बुटवल १७ मोतीपुरमा निःशुल्क स्वास्थ्य शिबिर

हरिश ढकाल

स्वास्थ्यसमाचार/ स्थानिय स्तरमा आम जनताका लागि स्वास्थ्य सेवा प्रबद्र्धन गर्ने उद्देश्यले रुपन्देहीको मोतीपुर मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगर पालिका १७   मोतीपुर स्थित एभरग्रीन पब्लिक बोर्डिङ स्कुलमा सम्पन्न सो निःशुल्क स्वास्थ्य शिविरमा झण्डै १ हजार जनाले सेवा प्राप्त गरेका छन् ।

बुटवल १७ मोतिपुर स्थित एभरग्रीन पब्लिक बोर्डिङ स्कुलको रजत महोत्सव अर्थात २५ औं बार्षिक उत्सवका अवसरमा ढकाल समाज प्रतिष्ठान र सामुदायिक सिकाई केन्द्रको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावकहरुलाई लक्षित गरि संचालन गरिएको सो निशुल्क स्वास्थ्य शिविरमा स्थानिय आम जनतालाई पनि स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी बितरण गरिएको एभरग्रीन पब्लिक बोर्डिङ स्कुलका अध्यक्ष बाला तिवारीले बताउनु भयो ।

स्वास्थ्य शिविरबारे जानकारी दिँदै अध्यक्ष तिवारीले विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै लोक कल्याणकारी कार्यहरु पनि गर्दै आएको बताउनु भएको छ । मानव जीवनका लागि शिक्षा र स्वास्थ्य अत्यन्तै महत्वपुर्ण बिषय भएकोले बिद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष तिवारीको भनाई छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानम्बर १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मी, वडा नम्बर १९ का अध्यक्ष चन्द्र सिंह थापा, बिद्यालयमा प्राचार्य कपिल ढकाल, नेपाल ढकाल समाज रुपन्देहीका अध्यक्ष खेमराज ढकाल, नगर सचिव दीपक ढकाल लगायतले स्वास्थ्य शिविरको महत्वबारे चर्चा गरेका थिए ।

शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सकहरु, स्टाफ नर्स लगाएतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण, ल्याव परिक्षण र औषधी बितरण गरेका थिए ।

सम्बन्धित शिर्षक :