स्वास्थ्यसमाचार/तानसेनको भुसालडाँडास्थित युनाईटेड मिसन अस्पतालले अत्याधुनिक १६० स्लाइस सिटिस्क्यान सेवा सुरु गर्न लागेको छ। हालै अस्पतालले कार्डियाक सेवा सहितको सिटिस्क्यान मेसिन खरीद गरी जडान गरेको हो। अस्पतालकी निर्देशक डा. रचेल कारखका अनुसार, आगामी दुई साताभित्र बिरामीहरुका लागि सेवा सुरु हुने छ। ‘सम्भवत: आउँदो शुक्रबार हामीले सिटिस्क्यान मेसिनको उद्घाटन गर्नेछौँ। त्यसपछिको एक हप्ता प्राविधिक काम र तालिमका लागि समय लाग्ने छ। त्यसपछि सेवा प्रदान गर्नेछौँ,’ उनले भनिन्। डा. कारखले बताइन् कि मुटुका बिरामीहरुलाई अहिले क्याथल्याब सुविधा नभएको भए पनि, यो सिटिस्क्यान मेसिनले मुटुजन्य समस्या पहिचान गर्न मद्दत गर्नेछ। समस्या पहिचान भएमा…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
नर्सिङ क्षेत्रमा बढ्दो चुनौती : सेवा, सम्मान र स्थायित्वको सङ्घर्ष
स्वास्थ्यसमाचार /रातको साढे दुई बजेको समय । अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीको चिच्याहट, अक्सिजनको आवाज र नर्सहरूको हतारोको बीचमा नर्स सरिता (नाम परिवर्तन) अझै पनि मुस्कुराउँदै बिरामीको हात समाइरहेकी छन् । उनी भन्छिन्, “हामी १२ घण्टा सिफ्टमा उभिन्छौं, कहिलेकाहीँ त खाना खान पनि फुर्सद हुँदैन । तर हाम्रो सेवा देख्ने कोही छैन ।” यो कथन हजारौं नेपाली नर्सहरूको साझा आवाज हो – समर्पणले भरिएको, तर सम्मान र सुरक्षाको खोजीमा संघर्षरत आवाज । नर्सिङ क्षेत्र नेपालमा स्वास्थ्य सेवाको मेरुदण्ड हो । बिरामीको हेरचाहदेखि उपचार, परामर्श र पुनस्र्थापनासम्म, नर्सहरूको भूमिका अनिवार्य छ ।…
बालरोग विशेषज्ञ डा. रानासहित विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको नवजात शिशु तथा बाल स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. नेत्र राना र स्वास्थ्य पत्रकारिता क्षेत्रमा सक्रिय स्वास्थ्य समाचार अनलाइनका सम्पादक चन्द्रकान्त खनाललाई सम्मान गरिएको छ। स्वास्थ्य पत्रकारितामा निरन्तर सक्रिय रहँदै समाजमा सत्य, निष्पक्ष र जिम्मेवार समाचार सम्प्रेषण गरी जनचेतना अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ र स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशलाल चौधरीले सम्मान गरेका हुन्। यस्तै, स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर कुमार था, विद्यालय नर्स लक्ष्मी रोकाय, भिम अस्पतालकी…
इच्छा अनुसार होइन, जिम्मेवारी अनुसार काम गरौं : स्वास्थ्यमन्त्री सारु
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खिमबहादुर सारुले स्वास्थ्य क्षेत्रमा काम नगर्ने र कागजपत्र मात्रै बनाउने प्रवृत्ति बढ्दै गएको बताउनु भएको छ ।स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा भएकोे प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री सारुले यस्तो बताउनु भयो । भालुवाडमा भएको समीक्षामा बोल्दै मन्त्री सारुले निर्वाचन वाट आएका जनप्रतिनिधि र लोक सेवा आयोगबाट आएका कर्मचारीप्रति जनतामा असन्तुष्टि देखिएको उल्लेख गर्दै सेवाग्राही मैत्री व्यवहार अपनाउन आग्रह गर्नु भयो ।उहाँले नेता मन्त्री तथा बिशिष्ठहरुको काम छिटो छरितो हुने र त्यहि काम सेवाग्राहीको भन्ने नहुने यस्तो चाकडी प्रबिधि अन्त्य गर्नु पर्ने र सेवा…
पाल्पा स्वास्थ्य कार्यालय प्रथम, रोल्पा दोश्रो, र रुकुमपूर्व बन्यो तेश्रो
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका १२ बटा स्वास्थ कार्यलय मध्ये स्वास्थ्य कार्यालय पाल्पा पहिलो, रोल्पा स्वास्थ्य कार्यालय दोश्रो र रुकुमपूर्व स्वास्थ्य कार्यालय तेश्रोभएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा गत मंगलबार देखि बिहीबार (हिजो)सम्म चलेको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा उक्त जानकारी गराईएको हो । स्वास्थ्य कार्यलय पाल्पा लगातार तेश्रो पटक प्रथम स्थान हाँसिल गर्न सफल छ ।स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख टुकराज पोखरेले भन्नु भयो हामीले सेवाको गुणस्तर, डाटा व्यवस्थापन, मानव संशाधन दक्षता, समुदाय सहभागिता, पूर्वाधार र कार्यक्रम कार्यान्वयन जस्ता सूचकहरूले निर्धारण गर्छ त्यसमा रहेर हामीले कार्य गरेका थियौ त्यही अनुसार हामी…
