जाजरकोटमा विशेषज्ञ डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख भत्ता

स्वास्थ्यसमाचार/भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख भत्ता दिइने भएको छ। अस्पतालमा नवौं तहका कन्सलटेन्ट डाक्टरलाई करारमा नियुक्त गर्दै तलबभत्ता र थप एक लाख भत्ता पनि दिइन लागिएको हो।

विशेषज्ञ डाक्टरलाई नेपाल मेड नेपालु नामक संस्थाले प्रति महिना तलब भत्ता बाहेक थप एक लाख भत्ता दिने भएको हो। उक्त भत्ता करारका चिकित्सकलाई अहिले एक वर्षका लागि उपलब्ध गराइने बताइएको छ। नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो।

केही दिन अघी भुकम्पपछी लामो समय जाजरकोटमा बसेर काम गरेकी सांसद डा तोसिमा कार्कीले जील्ला अस्पतालमा जनशक्तिको अभाव देखेर प्रदेश सरकारलाई करार दरवन्दीमा विशेषज्ञ डाक्टर पठाउन अनुरोध गरेको तर सारकारको तलबमा कसैले पनि सुचना अनुसार दरखास्त नदिएको बताउदै एक जर्मनी संस्था सँग एक वर्षका लागी छ जना विशेषज्ञ डाक्टरलाई तलबभत्ता बाहेक थप १ लाख मासिक दिन आग्रह गरेको बताएकी थिइन्।

जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइने कोलो जिस्ट,कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो।उक्त सूचना अनुसार करारमा काम गर्न जाने डाक्टरहरूलाई संस्थाले एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले जनाएको छ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय विरेन्द्रनगर सुर्खेतको जाजरकोट अस्पताको लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारमा लिने सम्बन्धि सूचना भए अनुसार उल्लेखित चिकित्सक करार सेवामा नियूक्ति गरि पठाइएको छ।

जनशक्तिलाई कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले निर्धारण गरेको सेवा सुविधाको अतिरिक्त नेपाल मेड नेपालको सहयोगमा जिल्ला अस्पताल विकास समितिको निर्णय अनुसार स्वास्थ्य सेवा कार्यालय जाजरकोट बाट थप प्रोत्साहन भत्ता वापत प्रति चिकित्सक लाई प्रति महिना रु एक लाख उपलब्ध गराउने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, अस्पताल विकास समिति अध्यक्ष डम्बर सिंह ठकुरीद्वारा जारी सूचनामा उल्लेख छ।

सम्बन्धित शिर्षक :