विश्व क्यान्सर दिवसः रुपन्देहीमा ४७८ को उपचारका लागि सिफारिस

स्वास्थ्यसमाचार / आज विश्व क्यान्सर दिवस नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यसै अवसरमा सार्वजनिक तथ्यांकले रुपन्देही जिल्लामा क्यान्सर उपचारको बोझ वर्षेनी बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारको सिफारिसअनुसार विपन्न नागरिक उपचार कोषमार्फत रुपन्देही जिल्लाका ४सय८७ जना क्यान्सर पीडितले निःशुल्क उपचार सेवा लिन सिफारिस पाएका छन् । यस्तै, लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश स्वास्थ्य उपचार कार्यक्रममार्फत प्रति बिरामी दुई लाख रुपैयाँ आर्थिक सहयोगका लागि २सय४८ जना क्यान्सर बिरामी सिफारिस भएका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । लुम्बिनी प्रदेशमा क्यान्सर लागेका विरामीको संख्या बढ्दै…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भयो क्यान्सर उपचार सेवा

स्वास्थ्यसमाचार /यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान प्रशासनले जनाएको छ । प्रतिष्ठानका निमित्त डीन प्राडा रमेश कँडेल र क्यान्सर अस्पतालका सहनिर्देशक डा उमेश नेपालको रोहबरमा उक्त सम्झौता भएको हो । यहाँ क्यान्सरसम्बन्धी उपचारको व्यवस्था नहुँदा यसअघि साविक राप्ती अञ्चलसहित पश्चिम…

फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ६ लक्षण, उपचार कसरी ?

क्यान्सरका विभिन्न प्रकारमध्ये धेरैजसो मुलुकमा फोक्सोको क्यान्सरको समस्या बढी देखिन्छ । पुरुषमा यो क्यान्सरलाई एक नम्बरको क्यान्सर भनेर चिनिन्छ, नेपालमा समेत यो लागू हुन्छ ।महिलाहरूमा भने फोक्सोको क्यान्सर तेस्रो स्थानमा छ । उनीहरू बढीजसो स्तन र पाठेघरको क्यान्सरबाट पीडित छन् । कुल क्यान्सरका रोगीमध्ये १५ देखि २० प्रतिशत फोक्सोको क्यान्सरका बिरामी छन् । कुन मुलुकमा धुमपानको सहज उपलब्धता र प्रयोग छ, त्यस अनुसार नै बिरामीको अनुपात देखिन्छ । युरोपका केही मुलुकमा फोक्सोको क्यान्सरका बिरामी केही बढी छन् । फोक्सोको क्यान्सरको ७५ देखि ८० प्रतिशत कारक धुमपान वा सुर्तीजन्य पदार्थको सेवन…

नेपाल अर्बुद राेग निवारण संस्था रुपन्देहीकाे अध्यक्षमा पुन: हमाल

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद राेग निवारण संस्था रुपन्देहीकाे सभापतिमा पुन: खिमबहादुर हमाललाई चयन गरिएकाे छ । संस्थाकाे साेमबार बुटवलमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनले हमालकाे नेतृत्वमा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । नवनिर्वाचित कार्यसमितिकाे सदस्यहरुमा विना न्याैपाने, बाबुराम बिक, प्रजापाल गिरी, गुणनिधि खनाल, तेजनारायण अर्याल, पुनम पाैडेल, इन्दिरा पाण्डे, मुक्तिराज पाैडेल, भगवता वेलवासे, निमा थारु, उमा थापा, रमेश पराजुली र शैलेका पन्तलाई सर्वसम्मत चयन गरिएकाे निर्वाचन समिति संयोजक महेन्द्र पाण्डेले जानकारी गराउनु भयाे । कार्यसमितिमा महिला सहित २ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सहसचिव नवनिर्वाचित कार्यसमितिकाे बैठकबाट निर्वाचित सदस्यबाट…

उपचारका क्रममा पत्रकार मनोरञ्जन शर्माको निधन

स्वास्थ्यसमाचार/ पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा शनिबार बेलुकी ५ बजे रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा निधन भएको हो। विगत दुई वर्षदेखि क्यान्सरबाट ग्रसित शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर साढे दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए। उनी कारोबार दैनिकमा लामो समयदेखि कार्यरत थिए भने भैरहवाबाट आफ्नै सम्पादनमा न्यूज ओके पत्रिका र अनलाईन सञ्चालन गर्दै आएका थिए। यसका साथै अन्य थुप्रै सञ्चारमाध्यममा कार्यरत रहे। पाल्पाबाट पत्रकारिता गरेका ५२ वर्षीय शर्माको निधनले रुपन्देहीको पत्रकारितामा ठूलो क्षती पुगेको छ। शर्माकी श्रीमती, एक छोरी र एक छोरा छन्। पारिवारिक स्रोतका…

बुटवलकी क्यान्सर पीडित शान्ति दर्जीद्वारा सहयोगको लागि आग्रह

बुटवल, १७ भदौ । बुटवल १२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगले पीडित बनेकी छन् । बिगत ४ बर्षदेखि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईहेकी शान्ति दर्जीले चरम आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको बताएकी छन् । क्यान्सरका कारण थलिएर असक्त अवस्थामा घरमा प्रायः बिस्तारमा सुतिरहने अवस्थामा पुगेकी उनलाई खान पिउन समेत समस्या भएको परिवारका सदस्यहरुले बताएका छन् ।धेरै बर्षअघि टाउकोको पछाडी बाँया पट्टी घाँटीमा पलाएको सानो ट्यूमरले शुरुमा केही दुःख नदिएको तर पछि बढ्दै गएर निकै ठुलो भएको र दुःख्न थालेपछि उपचारका लागि…

“सैनामैनामा क्यान्सर रोग सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न”

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा रुपन्देही र सैनामैना नगर अस्पतालको आयोजनामा तथा सैनामैना नगरपालिका वडा नं. ४ को समन्वयमा क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। सैनामैना वडा नं. ४ मा आयोजित कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा रुपन्देहीका सभापति खिम बहादुर हमालको सभापतित्व सैनामैना नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले को प्रमुख आतिथ्यमा क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको लुम्बिनी प्रादेशिक अस्पतालका अंकोलोजी विभाग प्रमुख एवं स्तन क्यान्सर रोग विशेषज्ञ डा. सन्जय पाण्डेले क्यान्सर रोग सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्दै…

बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधि

स्वास्थ्यसमाचार/क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने भएका छन् ।बिहीवार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने बताउनुभएको हो । उहाँले क्यान्सर पीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )लगायत संस्थाहरुले औषधि उपलब्ध गराएपछि थप सहज भएको बताउनु भयो । उहाँले औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने बताउनु भयो । काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोईराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि…

आर्थिक अभावमा कोही बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : मन्त्री पौडेल

स्वास्थ्यसमाचार/बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधिका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद दिनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्सअन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधि उपलब्ध हुने सङ्गठनले जानकारी दिएको छ । मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मङ्सिर १ गतेदेखि लागू हुनेगरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै…

विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

स्वास्थ्यसमाचार/क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताउनुभयो । “क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो…