मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बागलुङ बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीमाथि कालो मोसो दलेको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति बागलुङले कार्यालयतर्फ आउँदै गर्दा बिहान पौने १० बजेतिर गाउँपालिका-६ खाल स्थित मध्यपहाडी लोकमार्गमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केसीलार्ई कालो मोसो दलेको गाँउपालीका स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘बिहान कार्यालय आउँदा बाटोमा मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्ययताले कालो मोसो दलेको भन्ने जानकारीमा आएको छ ।’ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बागलुङ कमिटीले विज्ञप्ति जारी गर्दै म्याद…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
रुकुम पश्चिममा खुकुरी प्रहार वाट १४ वर्षीय वालकको मृत्यु एक घाइते
स्वास्थ्य समाचार/रुकुम पश्चिममा एक बालकको खुकुरी प्रहारबाट हत्या भएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ११ मा रोल्पाको परिवर्तन गाउँपालिका ४ पाछावाङका अन्दाजी १४ वर्षीय निर्मल डाँगीको खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । अर्का एकजना घाइते भएका छन् । मुसीकोट नगरपालिका ११ काफलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले डांगीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट मुसीकोट नगरपालिका ११ कै ४१ वर्षीय सुकलाल पुन घाइते हुनु भएको छ ।डिएसपी भट्टराईका अनुसार डाँगीको घाँटी रेटेर हत्या गरिएको छ ।…
सियारीद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री प्रदान
स्वास्थ्यसमाचार /रुपन्देहीको सियारी गाउँपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री बितरण गरेको छ ।पालिकाले ११ जना जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको हो । पालिकामा आएका १४ जनाको निवेदन मध्ये ११ जनालाई ट्राई साईकल, ह्वील चियर र बैसाखी बितरण गरेको छ ।बाँकी रहेका ३ जना उपस्थित नभएका कारण प्रदान नगरिएको र आवश्यकता आधारमा पछि प्रदान गरिने पालिकाले जनाएको छ । गाउँपालिकाले आर्थिक अबस्था र शारिरिक अबस्था कमजोर भएका व्यक्तिहरु पनि सहजरुपमा हिँडडुल गर्न पाउन भन्ने उद्धेश्यले सहायता सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । गाउँपालिकाले महिला…
बुटवल १७ मोतीपुरमा निःशुल्क स्वास्थ्य शिबिर
हरिश ढकाल स्वास्थ्यसमाचार/ स्थानिय स्तरमा आम जनताका लागि स्वास्थ्य सेवा प्रबद्र्धन गर्ने उद्देश्यले रुपन्देहीको मोतीपुर मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगर पालिका १७ मोतीपुर स्थित एभरग्रीन पब्लिक बोर्डिङ स्कुलमा सम्पन्न सो निःशुल्क स्वास्थ्य शिविरमा झण्डै १ हजार जनाले सेवा प्राप्त गरेका छन् । बुटवल १७ मोतिपुर स्थित एभरग्रीन पब्लिक बोर्डिङ स्कुलको रजत महोत्सव अर्थात २५ औं बार्षिक उत्सवका अवसरमा ढकाल समाज प्रतिष्ठान र सामुदायिक सिकाई केन्द्रको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावकहरुलाई लक्षित गरि संचालन गरिएको सो निशुल्क स्वास्थ्य…
एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु
स्वास्थ्यसमाचार/एमबीबीएस (डाक्टर) अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । पर्साको वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी दुबै जना वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । वीरगञ्ज महानगरपालिका १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा उनी दुवै विद्यार्थीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।…
तिलोत्तमा नगरप्रमुख खाँणद्वारा ॐ महिला तथा बाल अस्पतालको उद्घाटन
स्वास्थ्यसमाचार/ स्वस्थ, स्वच्छ र सभ्य समाज निमार्णका लागी राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्ने सरोकार वालाहरूले बताएका छन।तिलोत्तमामा खुलेको ॐ महिला तथा बाल अस्पतालको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले कुनैपनि स्वास्थ्य उपचारको अभावमा मृत्यु बरण गर्नपर्ने अबस्थाको अन्त्य कालागी राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्नेमा जोड दिएका हुन । उदघाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँणले भौतिक बिकास संगै मानविय बिकास जरुरी रहेकाले स्वास्थ्य र शिक्षाका क्षेत्रमा तिलोत्तमा लाई अगाडी बढाउने रणनीतिक हिसाबले अघि बढेको बताउनु भयो। नगरप्रमुख खाँणले तिलोत्तमा स्थापना भएकोे ॐ महिला तथा बाल अस्पतालको…
१० करोडको लगानीमा तिलोत्तमामा खुल्यो महिला तथा बाल अस्पताल
स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १० करोड बढिको लगानीमा ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ। अस्पतालको आइतबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने अस्पतालले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो। सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरिका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि ओम महिला तथा बाल अस्पताल स्थापना गरेको अस्पतालका अध्यक्ष शारदा तिवारीले जानकारी दिइन। स्थानीय सरकार तिलोतमा नगरपालिकाबाट १५ बेड को स्वीकृति लिई २०७७ साल श्रावण ७ गते शिलान्यास गरिएको अस्पतालले २०८० साल जेष्ठ बाट निःशुल्क सेवा र श्रावण बाट नियमित सेवा दिईरहेको उनले जानकारी…
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नर्सिङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ
स्वास्थ्यसमाचार /नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेश सचिव भएकी छिन्। हाल प्रमुख अस्पताल प्रशासक नर्सिङ रहेकी उनलाई लुम्बिनी प्रदेश सचिव बनाइएको हो। श्रेष्ठ एघारौं तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत थिइन्। हालका स्वास्थ्य सचिव डा जनार्दन पन्थीलाई मन्त्रालय अन्तर्गत नै राखिएको छ। सरुवा सूची अनुसार नारायण प्रसाद रिसाल गृहबाट अर्थ मन्त्रालय, सेवन्तक पोखरेललाई अर्थबाट मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा, सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोगबाट गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवमा, वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गृह मन्त्रालयमा, परराष्ट्रका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेशको…
शुद्धोधन २का महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण
स्वास्थ्यसमाचार/ महिला स्वास्थ्य स्वयंसेविका सुनिता चौधरीलार्ई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उहाँको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो । चौधरीलार्ई वडा कार्यालयले साइकल वितरण गरेको छ । साइकल पाएपछि उहाँले अब आवत जावतमा सहज हुने बताउनुभयो । “हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो”, चौधरीले भन्नुभयो, “ वडा कार्यलयले समयमै बुझेछ । साइकल दियो । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।” स्वयंसेविका करुणा खड्काको घरबाट स्वास्थ्य संस्था पुग्न एक घण्टा…
जाजरकोटमा विशेषज्ञ डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख भत्ता
स्वास्थ्यसमाचार/भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख भत्ता दिइने भएको छ। अस्पतालमा नवौं तहका कन्सलटेन्ट डाक्टरलाई करारमा नियुक्त गर्दै तलबभत्ता र थप एक लाख भत्ता पनि दिइन लागिएको हो। विशेषज्ञ डाक्टरलाई नेपाल मेड नेपालु नामक संस्थाले प्रति महिना तलब भत्ता बाहेक थप एक लाख भत्ता दिने भएको हो। उक्त भत्ता करारका चिकित्सकलाई अहिले एक वर्षका लागि उपलब्ध गराइने बताइएको छ। नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो। केही दिन अघी भुकम्पपछी लामो समय जाजरकोटमा बसेर काम गरेकी सांसद डा तोसिमा कार्कीले जील्ला…

