स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा सञ्चालन भइरहेको बहुक्षेत्रीय पोषण कार्यक्रमको कार्यान्वयन प्रगति, उपलब्धि तथा चुनौतीहरूको विश्लेषण गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरीय समीक्षा गोष्ठी बुटवलमा सुरु भएको छ।
लुम्बिनी प्रदेश योजना आयोगका सदस्य–सचिव खिम बहादुर कुबरको अध्यक्षता प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालको बिशिष्ट आतिथ्य तथा , जिल्ला समन्वय समिति लुम्बिनीका अध्यक्ष, दोण बहादुर खत्री, बुटबल उपमहानगरपालिका मेयर खेलराज पाण्डेको स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरी, प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रका निर्देशक डा राजेन्द्र गिरीको आतिथ्यमा प्रदेशस्तरीय समीक्षा गोष्ठी सुरु भएको हो ।
लुम्बिनी प्रदेशका रुपन्देही कपिलबस्तु नवलपरासी तथा पाल्पाको एक पालिका गरि १८ बटा स्थानिय तहका पालिका पोषण सहजकर्ता तथा सम्पर्क व्यक्ति सहभागी रहेको समिक्षा गोष्ठीमा आ.व. २०८१/०८२ मा बहुक्षेत्रीय पोषण योजना अन्तर्गत भएका कार्य, उपलब्धि र देखिएका चुनौतीहरूको बिषयमा छलफल गरिएको थियो ।
आर्थिक बर्ष २०८२/०८३ का लागि एकीकृत पोषण योजना निर्माण, स्थानीय तहबीच समन्वय, पोषण तथा खाद्य सुरक्षा सम्बन्धी संरचनाको प्रभावकारिता, अभिलेखिकरण तथा प्रतिवेदन प्रणाली सुदृढीकरण,छलफल गरिएको छ ।
कार्यक्रममा एकीकृत पोषण योजनाको प्रभावकारी कार्यान्वयन,स्थानीय तहमा पोषण तथा खाद्य सुरक्षा शाखाहरूको समन्वय र अनुभव आदान–प्रदान,प्रतिवेदन तथा अनुगमन प्रणालीमा क्षमता अभिवृद्धि,विषयगत क्षेत्रहरू (स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, महिला तथा बालबालिका, सामाजिक विकास) बीच सहकार्य प्रवद्र्धन,उत्कृष्ट अभ्यासको पहिचान र सुधारका क्षेत्र निर्धारण,पोषण शासन (Nutrition Governance) सुदृढीकरण, मुद्दाहरू प्रमुख रूपमा उठान गरिएका थिए ।
समीक्षामा प्रदेश र स्थानीय तहमा कार्यान्वित नेपाल सरकार तथा वैदेशिक स्रोतबाट प्राप्त बजेटमार्फत स्थानीय तहमा वर्षभरि विभिन्न पोषण–सम्बन्धी कार्यक्रम सुनौलो हजार दिनका विपन्न महिलाका लागि आयआर्जन अनुदान पालिका पोषण सहजकर्ताको परिचालन नगर/पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति का बैठकहरूपोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम पोषण व्यवहार परिवर्तनका विभिन्न सामुदायिक गतिविधिहरू सञ्चालन भैरहेको बारे जानकारी गराइएको थियो ।
उक्त कार्यक्रममा आ.व. २०८१/०८२ मा पालीकाहरूले २७,०६५,७५२ रुपैयाँ बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको र चालू आर्थिक वर्ष २०८२/०८३ मा पनि पालिकाले बजेट बिनियोजन गरेको बताईएको थियो ।
समीक्षामा लुम्बिनी प्रदेश योजना आयोगका सचिब खिम बहादुर कुबरले प्रदेशको अबस्था गरिरहेको कार्य र अब गर्नु पर्ने कामको बारे जानकारी गराउनु भयो । आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले कार्यक्रम बजेट खर्च भैरहेको भएपनि परिणाम नभएको बताउदै परिणाम आउने गरि काम गर्नु पर्ने बताउनु भयो ।
उहाँले नीति नियम र कार्यक्रमको परिणामको लागी तिनै तह एकैसाथ हुनुपर्ने बताउनु भयो । जिल्ला समन्वय समिति लुम्बिनीका अध्यक्ष, दोण बहादुर खत्रीले ग्रामिण क्षेत्रमा भन्दा सहरीय क्षेत्रमा पोषणको अबस्था कमजोर रहेको बताउदै सुधारका लागी सबैको सहयोग आबश्यक रहेको बताउनु भयो । त्यस्तै बुटबल उपमहानगर प्रमुख खेलराज पाण्डेले पोषण सुधारका लागी कृषिलाई सरकारले प्रोत्साहन दिनु पर्ने बताउनु भयो ।
समीक्षामा योजना, कार्यक्रम र क्रियाकलापबीच तादात्म्यता कमजोर रहनु,तहगत तथा क्षेत्रगत समन्वय अपर्याप्त अभिलेखिकरण तथा प्रतिवेदन प्रणाली मजबुत नहुनु पोषण सुधारका कार्यक्रमहरूको बजेट अभिलेखमा स्पष्ट नदेखिनु,योजना तर्जुमामा पोषण क्षेत्रलाई कम प्राथमिकता दिनु,विषयगत कार्यालयबाट नियमित प्रतिवेदन नआउनु एकीकृत अनुगमन तथा पृष्ठपोषणको अभाव रहनु पनि परिणाम नआउनुको कारण रहेको बताईएको थियो ।
पोषण सुधारका लागी गत आर्थिक वर्षमा १२ जिल्लाका १०९ पालिकाका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको थियो। र यस वर्ष २०८२÷०८३ मा सो रकम वृद्धि भई १३ करोड रुपैयाँ पुगेको प्रदेश योजना आयोगका पोषण अधिकृत नर बहादुर बिश्वकर्माले जानकारी दिनु भयो ।

प्रतिकया दिनुहोस्