आयुर्वेदमा लुम्बिनी : अर्घाखाँची पहिलो, लुम्बिनी दोस्रो र पाल्पा तेस्रो
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका आयुर्वेद स्वास्थ्य संस्था तर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ केन्द्र पहिलो, लुम्बिनी आयुर्वेद चिकित्सालय दोस्रो र पाल्पा आयुर्वेद स्वास्थ केन्द्र तेस्रो भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा गत मंगलबार देखि बिहीबार (हिजो)सम्म चलेको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका स्वास्थ्य संस्थाहरुको मूल्यांकन नतिजा समेत सार्वजनिक गरिएको थियो । पुरस्कृत स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य मन्त्री खेमबहादुर सारु स्वास्व सचिब दुर्गा लक्ष्मी श्रष्ठले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो ।
लुम्बिनीका अस्पताल: बर्दिया प्रथम,अर्घाखाँची र लुम्बिनीले पछ्याउँदै
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका १४ वटा अस्पतालहरु मध्ये बर्दिया अस्पताल प्रथम अर्घाखाँची अस्पताल दोस्रो र लुम्विनी प्रादेशिक अस्पताल तेस्रो भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा गत मंगलबार देखि बिहीबार (हिजो)सम्म चलेको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका स्वास्थ्य संस्थाहरुको मूल्यांकन नतिजा समेत सार्वजनिक गरिएको थियो । बुधबार सम्पन्न भएको बार्षिक समीक्षा कार्यक्रममा बर्दिया अस्पताल प्रथम हुँदा ६९.७४ प्रतिशत अंकका साथ अर्घाखाँची अस्पताल दोस्रो र ६८.७४ अंकका साथ लुम्विनी प्रादेशिक अस्पताल तेस्रो भएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशन लाल चौधरीले बताउनु भयो। यो संगै…
रक्त संचार केन्द्र बुटवलमा रगत अभाव, आकस्मिक रक्तदान हुँदै
गोकर्ण ज्ञवाली (प्रकाश) \ स्वास्थ्यसमाचार अनलाईन | पछिल्लो समय बुटवल रक्त संचार केन्द्रमा रगत अभाव देखिएको छ | नियमित रक्तदानले रगत पूर्ति गर्न समस्या देखिएपछि बिभिन्न सामाजिक संघसंस्थाको सक्रियतामा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ | सोहीक्रममा आज नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र लामाखर्क समाज रुपन्देहीको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ | बिहान ८ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम आज दिनभर चल्नेछ । रगत अभाव रहेकोले १८ बर्ष माथीका ४५ केजी माथी तौल भएका स्वस्थ व्यक्तिले रक्त संचार केन्द्र बुटवलमा पुगेर रक्तदान गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका…
प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गराैं : मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार अनलाईन |लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाँप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयाे-`प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ । जनशक्ति पर्याप्त छ, तर बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन् । प्रादेशिक अस्पतालमा रचनात्मक रूपमा सेवा दिन सकिन्छ ।´उहाँले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल…
डा.निकोलस भुसाललाई युवा संघले रुपन्देही प्रवेश गर्न नदिने
स्वास्थ्यसमाचार/ कलम भुसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कारबाही गर्न युवा संघ नेपाल, रुपन्देहीले माग गरेको छ । आइतबार बसेको बैठकले भुसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिए । रुपन्देहीको सैनामैना घरमा भएका भुसाललाई प्रहरीले कारबाही नगरे युवा संघले गर्ने कुमालले चेतावनी दिए । भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्ने जस्ता अभिव्यक्ति दिँदै आएको आएका छन् ।


