लुम्बिनी प्रदेशमा कुष्ठरोगीहहरूको संख्या वर्षेनी बृद्धि आएन कमी

स्वास्थ्यसमाचार/सरकारले एक दशक अघि नै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि लुम्बिनी प्रदेशमा भने अझैं पनि कुष्ठरोगीको संख्यामा आशातित कमी आउन सकेको छैन। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा कुष्ठरोगीहहरूको संख्यामा वर्षेनी बृद्धि भइरहेको छ।लुम्बिनी प्रदेश का नवलपरासी, कपिलवस्तु, बाँके र रुपन्देही जिल्लामा कुष्ठरोग प्रभावितहरुको संख्या उच्च पाइएको हो । लुम्बिनी प्रदेशका नवलपरासी, कपिलवस्तु, बाँके र रुपन्देही जिल्लामा कुष्ठरोग प्रभावितहरुको संख्या उच्च पाइएको हो । नयाँ रोग पत्ता लाग्ने दर समेत यी जिल्लाहरुमा उच्च रहेको छ । प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार यी जिल्लाहरुमा प्रति १० हजार जनामा…

आज ७१औँ विश्व कुष्ठरोग दिवस :लुम्बिनी प्रदेशमा ५ सय ६७ कुष्ठरोगी

स्वास्थ्यसमाचार/एकहत्तरौं विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठ रोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ । स्वास्थ्य सेवा विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनी सुरुकै अवस्थामा रोगको निदान र…

पाल्पा कुष्ठरोग निवारणको चरणमा, १२ जना कुुष्ठरोगी

स्वास्थसमाचार/ संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशक अघि नै घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन । रोग निवारणको घोषणा भएको लामो समयपछि पाल्पा भने कुष्ठरोग निवारणको चरणमा पुगेको छ । विगतका वर्षहरुको तुलनामा पाल्पामा कुष्ठरोगीहरुको संख्यामा कमी हुँदै गएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताउनुभयो । उहाँले भन्नुुभयो,‘पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ कुष्ठरोग अन्त्य पनि भइनसकेको र विकराल समस्या पनि छैनन् ।’…

रुपन्देही,बाँके,बर्दिया,सहित१६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

स्वास्थ्यसमाचार /नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ । ७०औँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा आज ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेको जानकारी दिइयो । अन्तरक्रियामा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने बताए ।“कुष्ठरोग नियन्त्रणका लागि जनचेतना जगाउनु आवश्यक छ, यहाँ विद्यार्थी भाइबहिनी पनि छन् ।…

कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौ

कुष्ठरोग छाला र नशामा लाग्ने श्वास प्रश्वासको माध्याम बाट मानिसबाट मानिसमा सर्ने एक प्रकारको कम सरुवा धेरै पुरानो रोग हो । यो रोग माइको ब्याक्टेरीयम लेप्रे नामक जिवाणु बाट लाग्दछ कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौ भन्ने मुल नाराका साथ यो बर्ष ७०औ विश्व कुष्ठरोग दिवश बिभिन्ना कार्यक्रमका साथ मनाइदैछ । यो एक विश्वभर कुष्ठ प्रभावित मानिसहरुको आवाज उठाउने अवसर हो । यस बर्षको नाराले कुष्ठ रोगलाइ प्राथामिकतामा राखेर अहिले बाट पहल गरे कुष्ठरोग उन्मुलन सम्भव छ भन्ने कुरा सन्देश दिना खोजिएको छ ।विस्व कुष्ठरोग दिवश विश्वका प्रशिद्ध मानवताबादी रावल…

लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । ७० औँ कुष्ठरोग दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको हो । हाल देशभर देशभर २ हजार १ सय ७३ जना कुष्ठरोग बिरामी छन् । जसमध्ये लुम्बिनी प्रदेशमा मात्रै ५८४ कुष्ठरोगीहरु रहेका छन् । निर्देशनालयका निर्देशक डा विनोद गिरीले लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियासहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च रहेको बताए । सबै भन्दा धेरै बारा जिल्लामा कुष्ठरोगीका विरामीहरु…