स्वास्थ्यसमाचार /लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले आफ्नो नियमित कार्यक्रम अन्र्तगत गत(सिएमई) कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्षता डा. बिष्णु पौडेलले अध्यक्षतामा भएको कार्यक्रममा सहजीकरणको भूमिका डा. किरण खनाल डा कृष्ण कुमार अग्रहरी डा पुष्पराज जोशी ले निभाउनु भएको थियो। कार्यक्रममा प्रमुख वक्ताको रूपमा डा. सुमन राज आर्चायले (लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल) ले मधुमेह रोग सम्बन्धी औषधि व्यवस्थापन सम्बन्धी जानकारी गराउनु भयो ।त्यस्तै डा. हरी पन्थी (लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल) ले मधुमेह र मृगौला रोग सम्बन्धी विषयमा चर्चा गर्नुभयो। कार्यक्रममा अर्काे बक्ता डा. निरज बिडारी (देवदह मेडिकल कलेज) ले…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
डाक्टर कार्यालय समयमा नभेटिए कारबाही गर्ने मन्त्रालयको चेतावनी
स्वास्थ्यसमाचार/चिकित्सकहरू कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ। मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई भनेका छन्। उनले यसअघि नै व्यवस्था गर्न भनिएको विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत अधिकारीहरूलाई भनेका थिए। मन्त्री पौडेलले नियमित रूपमा हेल्लो स्वास्थ्यमा आएका गुनासाहरू सुन्दै सुधारका लागि अधिकारीहरूको ध्यानाकर्षण गराउँदै आएका छन्।यसलगत्तै मन्त्रालयले मातहतका सबै अस्पतालहरूमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न…
सर्वोच्चको आदेश पछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा
स्वास्थ्यसमाचार/सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। शुक्रबार मेडिकल व्यवसायी प्रसाईंलाई रिहा गर्न न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले आदेश दिएको छ । प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए। मेडिकल वयवसायी प्रसाईं मंसिर ४ गते प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा पक्राउ गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरेको थियो।
साउदीबाट फर्किएका तनहुँका ३६ वर्षीय एक युवामा देखियो मंकिपक्स
स्वास्थ्यसमाचार /नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियोु, उनले भने, अहिले उनको अवस्था सामान्य छ ।उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ । दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमणको देखिएको थियो । उनले मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।
बुटवलको ब्यापार मेलामा बुटवल हस्पिटल प्रा.लि.को स्वास्थ्य सेवा
स्वास्थ्यसमाचार/ पौष ३ गते बाट संचालनमा आएको बुटवलको औद्योगिक ब्यापार मेलामा बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो प्राथमिक उपचार सेवा संचालन गरेको छ । मेला स्थलको मुल गेटमै बुटवल हस्पिटल प्रा.लि.ले निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गरेको हो । मेला स्थलमा आई पर्ने सम्पुर्ण स्वास्थ्य सम्वन्धी समस्याका लागि बुटवल हस्पिटल प्रा.लि.लाई जिम्मेबारी प्रदान गरिएको मेला मुल आयोजक समिति बुटवल उधोग बाणिज्य संघ बुटवलका महासचिव मुक्ति अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार पौष ३ देखि १८ गतेसम्म संचालन हुने मेलामा कुनै पनि स्वास्थ्य सम्वन्धी समस्या आए त्यसको सहजिकरण बुटवलकै नमुना…
लुम्बिनी प्रदेश सरकारद्धारा चिकित्सक नर्स र जनस्वास्थ्यकर्मी गरी २१ जनाको नवौँ तहमा बढुवा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सक नर्स र जनस्वास्वास्थ्य प्रशासक गरी २१ जनालाई नवौँ तहमा बढुवा गरेको छ । लोक सेवा आयोग बुटवलबाट २८ भदौमा प्रकाशित सूचना अनुसार मुख्यमन्त्री कार्यालयले विभिन्न मितिमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा ५ जना र कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवामा १६ जना गरी कुल २१ जनाको बढुवाका लागि सिफारिस गरेको हो । हेर्नुहोस् बढुवा सिफारिसमा परेकाहरुको सूची
क्यान्सर विरुद्धको खोप बनाएको रुसको दावी, बिरामीलाई निःशुल्क दिने
एजेन्सी /रुसले क्यान्सर बिरुद्धको खोप विकास गरेको दावी गरेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले क्यान्सर विरुद्धको खोप विकास गरेको दावी गरेको हो । उसले सो खोप क्यान्सरका बिरामीहरुलाई निशुल्क उपलव्ध गराउने बताएको छ । मन्त्रालयका रेडियोलोजी मेडिकल रिसर्च सेन्टर प्रमुख एन्ड्रे काप्रिनले क्यान्सर विरुद्धको यो खोप सन् २०२५ को सुरु देखि प्रारम्भ हुने बताएका छन् ।उनका अनुसार अहिले विकास गरिएको खोप क्यान्सरका बिरामीको उपचारमा प्रयोग हुने बताइएको छ । क्यान्सर रोग लाग्न नदिनका लागि भने होइन । रुसी सरकारका वैज्ञानिकहरुले पश्चिमा देशहरुमा विकास भइरहेको क्यान्सरविरुका अन्य खोप जस्तै यो खोप…
एचपीभी खोपको पहिलो खेप ४ लाख ६० हजार भाइल काठमाडौँ भित्रियो
स्वास्थ्यसमाचार/आगामी २२ माघ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि पहिलो खेप खोप आइपुगेको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोपको पहिलो खेप ४ लाख ६० हजार ९४० भाइल खोप हिजो राती १०:३० बजे क्याथे प्यासेफिकको उडानबाट चीनबाट हङकङ हुँदै काठमाडौँ आईपुगेको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेलले यो अभियानका कुल लागि १७ लाख ७० हजार…
बुटवलमा प्रजनन् रुग्णता सम्बन्धी स्क्रिनिङ तथा व्यवस्थापन शिविर
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाद्वारा पाठेघरको मुखको क्यान्सरको स्कृनिङ, पाठेघर खसेको तथा तल्लो पेटको समस्याको उपचार लगायतका बिबिध प्रजनन् सेवाहरु निशुल्क रुपमा बिभिन्न वडाहरुमा शिविर सञ्चालन गरिरहेको छ । ३सय ३२ जनाले वडा नम्बर ३ र वडा नम्बर ७ मा सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । ३० बर्ष देखी ६० बर्ष सम्मका दिदिबहिनी तथा आमाहरुको स्वास्थ्यलाई मध्यनजर गरी उक्त शिविर सञ्चालनमा ल्याइेको हो । शिविरको मुख्य उदेश्य पाठेघरको मुखको क्यान्सर १० बर्ष पछी पनि क्यान्सर देखिने संभावनालाई तत्काल पत्ता लाग्ने र पर्याप्त उपचार र निधानको समय भएकोले ज्युधनको रक्षाका…
नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित प्रशासन लेखामा तालाबन्दी
नेपालगन्ज,/तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन पूरा गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिएिको केन्द्रीय आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले बताउनुभयो । उहाँले आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनबिच पटकपटक वार्ता भए पनि निष्कर्ष ननिस्कदा आन्दोलनलाई निरन्तरता दिनुपरेको बताउनुभयो । करिब ६ महिनाअघि नै आफूहरुले मागहरू अस्पताल व्यवस्थापनलाई बुझाएको र सो सम्बन्धमा पटकपटक अस्पताल व्यवस्थापन ताकेता गर्दा पनि बेवास्ता गरिएकोले थप आन्दोलनका कार्यक्रम घोषणा…