अन्य स्वास्थ्य जस्तै मुख तथा दाँत स्वास्थ्यको पनि ख्याल गरौं

हाम्रो शरिरमा रहेका अन्य सम्पुर्ण अंग हरुको जति महत्व रहेको छ । तेतीनै महत्व मुख तथा दाँतको रहेको छ । त्यसै कारणले मुख तथा दाँतको स्वास्थ्यमा सचेत रहनु र जानकारी लिनु आबश्यक मानिन्छ ।

मुख तथा दाँत ले ब्यक्तिको स्वास्थ्यमा मात्र नभएर उसको सौन्दर्यतामा समेत टेबा पुराएको हुन्छ । दाँत सफा र मजबुत भएमा ब्यक्तिले बुढ्यौलीको महशुस कम गर्दछ । किनकि उसको खानपान मा सहजता बोलीमा सहजता र सुन्दरतामा समेत दाँतले महत्व पुर्ण भुमिका खेलेका हुन्छन् ।

दाँत मुखमा टम्म मिलेर रहेको अबस्थामा ब्यक्तिको बोलीमा स्पष्टता रहन्छ । भने दाँत टम्म मिलेर रहेका ब्यक्तिको स्वास को गन्ध पनि कम आउने अर्थात गन्ध नआउने गर्दछ । किनकि दाँत टम्म मुखभरी रहेका ब्यक्तिले दैनिक साँझ बिहान खाना पछि ब्रस गर्दछ । यसरी दैनिक दुई पटक ब्रस गर्ने बानीले ब्यक्तिको मुख तथा दाँतको स्वास्थ्यमा खराबी आउँदैन ।

भएको समस्यामा सकरात्मक परीबर्तन आउने गर्दछ । र ब्यक्तिको सम्पुर्ण स्वास्थ्यमा समेत सकरात्मक परिवर्तन आउदछ । त्यसकारणले मुख तथा दाँतको स्वास्थ्यको बारेमा जानकारी लिनु अत्यन्तै आबश्यक र महत्वपुर्ण मानिन्छ ।

नेपाली उखानै छ “जसको दाँत बलियो उसको आँत बलियो दाँत लाई खानेकुरा टुक्रा पार्ने औजारको रुपमा पनि बुझन सकिन्छ । त्यसैले पनि मानिसको आँत बलियो अथवा शरिरलाई नै मजबुत बनाउन दाँतलाई जोगाउनु निकै महत्वको साथ हेरिन्छ ।

दाँत मुख्य गरेर २ प्रकारका हुन्छन् ।

१.प्राथमिक अर्थात अस्थाई वा दुधे दाँत: यिनीहरु २० बटा हुन्छन । केटाकेटीमा ६ महिनाको उमेर देखी २४ महिना सम्ममा देखापर्दछन ।
२. द्वितीय वा स्थाई दाँत: यिनीहरु ३२ बटा हुन्छन । यी दाँतहरु करिब ६ बर्षको उमेरदेखि २४ बर्ष भित्रमा सबै आई सक्छन । अस्थाई दाँत हरु भएको ठाँउमा क्रमश यि दाँतहरु प्रति स्थापित हुन्छन ।

मुख तथा दाँतको स्वास्थ्यलाई कसरी ध्यान दिन सकिन्छ ।

हरेक ब्यक्तिले आप्mनो मुख तथा दाँतलाई सफा राख्न दाँतलाई बलियो र मजबुत बनाउनको लागी हरेक दिन साँझ र बिहान खाना खाई सकेपछि अनिवार्य रुपमा प्mलोराईड युक्त दन्त मन्जन र नरम खालको ब्रसले कम्तिमा २ मिनेट सम्म मुखमा रहेका सम्पुर्ण दाँतमा ब्रसले हुनेगरी नियमित ब्रस गर्नुपर्दछ ।

हामीले खाएको खानाका केही अंसहरु दाँतको छिद्र भागमा अडिएर रहेका हुन्छन । यसरी अडिएर रहेका खानाका केही अंसहरु दाँत तथा मुखमा सड्रनगई त्यहाँ बाट दाँतको दुखाइको सुरुवाती हुन थाल्दछ । यही दुखाई लाई हामी दाँतमा किरा लागेर दुखाई भएको भन्ने चलन छ । तर बास्तबमा यो किरा नभै दाँतमा सडेको खानाको कारणबाट उब्जिएको दुखाई हो ।

यसलाई हामी तत्काल दन्तरोग बिशेषज्ञ लाई भेटेर यसबारे सल्लाह लिईएन भने यसले विकराल रुप लिन सक्दछ । त्यसकारणले दाँत तथा मुखको स्वास्थ्यलाई सकारात्मक रुपमा जोगाएर राख्नको लागी हरेक दिन साँझ र बिहान खाना खाई सकेपछि नियमित ब्रस गर्ने र दाँत तथा मुख सम्बन्धि केही थप समस्याहरु आई लागेमा तुरुन्त दन्तरोग बिशेषज्ञ लाई भेटी परामर्श लिने र आबश्यक भएमा उपचार गर्ने कार्य मा बिशेष ध्यान दिनु अनिवार्य मानिन्छ ।

जब बच्चा ६ महिनाको उमेरमा लाग्दछ त्यासपछि उसका दाँतहरु पलाउन थाल्दछन । यस समयपछि उसका दाँतलाई जोगाउन तथा मजबुत राख्न बच्चालाई गुलियो पदार्थ बडिमात्रमा खानमा रोक लगाउनु पर्दछ । यदी बच्चाले गुलियो चिजको सेबन गरेको छ भने तुरुन्त उसको मुख तथा दाँतलाई सफा गर्न लगाउने बानी बसाल्नुपर्छ । हरेक दिन साँझ र बिहानको खाना पछि नियमित रुपमा नरम ब्रस र प्mलोराईड युक्त दन्त मन्जनले दाँत माभ्mन लगाउने बानी अभिभावक बाट बसाल्नु पर्दछ ।

बच्चाका अस्थाई दाँत हरुलाई झर्ने समय अगावै केही खराबी आयो भन्दैमा उखेलिदिने कार्य गर्नु हुदैन । त्यसै गरी झर्ने समए आएको दाँतलाई हल्लिई सकेपछि दन्तरोग बिशेषज्ञ कहाँ गई सुरक्षित साथ निकालिदिनु पर्दछ । किनकि समय अगावै निकाल्दा स्थाई दाँत प्रति स्थापित हुने स्थानमा रोकबाट आउन सक्दछ ।

त्यसैगरी ढीला समय सम्म निकाल्न रहेमा साइडमा दाह्रा पलाई थप समस्या निम्तिन सक्दछ । त्यसैले बच्चा होस वा वयस्क जो सुकै मा पनि दाँत वा मुखको स्वास्थ्यमा नियमित दिनको २ पटक ब्रस र समय समयमा चेकजाँच र समस्याको हल गर्न दन्तरोग बिशेषज्ञ वा स्वास्थ्यकर्मी सँगको परामर्श तथा भेटघाट बाटेमात्र उक्त समस्याको सहिरुपमा समाधान गर्न सकिन्छ । भन्नमा कुनै अतियुक्ति नहोला । लेखक भोजराज पोख्रेल . स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुनुहुन्छ ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :