बुटवल हस्पिटल प्रा.लि: एक सय शैयासहित भरपर्दो स्वास्थ्य सेवा केन्द्र

नेपालको स्वास्थ्य सेवा क्षेत्र पछिल्ला वर्षहरूमा तीव्र परिवर्तनको चरणमा छ । सरकारी अस्पतालहरूमा बिरामीको अत्यधिक चाप, सीमित स्रोत र जनशक्तिको अभाव देखिँदै गर्दा निजी क्षेत्रका अस्पतालहरूले पूरक र महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यही सन्दर्भमा लुम्बिनी प्रदेशको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र बुटवलमा अवस्थित एक सय बेडको बुटवल हस्पिटल प्रा.लि.पश्चिम नेपालको स्वास्थ्य सेवामा गुणस्तर, पहुँच र विश्वासको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । बुटवल हस्पिटल प्रा.लि.नामले नै अब केवल व्यापार र व्यवसायको केन्द्रभन्दा बढी, पश्चिमाञ्चलको एक प्रमुख स्वास्थ्य सेवा केन्द्रको रूपमा पनि चिनिँदैछ । यस परिचयको पृष्ठभूमिमा अग्रपंक्तिमा…

विपन्नका लागि भरोसाको केन्द्र लुम्बिनी प्रादेशिक अस्पताल बुटबल

स्वास्थ्यसमाचार/आपत्कालीन कक्ष, आइसीयू, एनआइसियू, सामान्य शल्यक्रियालगायतका सेवामा जहिल्यै थामिनसक्नुको भिडभाड छ । ओपिडीमा अझ भनौं स्वास्थ्य वीमामा टिकट काटेर लाइन लागेर पालो पर्खिन झन हम्मेहम्मे छ । बुटवल उपमहानगर, छिमेकका अन्य पालिकाहरुमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा उपलव्ध हुने स्वास्थ्य सेवाका लागि पनि बिरामीहरु प्रादेशिक अस्पतालमै पुग्ने गर्छन् । सामान्य प्राथमिक उपचार देखि विशेषज्ञहरु सम्मको सेवा लिन एउटै अस्पतालमा घुइँचो लाग्दा जहिल्यै अस्तव्यस्त जस्तो देखिन्छ । यद्यपि पछिल्ला केही समययता अस्पतालको स्वरुप र सेवा प्रवाह दुबैमा सुधार आएको छ । बन्दैछ जीवनरक्षक आधार आर्थिक अभावका कारण उपचारबाट…

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको उपचारकै क्रममा मृत्यु

स्वास्थ्यसमाचार/नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए । यादव सोही मेडिकल…

जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालिको अध्यक्षमा भण्डारी निर्वाचित

स्वास्थ्यसमाचार/जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालिको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट सञ्चालक समितिको नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले नारायण प्रसाद भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । बुटबलमा सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको निर्वाचन अधिकृत गुणानिधि खनालले जानकारी दिए । समितिका सदस्यहरूमा रमेश पाण्डे, सीता थापा, प्रविण साह, राजन जि.सि ,बालकृष्ण पौडेल र खिमलाल पाण्डे रहेका छन् । २०७५ साल वैशाख ३० गते ७१ जना स्वास्थ्यकर्मीको करिब ३ करोड ५० लाख रुपैयाँ लगानीमा स्थापना भएको जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालि हाल नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय…

नेपाल स्वास्थ्यकर्मी संघ प्युठानको अध्यक्षमा न्यौपाने निर्वाचित

स्वास्थ्यसमाचार/नेपाल स्वास्थ्यकर्मी संघ प्युठानको चौथो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले थानेश्वर न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा कमल परियार, जगत जिसी, बिजुला जिसी, प्रथम गुरुङ, बसन्तलाल पुरी र अस्मिता बुढाथोकी चयन भएका छन् । सचिवमा शेरसिंह थापा मगर निर्वाचित हुँदा सह–सचिवमा केशव केसी, ज्ञानबहादुर पुन, लक्ष्मी न्यौपाने र केशव पुन चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी अर्जुन न्यौपानेलाई दिइएको छ । त्यसैगरी सदस्यहरूमा मिनबहादुर जिसी, यज्ञबहादुर केसी, भगवती दाहाल, तुलसा न्यौपाने, अनिल पन्थी, प्रवेश धामी, शान्ति राना र राधिका शाह रहेका…

