स्वास्थ्यसमाचार/ सन्धिखर्क नगरपालिकाको आयोजनामा तथा ग्यास्ट्रो सेन्टरको प्राविधिक सहयोगमा सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो।
शिविरमार्फत ३सय ५० जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएको नगरपालिकाले जनाएको छ ।पेट, कलेजो तथा पाचन प्रणाली सम्बन्धी समस्याबाट पीडित बिरामीहरूलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा ४८ जनाको एन्डोस्कोपी परीक्षण समेत निःशुल्क गरिएको थियोे।
शिविरमा वरिष्ठ पेट आन्दा कलेजो तथा प्याक्रिय रोग बिशेषज्ञ डा मोहन भुसाल लगायको बिज्ञ चिकित्साको टोलिले सेवा दिएको थियो।
शिविरमा आएका धेरै बिरामीले लामो समयदेखि पेट दुख्ने, ग्यास्ट्रिक, अम्लपित्त, कलेजोसम्बन्धी समस्या तथा पाचन प्रणालीसँग जोडिएका जटिल समस्याको उपचार र परामर्श पाएको बताए ।
सन्धिखर्क नगरपालिकाले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।
यस्तै ग्यास्ट्रो सेन्टरले पनि भविष्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा पु¥याउने उदेश्यका साथ प्राबिधिक रुपमा सहयोग गरिएको डा भुसालले बताए । .



प्रतिकया दिनुहोस्