स्वास्थ्यसमाचार /लुम्बिनीका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले एण्टिबायोटिक औषधीहरूको जथाभावी प्रयोगले निकट भविश्यमा मानव स्वास्थ्यमा गंभीर असर देखापर्ने बिश्व स्वास्थ्य संगठनको निष्कर्ष रहेको बताए । दाङको राप्ती गाउँपालिका–५ सिसहनिया भएको कार्यक्रममा मन्त्री मगरले मेरो स्वास्थ्य–मेरो जिम्मेवारी सम्झेर नागरिकहरुको स्वास्थ्यमाथि ख्याल गरेर मात्र एण्टिबायोटिक औषधीहरूको प्रयोग गर्न आग्रह गरे । उनले एण्टिबायोटिक्स प्रयोग गर्ने हुन्न भन्ने मान्यता होईन तर मेडिकल र फार्मेसिहरुबाट आम नागरिकहरुले डाक्टरको सिफारिस विना जथाभावि प्रयोग गर्नाले मानव शरिरमा गंभीर प्रकारका समस्याहरु देखापर्ने गरेको वताए । स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले बिश्व स्वास्थ्य संगठनको तथ्यांक बमोजिम नेपालमा २८ प्रतिशत मानिसहरुले…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत रु एक लाख दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई रु एक लाख थप गरी रु दुई लाख उपलब्ध गराउने निर्णय गर्नुभएको हो । अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको रु ५० हजारमा मन्त्रालयले रु २५ हजार थप गरेर रु ७५ हजार पु-याएको छ । उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी सहमति दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेल…
निरोगीताकोलागि योग र प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरीः मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग र प्राकृतिक चिकित्सा रोग निवारणको लागि मात्र नभई स्वास्थ्य प्रवद्र्धन र जीवनशैली सुधारका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ । सैनामैना नगरपालिका–१ मा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको समग्र स्वास्थ्य सुधारमा योगदान पु¥याउन योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनु भएको हो । निरोगी प्रदेशवासी अभियानलाई सफल बनाउन योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरी रहेको भनाई उहाँको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सबैको…
स्वास्थ्य मन्त्री पौडेल गाभीको बोर्ड मिटिङमा सहभागी हुन बाली जाने जाने
स्वास्थ्यसमाचार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल मंसिरको तेस्रो साता इन्डोनेशियाको बाली जाने भएका छन् । आगामी १९ र २० मंसिरमा बालीमा हुने गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेसन) को डिसेम्बर २०२४ बोर्ड बैठकमा सहभागी हुन त्यस तर्फ जाने भएका हुन् । विहीबारको मन्त्रिपरिषद् बैठकले सरकारलाई थप आर्थिक व्यहभार पर्ने गरी सो बैठकमा सहभागी हुनका लागि स्वास्थ्य मन्त्री पौडेललाई स्विकृत प्रदान गरिसकेको छ ।गाभी नेपालको खोप कार्यक्रममा सबैभन्दा ठूलो सहयोगी संस्था हो । सन् २०१४ – १५ तिर तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारी नेपालका तर्फबाट गाभी बोर्डमा सदस्य थिए…
प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न स्वास्थ्यमन्त्री सारुको आग्रह
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आग्रह गरेका छन् । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२४ का अवसरमा शुभकामना सन्देश दिँदै प्रतिजैविक औषधिको न्यूनीकरणका लागि सबैलाई आग्रह गरेका हुन् । स्वास्थ्यमन्त्री सारुले प्रतिजैविक प्रतिरोधका विषयमा सबै तहमा सचेतना, जागरण तथा पैरवी गर्न आवश्यक रहेको समेत वताए । सन्देशमा उनीहरूले नेपाल जस्तो संक्रामक रोगहरूको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपक्षी र बोटबिरुवाका सङ्क्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधिको मुख्य भूमिका रहेको भन्दै विश्वव्यापी रूपमा वृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण बहुमूल्य प्रतिजैविक औषधिको क्षमता घट्न गई…
स्वास्थ्यमन्त्री संग स्वीट्जरल्यान्डका राजदुतकाे भेटवार्ता, १२ जिल्लामा मानसिक स्वास्थ्य र मनाेसामाजिक सेवा विस्तार गर्न पहल
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनाेसामाजिक रणनीतिक कार्ययाेजना पारित गरेर कार्यान्वयन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयमा शुक्रबार प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले रणनीतिक याेजना पारित गरेर कार्यान्वयन गरिने जानकारी दिए । स्वीट्जरल्यान्डका राजदुत डानियल मेउल्ली मोन्टेलोनेको प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा मानसिक स्वास्थ तथा मनाेसामाजिक समस्यालाई समाधान गर्नेगरी प्रदेश सरकारले बनाएकाे रणनीतिक याेजना कार्यान्वयन गरिने जानकारी दिइएको छ । हाल स्वीस सरकारको सहयोगमा बर्दिया जिल्लाको ४ वटा पालिकामा द्वन्द्व प्रभावितहरुलाइ लक्षित गरेर मनोसामाजिक परामर्श र समुदायको समावेशीकरण परियोजना सञ्चालन…
बैंकहरुसँग बुटवल हस्पिटल प्रा.लि.को उपचार सम्झौता
स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो बजार प्रवद्र्धन अभियान अन्तरगत बैक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यलाई अघि बढाएको छ । हस्पिटलले कुमारी बैक लिमिटेड र लक्ष्मी विकास बैक संग उपचार सहकार्यमा हस्ताक्षर गरेको छ । एक समारोहका वीच बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले हस्ताक्षर गर्नु भयो । अस्पताल र बैंकहरु वीचको सहकार्यले दुवै पक्षको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो अवसरमा अध्यक्ष पौडेलले उपचारका लागि बुटवलबाट बाहिर जान नपर्ने अवस्थाको श्रृजनाका लागि अस्पताल लागि परेको बताउनु भयो । उहाँले सबैको सहयोगले मात्र बुटवललाई मेडिकल हवका रुपमा चिनाउन…
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
स्वास्थ्यसमाचार/तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयता अनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा यसले संघीयता अनुरुप कर्मचारीको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री पौडेलले ऐन ल्याउनका लागि प्रक्रिया अघि बढाउने उद्देश्यका साथ मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेका थिए । हालसम्म अघि बढ्नै नसकेको नयाँ ऐन ल्याउने प्रक्रिया मन्त्री पौडेल नेतृत्वमा आए पछि अघि…
स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०८१ कार्यान्वयनमा
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८(पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार र मृगौला प्रत्यारोपण गर्ने बिरामीहरुको सुविधाका लागि सिफारिस दिन थालिएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकैलागि स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको, यसबाट बिरामी र तिनका परिवारका सदस्यहरुलाई सहज भएको बताउनु भएको छ । सेवा प्रवाहलाई सरल र चुस्त बनाउनेगरी प्रदेश मन्त्रिपरिषद बैठकबाट स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) लाई पारित गर्ने निर्णय गरेको थियो…
तोकिए भन्दा बढी शुल्क लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए । कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरे पछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका थिए ।मन्त्री पौडेलले चासो लिए पछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो । मन्त्रालयले पठाएको पत्रमा आफ्ना…