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

स्वास्थ्यसमाचार/नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष तथा सदस्य पदका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान कार्य जारी रहेको छ। निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर पौष ४ र ५ गते तोकिएअनुसार बुटवल, भैरहवा लगायतका क्षेत्रमा मतदान भइरहेको छ। निर्वाचन समितिले लुम्बिनी प्रादेशिक अस्पतालमा करिब ३ सय जना चिकित्सक मतदानमा सहभागी हुने अनुमान गरेको छ। मतदान अधिकृत डा. नेत्र रानाका अनुसार हालसम्म करिब १५० भन्दा बढी चिकित्सकले मतदान गरिसकेका छन्। त्यस्तै, भिम अस्पतालमा पनि मतदान केन्द्र रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा थापाले जानकारी दिनुभएको छ। निर्वाचन समितिका अनुसार पौष ४ र ५ गते दुवै दिन…

एनएमए निर्वाचनः डा बद्री रिजाल नेतृत्वको समूहद्वारा उम्मेदवारी दर्ता

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि डा बद्री रिजालको नेतृत्वमा रहेको समूहले निर्वाचन समितिसमक्ष औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको छ। रिजाल नेतृत्वको समूहबाट अध्यक्ष पदमा डा बद्री रिजाल उम्मेदवार रहनुभएको छ। यस्तै, बरिष्ठ उपाध्यक्ष पदमा डा सञ्जीव तिवारी उम्मेदवार हुनुहुन्छ। उपाध्यक्ष एवं प्रदेश संयोजकतर्फ कोशी प्रदेशबाट डा रोशन खड्का, मधेश प्रदेशबाट डा अमित रञ्जन मिश्र, बागमती प्रदेशबाट डा सुबास भट्टराई, लुम्बिनी प्रदेशबाट डा दिनेश चौधरी, गण्डकी प्रदेशबाट डा नवराज लम्डारी, कर्णाली प्रदेशबाट डा सुशील र सुदूरपश्चिम प्रदेशबाट डा प्रमोद जोशी उम्मेदवार रहनुभएको छ। यसैगरी, महासचिव पदमा डा…

एडमण्ड सिटी हस्पिटल र नवयुग शिक्षक सहकारीबीच स्वास्थ्य सेवा सहुलियत सम्झौता

स्वास्थ्यसमाचार/ बुटवल स्थित एडमण्ड सिटी हस्पिटल र नवयुग शिक्षक पेशागत सहकारी संस्था लिमिटेडबीच स्वास्थ्य सेवा सहुलियतसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा एडमण्ड सिटी हस्पिटलका संचालक तथा अध्यक्ष प्रकाश राना र नवयुग शिक्षक पेशागत सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्द पोख्रेलले हस्ताक्षर गर्नुभएको हो। सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पङेनी तथा शिक्षा डिभिजन भैरहवा कार्यालयका प्रमुख उप–सचिव हरि बिष्टको समेत उपस्थिति रहेको थियो। यस सम्झौताअनुसार सहकारीका सदस्य तथा शिक्षकहरूलाई एडमण्ड सिटी हस्पिटलमार्फत विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गरिनेछ। दुवै संस्थाबीचको सहकार्यले गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य…

बुटवलमा सञ्चारकर्मीसँग उपेक्षित उष्णप्रदेशीय रोग सम्बन्धी अन्तरक्रिया

स्वास्थ्यसमाचार /उपेक्षित उष्णप्रदेशीय रोग (NTDs) सम्बन्धी बुटवलमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ । उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेको छैन । सरकारले उपेक्षित रोगलाई प्रथामिकतामा राख्न नसक्दा बेला बेलामा जनस्वास्थ्यको समस्याका रूपमा देखापर्ने गरेको छ ।जलवायु परिवर्तन र सरकारले बेवास्ता गरेकै कारण नेपालमा उन्मूलन भइसकेको भनिएको कालाजार, औलोलगायत रोगहरू बेला–बेला जनस्वास्थ्यका समस्याका रूपमा देखिने गरेको बताईएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्रको साझेदारीमा संञ्चालित प्रेरणा परियोजना अन्तरगतको अन्तरक्रिया कार्यक्रममा यस्तो बताईएको हो । अन्तरक्रिया वोल्दै स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक…

नर्सका माग सम्बोधनका लागि गठित कार्यदलले प्रतिवेदन बुझायो

स्वास्थ्य समाचार/नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाहरु सम्बन्धी मागको सम्बोधनका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले आज स्वास्थ्य मन्त्री डा सुधा गौतमलाई उक्त प्रतिवेदन बुझाएको हो।  अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले नर्स तथा स्वास्थ्यकर्मीहरूको पारिश्रमिक, सेवा सुविधा तथा पेशागत सुरक्षाका विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार पारेको हो। प्रतिवेदन ग्रहण गर्दै मन्त्री गौतमले स्वास्थ्य क्षेत्रका नर्स तथा स्वास्थ्यकर्मीहरूको योगदान अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरिन्। उनले कार्यदलले दिएका सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक नीतिगत…