स्वास्थ्यसमाचार/क्षयरोग (टीबी) का बिरामीको उपचार प्रभावकारी बनाउनुका साथै उनीहरूको पोषण अवस्था सुधार गर्न बाँकेमा ‘नौरिश–३’ (NOURISH III) परियोजना सञ्चालन गरिएको छ । बेलायत नेपाल मेडिकल ट्रष्ट (BNMT UK) को सहयोग तथा सावित्री बास्न्यात फण्ड फर टीबी (SFBT) को दाता सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत बाँके जिल्लाका ४० जना क्षयरोगीलाई खाद्य तथा पोषण सामग्री वितरण गरिएको हो । परियोजनाले क्षयरोगीको उपचारलाई निरन्तरता दिन, कुपोषणको अवस्था सुधार गर्न, शरीरको प्रतिरक्षा क्षमता बढाउन तथा उपचार बीचमै छाड्ने अवस्था न्यूनीकरण गर्न सहयोग गर्ने उद्देश्य राखेको छ ।परियोजनाअन्तर्गत जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका क्षयरोगीलाई स्वास्थ्य संस्थामार्फत खाद्य…
कुष्ठरोगी
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेशले छाला रोग स्क्रिनिङ अभियान चलाउने
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभएको छ । उहाँले कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । नेपाल कानुन समाजद्वारा आयोजित ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले चालु वर्ष प्रदेशका सबै जिल्लामा छाला रोगको पहिचान गर्ने अभियान सञ्चालन गरिने बताउनुभयो…
कुष्ठरोग विरुद्ध ३१ वर्षको यात्रा: बस्ती–बस्तीमा सेवाको दीप बाल्ने टीकाराम अधिकारी
पाल्पा जिल्लाको साविक वन्दिपोखरा गाउँ विकास समिति (हालको तानसेन नगरपालिका ११) मा जन्मिएका टीकाराम अधिकारीको बाल्यकाल संघर्ष, कठिनाई र ग्रामीण अभावबीच बित्यो। त्यतिबेला पाल्पाका गाउँहरूमा स्वास्थ्य सुविधा पाउनु फलामे च्युरा चपाउन सरह थियो। गाउँमा कोही मानिस अचानक बिरामी पर्दा वा प्रसव वेदनाबाट छटपटाउँदा उसलाई स्टेचर वा डोकोमा बोकेर तानसेन बजार पुर्याउन मात्रै कम्तीमा तीन घण्टा उकालो–ओरालो हिँड्नुपर्थ्यो। बाटोमै बिरामीले ज्यान गुमाएका धेरै कहाली लाग्दा दृश्यले बालमस्तिष्कमा गहिरो चोट पारेको थियो। त्यही पीडा र छटपटीले उनको अवचेतन मनमा एउटा दृढ संकल्प जन्माएको थियो- “ठूलो भएर जनताको जीवन बचाउने स्वास्थ्य क्षेत्रमै केही…
कुष्ठरोग निवारणका लागि अझै व्यापक जनचेतनाको आवश्यकता : स्वास्थ्य सचिव श्रेष्ठ
स्वास्थ्यसमाचार/ नेपाल कानुन समाज ले नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिहरूको अधिकार तथा भावी रणनीतिसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । समाजका केन्द्रीय सदस्य पदम वैद्धिकको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव श्रेष्ठले कुष्ठरोग निवारणका लागि अझै व्यापक जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालले निवारणको घोषणा गरे पनि संक्रमण पूर्णरूपमा अन्त्य नभएको उल्लेख गर्दै समुदायस्तरमा सचेतना, प्रारम्भिक पहिचान र उपचारलाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो…
२४सय कुष्ठरोग संक्रमितमध्ये १५४ बालबालिका: बढ्दो जोखिमप्रति सरकार गम्भीर
स्वास्थ्यसमाचार/ सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेको पाइएपछि सरकारले यसलाई गम्भीरतापूर्वक लिएर नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको हो । कुष्ठरोग केवल एउटा स्वास्थ्य समस्या मात्र नभएर मनोवैज्ञानिक, सामाजिक, आर्थिक र मानव अधिकारसँग जोडिएको गम्भीर विषय भएको सरोकारवालाहरूले बताए । नेपालले सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरे पनि हाल १६ जिल्लामा यसको प्रकोप पुनः देखिएको उनीहरुले बताए । बालबालिकाहरूमा समेत संक्रमण दर उच्च रहेको…
रुपन्देही कुष्ठरोगीको जोखिममा,छ महिनामा ५१ जना कुष्ठरोगी भेटिए
