लुम्बिनी प्रादेशिक अस्पतालमा ३२ जनाको माग ३० जना स्टाफ नर्स

स्वास्थ्यसमाचार/ बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले करार सेवामा कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशन गरेको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेको अस्पतालले स्टाफ नर्स (जनरल नर्सिङ), हेमो डायलाइसिस टेक्निसियन र एम्बुलेन्स चालक पदमा जनशक्ति माग गरेको हो।

सूचनाअनुसार स्टाफ नर्स पदका लागि पाँचौँ तहअन्तर्गत प्रदेश सरकारको स्थायी दरबन्दी तर्फ १० पद, अस्थायी दरबन्दी तर्फ १४ पद तथा अस्पताल विकास समितिको आन्तरिक स्रोततर्फ ६ पद गरी कुल ३० पद खुलाइएको छ। यस्तै, चौथो तहको हेमो डायलाइसिस टेक्निसियन एक पद र श्रेणी विहीन एम्बुलेन्स चालक एक पदमा पनि करारमार्फत पदपूर्ति गरिनेछ।

योग्य नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशन मितिले तोकिएको समयभित्र अस्पतालमा दरखास्त दिन सक्ने अस्पतालले जनाएको छ। न्यूनतम योग्यता, अनुभव, सेवा अवधि र छनोट प्रक्रिया सम्बन्धी विवरण सूचनामा उल्लेख गरिएको छ।

कर्मचारी मागको सुचना ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :