सियारीद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री प्रदान

स्वास्थ्यसमाचार /रुपन्देहीको सियारी गाउँपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री बितरण गरेको छ ।पालिकाले ११ जना जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको हो ।

पालिकामा आएका १४ जनाको निवेदन मध्ये ११ जनालाई ट्राई साईकल, ह्वील चियर र बैसाखी बितरण गरेको छ ।बाँकी रहेका ३ जना उपस्थित नभएका कारण प्रदान नगरिएको र आवश्यकता आधारमा पछि प्रदान गरिने पालिकाले जनाएको छ ।

गाउँपालिकाले आर्थिक अबस्था र शारिरिक अबस्था कमजोर भएका व्यक्तिहरु पनि सहजरुपमा हिँडडुल गर्न पाउन भन्ने उद्धेश्यले सहायता सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

गाउँपालिकाले महिला बिकास शाखा मार्फत ९ वटा ट्राई साईकल र १÷१ वटा ह्वील चेयर र बैसाखी प्रदान गरेको हो ।गाउँपालिका अध्यक्ष घिमिरे सहित उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थीले सहायता सामाग्री बितरण गरेका हुन् ।

पालिकाले गत बर्ष पनि अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वापत ७ वटा ह्वील चियर र एउटा बैसाखी वितरण गरिएको महिला विकास शाखा ईन्चार्ज लक्ष्मी कार्कीले जानकारी दिइन् ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष तारा थारुको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेल को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित शिर्षक :