भैरहवामा साढे एक अर्ब लागतमा अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

स्वास्थ्यसमाचार/साढे एक अर्ब लागतमा भैरहवामा अत्याधुतिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ । बैशाख ०८३ सञ्चालनमा ल्याउने गरी दुई बिघा पाँच कठ्ठा क्षेत्रफलमा एक सय बेड क्षमताको सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्न लागेको अस्पतालका सञ्चालक अर्जुन पौडेलले जानकारी दिए । आफ्नो देश फर्की केही गरौं भन्ने भावनाका साथ संयुक्त राज्य अमेरिका ९युएसए० नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक विशेषज्ञ डा। सागर पोखरेल, युरोपमा कार्यरत युवा व्यवसायी हरि खत्री, बेलायतमा रहेका गोकर्ण खड्का र रुपन्देहीमा १० वर्षदेखि सिद्धार्थनगर सिटी अस्पताल सञ्चालन गरिरहेका अर्जुन पौडेललगायतको टिमले क्यान्सर अस्पताल निर्माण गर्न लागेका हुन्…

लुम्बिनी प्रदेशमा २६ जना अनमीको लागी करारमा जागीर खुल्यो

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका बिभिन्न स्थानिय तहको लागी जनशक्ति माग गरेको छ । निर्देशनालयले एक सुचना जारी गरी ईच्छुक लाई आवेदन दिन भनेको छ। निर्देशनालयले २६ जना अनमीको लागी जनशक्ति माग गरेको छ। अनमी कोर्ष गरि १८ बर्ष देखी ४५ बर्ष सम्मको लागी दरखास्त दिन सुचना जारी गरेको छ। हेरौं सूचना [pdf-embedder url=”https://swasthyasamachar.com/wp-content/uploads/2024/12/सेवा-करार-सूचना_4iceuyy.pdf” title=”सेवा करार सूचना_4iceuyy”]  

१०जना रेडियोलोजिष्टले ३ करोडको लगानीमा कपिलवस्तुमा सुरु गरे सिटिस्क्यान

स्वास्थ्यसमाचार/ कपिलवस्तुमा पहिलो पटक सिटिस्क्यान सेवा सुरु भएको छ । बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चार नम्बरमा कपिलवस्तु सिटि एण्ड डाइनोस्टिक सेन्टर प्रा.लि. औपचारिक रुपमा संचालनमा आएसँगै सिटिस्क्यान सेवा सुरु भएको हो । उक्त सेवा लुम्बिनी प्रादेशिक अस्पतालका १० जना रेडियोलोजिष्ट मिलेर संचालन भएको डा.प्रशान्त आचार्यले वताउनु भयो ।५ बर्षदेखि २७ बर्षसम्म कार्य अनुभव भएका रेडियोलोजिष्टद्धारा सेवा प्रदान गरिने उहाले बताउनु भयो । उहाले १० जना रेडियोलोजिष्टबाट सेवा दिने भएकाले सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा प्रवाह गरिने वताउनु भयो।२४ सै घण्टा उपलब्ध हुने गरी सिटिस्क्यान सेवा सुचारू गरिएको डा आर्चायको…

घोराही उपमहानगरले डाक्टर पढ्नेलाई छात्रवृत्तिबापत पाँच लाख दिने

स्वास्थ्यसमाचार/दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही रु तीन लाख र रु पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए। डाक्टर पढ्नेलाई छात्रवृत्ति बापत एकमुष्ट पाँच लाख र इञ्जिनियर पढ्नेलाई एकमुष्ट तीन लाख प्रदान गर्नेबारे उपमहानगर सार्वजनिक सूचनामार्फत सबैलाई सूचित गरेको छ । त्यस्ता विद्यार्थीले पुस ८ देखि माघ ८ गतेसम्म सामाजिक विकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निवेदन दिनुपर्नेछ ।यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टू सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको प्रमाणसहितका अन्य तोकिएका…

सञ्जीवनी अस्पतालले माग्यो ४ सय नर्ससहित ८ सयभन्दा बढी कर्मचारी

स्वास्थ्यसमाचार/दाङको घोराहीमा सञ्चालनमा आउन लागेको नयाँ अस्पताल सञ्जीवनी अस्पतालले विभिन्न पदमा जनशक्ति माग गरेको छ।अस्पतालले जनशक्ति आवश्यकताको सूचना निकाल्दै इच्छुकलाई आवेदन दिन भनेको छ। सञ्जीवनी अस्पताल मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गर्न लागेको पाँच सय शय्या क्षमताको अस्पताल हो। मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताइएको छ। अस्पतालका लागि चार सय नर्ससहित विभिन्न पदमा ८२१ जना जनशक्तिको माग गरिएको छ। सबैभन्दा धेरै नर्सकै माग गरिएको अस्पतालले निकालेको सूचनामा उल्लेख छ। अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोगली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ। भवन…

