राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम: गुल्मीमा कुपोषित बालबालिकाको खोजपड्ताल सुरु

स्वास्थ्यसमाचार/ आज (मङ्गलबार) देखि गुल्मीमा कुपोषित बालबालिकाको खोजपड्ताल सुरु गरिएको छ। राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत ’समयमै पहिचान, सहि उपचारः कुपोषण मुक्त पुस्ताको आधार’ भन्ने मुख्य नारासहित स्वास्थ्यकर्मी मार्फत कुपोषित बालबालिका खोजपड्ताल सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिनुभयो। जनस्वास्थ्य निरीक्षक कार्कीका अनुसार कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा पारिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गुल्मीका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहका ९३ वटै वडाका ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषणको अवस्था जाँच गरिने छ। लक्ष्यित समूहका बालबालिकामा शीघ्र कुपोषणको समयमै पहिचान गरी उपयुक्त कुपोषण व्यवस्थापन…

लुम्बिनीमा पोषण सुधारका लागि स्थानीय तहको नौ बुँदे प्रतिबद्धता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका नगर तथा गाउँपालिका स्तरमा बहुक्षेत्रीय पोषण योजना (MSNP–III) प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहहरूले नौ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। पोषण जोखिममा रहेका परिवारको पहिचानदेखि दिगो स्रोत परिचालनसम्मका कार्यलाई प्राथमिकता दिँदै स्थानीय तहहरूले योजनालाई संस्थागत रूपमा मजबुत बनाउने प्रतिज्ञा गरेका हुन्। प्रतिबद्धताअनुसार नगर/गाउँपालिकाले पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकलाई नियमित सञ्चालन गर्दै निर्णयहरूको कार्यान्वयनमा जोड दिनेछ। पोषणसम्बन्धी कार्यक्रमहरूलाई वार्षिक योजना तथा बजेटमा अनिवार्य रूपमा समावेश गर्दै तथ्यमा आधारित लक्षित बजेट बिनियोजन सुनिश्चित गरिने बताइएको छ। यसबाहेक, पालिका स्तरमा विषयगत शाखाहरूबीच समन्वय बढाई समुदायसँग नजिकबाट सहकार्य गर्दै व्यवहार…

पोषण सुधार : ओमसतियामा ६ सय सुत्केरीलाई पोषण झोला वितरण

स्वास्थ्यसमाचार/ शरीर थाकेको थियो, पेट चाहिँ सधैं अधुरो। सुत्केरी हुँदा घरको थालमा खाना थोरै, कामचाहिँ दोब्बर। तर यसपालि केही फरक भयो — ओमसतिया गाउँपालिकाले सितललाई एउटा पोषण झोला थमायो। त्यो झोला केवल घिउ, च्यवनप्राश, झुल र सानो झोला थिएन, त्यो सुत्केरी महिलाका लागि स्वास्थ्यप्रति देखाइएको प्रेम, आश्वासन र अधिकारको संकेत थियो।हो अहिले रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका अहिले ५९९ जना सुत्केरी महिलामा पोषण झोला वितरण गरेर समाजमा एक सन्देश दिइरहेको छ “पोषण अधिकार हो, अवसर होइन।” रुपन्देहीको ओमसतिया गाउँपालिकाले पोषण सुधारका लागी सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गरेको छ । पालिकाका…