्रामीण भेगको स्वास्थ्य निगरानी गर्दै आएकी उनले बैठक भत्ता बापत जम्मा ८० रुपैयाँ पाउँथिन्। उनको मासिक सेवा सुविधा केही थिएन। अहिले उनले पाउने सेवा सुविधा भनेकै त्यही बैठक…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
राष्ट्रिय खोप तालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप समावेश
स्वास्थ्यसमाचार/राष्ट्रिय खोप तालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी भ्याक्सिन’ समावेश गरिएको छ। एचपीभी खोपले पाठेघरको क्यान्सरबाट बचाउन सहयोग गर्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ। सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो। ११ वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपीभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ।राष्ट्रिय…
निजी अस्पतालले पनि सरकारी सरह तलब दिनुपर्ने स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमान्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तिमा नेपाल सरकारसरह लागू गर्न पत्र पठाएको छ। स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी तलबभन्दा कम नगर्न तथा अतिरिक्त समय काम गर्नेका लागि भत्ता व्यवस्था मिलाउने गरी निर्णय गर्न अधिकारीहरूलाई भनेका थिए। सोहीअनुसार मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी अस्पतालका नाममा पत्राचार गरेको हो। मन्त्रालयको पत्रमा न्यूनतम पारिश्रमिक तथा सुविधा नेपाल सरकारले तोकेभन्दा नघट्ने गरी…
एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यदी कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गर्नुभयो । त्यस्ता सूचना प्राप्त भएमा यस मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्सट्विटर, मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने उहाँले जानकारी गराउनुभयो । आज स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल देशका विभिन्न स्थानमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको उल्लेख गरेको छ । प्रवक्ता डा…
लगानी व्यवस्थित नहुँदा स्वास्थ्य क्षेत्रमा काम हुन सकेन: स्वास्थ्यमन्त्री पौडेल
काठमान्डौ/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन्। स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन। उनले स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकेको समेत बताए। उनले स्वास्थ्य क्षेत्रमा लगानी पनि आवश्यकतानुसार हुन नसकेको र भएको लगानीलाई पनि व्यवस्थित गर्न नसकेको बताए। नागरिकको स्वास्थ्य सरकारको पहिलो दायित्व भएको भन्दै स्वास्थ्यको दायित्वबाट सरकार विमुख हुन नमिल्ने उल्लेख गरे। स्वास्थ्य क्षेत्रका संरचना र जनशक्तिलाई पनि व्यवस्थित गर्न आवश्यक रहेको बताए। स्वास्थ्यमन्त्री…
वैज्ञानिकले बनाए एचआईभीविरुद्धको खोप, ९६ प्रतिशतसम्म प्रभावकारी
वासिङ्टन / एचआईभी ९ह्युमन इम्युनोडेफिशियन्सी भाइरस० एक धेरै खतरनाक भाइरस हो। डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको उपचार खोजी गरिरहेका छन्। हालै वैज्ञानिकहरूले यस विषयमा ठुलो उपलब्धि हासिल गरेका छन्। उनीहरूले एचआइभी सङ्क्रमण रोक्ने खोप बनाएका हुन् । एचआईभी सङ्क्रमण रोक्न यो खोप ९६ प्रतिशतसम्म प्रभावकारी रहेको वैज्ञानिकहरूले बताएका छन् । यो सुईको नाम लेनाकापाभिर हो। वैज्ञानिकहरूका अनुसार यो खोपको एक वर्षमा दुई डोज लगाएमा व्यक्ति एचआइभी सङ्क्रमणको जोखिमबाट पूर्णरुपमा सुरक्षित रहनेछ । अमेरिकी बायोफार्मास्युटिकल कम्पनी गिलियडद्वारा जारी गरिएको र न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तथ्याङ्क अनुसार लेनाकापाभिर खोप…
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत अब क्रिमसन अस्पतालमा
स्वास्थ्यसमाचार/मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डा. शक्ति बस्नेतले अब क्रिमसन अस्पतालबाट सेवा प्रवाह गर्ने भएका छन् । यही पौष ३ गतेबाट हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म क्रिमसन अस्पतालमा डा.बस्नेतलाई भेटेर मृगौला सम्बन्धि रोगका विषयमा सेवा तथा परामर्श लिन सकिनेछ । अत्याधुनिक सेवा प्रवाह तथा दक्ष चिकित्सकहरुलाई नियुक्त गरेर आफुलाई यस क्षेत्र मै अब्बल बनाउदै आएको क्रिमसनले यही पौष ३ गतेबाट भने डा. बस्नेतलाई नेप्रो अर्थात मृगौला सम्बन्धि समस्याको उपचार र रोग निदानका हेतुले नियुक्ति गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । बस्यालले स्थानीयलाई सर्वसुलभ स्वास्थ्य…
स्वास्थ्य मन्त्रालयले शुरु गर्यो गुनासो सम्वोधन गर्न ‘हेल्लो हेल्थ’ सेवा
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्वोधन गर्न ‘हेल्लो हेल्थ’ सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्वोधन गर्न एकाइ स्थापना गर्ने मन्त्री स्तरीय निर्णयपछि ‘हेल्लो हेल्थ’ स्थापना भएको हो । नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौं, मन्त्री पौडेलले भने, तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला ।अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् ।…
लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर: शल्यक्रिया क्षमता दर ३३ प्रतिशतले वृद्धि
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बिस्तारीत अस्पताल सेवा अन्तरगत प्रसूति सेवाका लागि छुट्टै अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएपछि अब हप्ताको सातै दिन प्रसुती सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले वताए। सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको ढकालले जानकारी दिए । छुट्टै थिएटर सञ्चालनसँगै प्रसुती सेवा थप गुणस्तरीय र सहज हुने उनले दाबी गरे । यसैगरी प्रसूतिका लागि छुट्टै थिएटर बनेपछि…
शुद्धोधनको खडवा बनगाई स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा ग्रामीण गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रम खडवा बनगाई स्वास्थ्य चौकीमा आइतबार एक समारोहबीच सम्पन्न भएको छ। उक्त कार्यक्रममा ग्रामीण क्षेत्रका गर्भवती महिलाको अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउनको लागि यो सेवा सञ्चालन गरिएको शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो । गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र जटिल अवस्था देखिए समयमै पहिचान गरी आमा र शिशुको स्वास्थ्य अवस्था समाधान गर्न यो सेवाले टेवा पुग्ने बताउदै शुभारम्भकै दिन २२ जना गर्भवती महिलाहरुले सेवा लिएको खडवा बनगाई स्वास्थ्य चौकीका प्रमुख…