स्वास्थ्यसमाचार /७३औँ विश्व कुष्ठरोग दिवसको अवसरमा रुपन्देहीमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना, ल्याप्रोसी मिशनको सहयोग तथा तिलोत्तमा नगरपालिकाको समन्वय र व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा रुपन्देहीमा हालसम्म २०६ जना पुराना कुष्ठरोगी रहेको र चालु आर्थिक वर्षमा ५१ जना नयाँ बिरामी थपिएको छन। तीमध्ये तिलोत्तमा नगरपालिकामा मात्र १६ जना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाले बताउनुभयो । उहाले जिल्लामा कुष्ठरोगको समयमै पहिचान, निःशुल्क औषधि वितरण, नियमित फलोअप तथा समुदायस्तरको सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको वताउनु…
सियारीमा स्वयम्–हेरचाह समूह मार्फत आत्मनिर्भर बन्दै हात्तिपाइले र कुष्ठ प्रभावित समुदाय
स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकामा हात्तिपाइले, कुष्ठरोग प्रभावित तथा अति विपन्न समुदायलाई लक्षित गरी गठन गरिएको स्वयम्–हेरचाह समूहले आत्मनिर्भरतातर्फ उल्लेखनीय काम गरिरहेको छ। प्रेरणा परियोजना र सियारी गाउँपालिकाको सहकार्यमा करिब तीन वर्षअघि सुरु गरिएको यस समूहका पदाधिकारी तथा सदस्यहरू पशुपालन र मत्स्यपालनमार्फत जीविकोपार्जनमा आत्मनिर्भर बन्दै गएका छन्।स्वयम्–हेरचाह कृषि समूहअन्तर्गत महिलाहरूले माछापालन, कुखुरा, हाँस, बाख्रा तथा भैँसीपालन गर्दै आम्दानीको स्रोत विकास गरेका छन्। परियोजनाले बीउ पूँजीस्वरूप ७० हजार रुपैयाँ र गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग गरी जम्मा १ लाख ७० हजार रुपैयाँको कोष स्थापना गरिएको थियो। सो कोषबाट समूहका सदस्य महिलाहरूलाई आवश्यकताअनुसार रकम…
रुपन्देही कुष्ठरोगको जोखिममा,४ महिनामा ३७ जना नयाँ बिरामी फेला
स्वास्थ्यसमाचार/रुपन्देहीमा आर्थिक बर्षको पहिलो चौमासिक(साउन देखि कार्तिक सम्म ) ३७ जना कुष्ठरोगका बिरामी फेला परेका छन । द लेप्रोसी नेपालको आयोजना तथा स्वास्थ्य कार्यालय रुपन्देहीको समन्यनमा भएको अन्र्तक्रियामा उक्त कुरा बताईएको हो । अन्र्तक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ क्षयकुष्ठ अधिकृत टीकाराम अधिकारीले ४ महिनामा ३७ जना पत्ता लागेका र त्यस मध्ये१७ जना महिला रहेको बताउनु भयो । उहाले रुपन्देहीमा सचेतिकरण, पहिचान ,उपचार व्यवस्थापन र रोकथाम गरि ४ तरिकाबाट काम भैरहेको अधिकारीले बताउनुभयो । रुपन्देहीमा आ. व. २०८१ / ८२ मा १ सय ७८ जना बिरामी उपचारमा थिए सोही…
रुपन्देहीमा क्रस–बोर्डर क्षयरोग नियन्त्रणबारे १ दिने अभिमुखीकरण
स्वास्थ्यसमाचार/ रुपन्देही क्रसबोर्डर क्षेत्रमा कार्यरत सरोकारवालाहरु लाई क्षयरोग सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।बिएनएमटी नेपालको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको समन्वयमा भैरहवामा क्षयरोग सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमा थापाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रम सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा वोल्दै स्वास्थ्य कार्यलय रुपन्देहीका बरिष्ठ क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारीले जिल्लाको अबस्था संख्या भैरहेको काम र क्षयरोग रोकथाम तथा सचेतना अपनाउनु पर्ने कुराको जानकारी गराउनु भयो । कार्यक्रममा भैरहवा भन्सारका निमित्त प्रमख…
रुपन्देही कुष्ठरोगीको जोखिममा,जिल्लामा १७० जना कुष्ठरोगी भेटिए
स्वास्थ्यसमाचार/ नेपाललाई २०६६ सालमा कुष्ठरोग निवारण देश घोषणा गरिएको १६ वर्ष बितिसक्दा पनि अझै पूर्ण निवारण हुन सकेको छैन। रुपन्देहीका स्वास्थ्य अधिकृतहरूले जनचेतनाको कमी र रोग लुकाउने प्रवृत्तिका कारण नेपालमा कुष्ठरोग निवारण हुन नसकेको बताएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीका अनुसार, २०८०/०८१ को अन्त्यतिर नेपालका १८ वटा जिल्ला अझै कुष्ठरोगमुक्त हुन बाँकी रहेको बताउनु भयो। रुपन्देही पनि यस सूचीमा पर्दछ। सरकारले कुष्ठरोगीलाई निःशुल्क औषधी उपलब्ध गराए पनि यहाँ कुष्ठरोग मुक्त हुन नसक्नु चिन्ताको विषय बनेको अधिकारीले बताउनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकअनुसार, जिल्लामा हाल १७० जना…