बुटवल हस्पिटल प्रा.लि.र माछापुच्छ्रे बैक बिच उपचार सम्झौता

स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रा.लि.संग संघ संस्थाहरुसँग उपचार सम्झौता अभियान जारी रहेको छ । यसैक्रममा बुटवलमा रहेको माछापुच्छ्रे बैक संग एक समारोहका बिच उपचार सम्झौता गरिएको हो । बुटवल हस्पिटलले उपचारका लागि माछापुच्छ्रे बैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुको लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका वीचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहाँले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरूकै भएकोले यसको संरक्षण…

नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा खनाल

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ समिति चयन भएको छ ।समितिको अध्यक्षमा बिष्णु खनाल पन्थी, उपाध्यक्षमा पुतला खनाल सचिवमा सिता खनाल सह-सचिवमा लता श्रेष्ठ कोषाध्यक्षमा लक्ष्मी गैरे रहनु भएको छ। भने सदस्यहरुमा गोमा सुबेदी चम्पा पालुङ्गे, रचना कार्की यशोदा पोखरेल पवित्रा ज्ञावाली बसन्ती पाठक गीता पन्थ सरस्वती बराल विन्दु भट्टराई, टिका भट्टराई रहेको संघका सचिब खनालले बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ ईञ्चार्ज नेहा थापा ,नर्सिड अधिकृत ज्योति पौडेल,नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान अध्यक्ष हरि कुमारी केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो।      …

सिद्धार्थनगरमा लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभिमुखीकरण

स्वास्थ्यसमाचार/सिद्धार्थनगरले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभिमुखीकरण सुरु गरेको छ ।सिद्धार्थनगर नगरपालिका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखीकरण बिहीबारदेखि सुरु गरीएको हो । सिद्धार्थनगर नगरपालिका वडा नं १ स्थित बेलहिया माविबाट सुरु गरीएको अभिमुखीकरण उद्घाटन गर्दै नगर प्रमुख इस्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यन गर्दा विद्यार्थीहरु बहकाउ परेर लागुऔषध दुर्व्यसनमा पर्नसक्ने भएकाले सोको रोकथामका लागी अभियान सुरु गरीएको बताए । उनले विद्यार्थीहरुको अनुसार महत्वपुर्ण गहना भएको उल्लेख गर्दै भविश्यमा सवल, सक्षम एवं सफल ब्यक्ति बन्न लागुऔषध सेवनबाट टाढै रहनु पर्ने बताए ।नगर उप प्रमुख एवं…

नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० जना सदस्य मनोनित

स्वास्थ्यसमाचार/कांग्रेसकाको स्वास्थ्य विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन‍्। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत गरेका हुन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्वास्थ्य विभागमा मनोनीत हुनेहरूमा डा लक्ष्मीराज पाठक–कैलाली, डा मुक्तिराम श्रेष्ठ अर्घाखाँची, डा अनिलकुमार झा–सप्तरी, डा सुमन कर्माचार्य–रामेछाप, डा सुशीलनाथ प्याकुरेल–ललितपुर, श्यामचन्द्र यादव–धनुषा, ईश्वर कार्की–झापा, विष्णुप्रसाद भट्टराई–स्याङ्जा, पूजा फुयाल–सोलुखुम्बु, वुधिसरा सुनुवार–सुर्खेत रहेका छन्।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अध्यक्षमा पुनः एजाज आलम

स्वास्थ्यसमाचार/बुटवलको रामनगरमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको चौथो अधिवेशनबाट सर्वसम्मत नया नेतृत्व चयन भएको छ। अधिवेशनबाट एजाज आलमको नेतृत्वमा १४ सदस्यीय सञ्चालक समिती र ३ सदस्यीय लेखा समिती निर्विरोध चयन भएको हो। संस्थाको निर्वाचन तालिका अनुसार सोमवार गरिएको उम्मेदवारहरुको मनोनयनमा अध्यक्ष पदमा एजाज आलमको एकल उम्मेदवारी परेको थियो भने सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ताको समय सिमा भित्र उम्मेदवारी फिर्ता लिएर निर्विरोध चयन गराएका थिए। संस्थाको निर्वाचन समितीका अनुसार आगामी कार्यकालका लागि सम्मानित सदस्यहरुको तर्फबाट तिल प्रसाद भटराई र होमराज बस्याल, बिशिष्ठ सदस्यहरुको तर्फबाट बावुराम बोहोरा र राजेन्द्र सिंह…