स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नं. १३ जितगढीमा रहेको एडमण्ड सीटी हस्पिटल र संयुक्त भुपु सैनिक एवं प्रहरी कल्याण महासंघ नेपालका बिच ईसिएचएस कार्यक्रम संचालनमा सम्झौंता भएको छ । हस्पिटलका अध्यक्ष प्रकाश राना र महासंघका सहअध्यक्ष क्याप्टेन किशन बहादुर थापाका बिचमा आईतबार ११ बुदे सम्झदारी पत्रमा हस्ताक्षर भएको हो । भारतीय सेनाबाट अवकास प्राप्त गरेका भूपु सैनिक र उनिहरुको आश्रीत परिवारलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य सहित हस्पिटल र महासंघका बिचमा सम्झौंता गरिएको सहअध्यक्ष थापाले जानकारी दिनुभयो । भूपु सैनिक र परिवारले घाईते वा बिरामी भए उपचार गराउनको लागि एडमण्ड सीटी हस्पिटल…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
तिलोत्तमाका १४जना स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण
स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका १४ जना महिला स्वास्थ्य स्वयम् सेविका हरुलाई साइकल वितरण गरिएको छ ।चालू आर्थिक वर्षको कार्यक्रम अनुसार तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ मार्फत महिला स्वास्थ्य स्वयम् सेविका हरुलाई साइकल दिएको वडा अध्यक्ष गणेश पाठकले बताए। आइतबार एक औपचारिक कार्यक्रमकाबीच तिलोत्तमा वडा नम्बर(६ का सबै जनप्रतिनिधि र कर्मचारी तथा स्वास्थ्यअधिकृत एबम स्वास्थ्यकर्मीको उपस्थितिमा महिला स्वास्थ्य स्वयम् सेविका हरुलाई प्रोत्साहनको लागि साइकल हस्तान्तरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण,वडा नम्बर(६ का अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य नर बहादुर छन्तेल,वडा सदस्य पूर्णप्रसाद आचार्य संजय, गोबिन्द प्रसाद…
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा
स्वास्थ्यसमाचार/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमारसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सर्लाही लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा ुएन्टिभेनम प्रडक्सन एण्ड रिसर्च सेन्टर नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेको देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नामको गैरसरकारी संस्थालाई सरकारी रकम उपलब्ध गराई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। सर्पदंश विरूद्धको खोप उत्पादन तथा रिसर्च सेन्टर स्थापना गर्ने कार्यका लागि छुट्याइएको…
राप्तीमा दुई पटक विज्ञापन गर्दा पनि आएनन् मेडिकल अफिसर
स्वास्थ्यसमाचार/दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आबेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताए । चार जनाको लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उनको भनाइ थियो।पचास शै्याको उक्त अस्पतालमा एकसय ५० जनाका लागि सेवा सञ्चालन हुँदै आएकामा अब दुई सय शै्याबनाउनका लागि प्र्देश सरकारले कसरत थालेको छ । डायोलाइसिस तथा प्रसुतिलगायत सेवामा अझै पनि जनशक्ति अभाव छ । जनशक्ति अभावकै…
नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा कार्यक्रम महत्त्वपूर्ण :संघीय सांसद थापा
स्वास्थ्यसमाचार/ प्रतिनिधि शभा सदस्य सुर्य थापाले नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । स्वास्थ्य बीमामा जनताको पहुँच अभिवृद्धि गर्न स्थानीय तहको भुमिका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा थापाले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको घरदैलो भित्र पुर्याउन सकेमात्र स्वास्थ्यको पहुँच बाहिर रहेका जनतालाई स्वास्थ्यको पहुँचमा जोड्न सकिने बताए । स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौंको आयोजनामा शनिवार प्युठानमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै सांसद थापाले स्वास्थ्य बीमामा जनतालाई जोडेर लैजान स्थानीय सरकार बढी चनाखो हुनुपर्ने बताए । जनतासंगको निकट्ता पालिका वडा कार्यालयनै हुन ।…
इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर: परराष्ट्र मन्त्रालय
स्वास्थ्यसमाचार/इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ
समयसीमा तोकेर काम गर्न स्वास्थ्य मन्त्री राजु खनालको निर्देशन
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले परिणाम देखिने गरि काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनु भएको छ । मन्त्रालयमा भएको कर्मचारी सहितको बैठकमा मन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरि समयसीमा तोकेर काम गर्न आग्रह गर्नु भयो । चालू आर्थिक वर्षदेखि सुरू हुने गरि मन्त्रालयले ल्याएका कार्यक्रम कार्यान्वयनका लगी आबश्यक केही कार्यविधि अझै सम्म नबनेको प्रति असन्तुष्टी ब्यक्त गर्दै स्वास्थ्य मन्त्री खनालले सबै कार्यविधि तीन दिन भित्र बनाइसक्न निर्देशन दिनुभयो । जिम्मेवारीमा रहेका काम समयमै सम्पन्न गर्नुस, कुनै पनि काम पेण्डिङमा नराख्नु, यहाँ काम गर्ने मन छैन भने भन्नुस् अन्यत्र जाने ब्यबस्था…
पाल्पामा डेंगु नियन्त्रण सम्बन्धि जनप्रतिनिधि संग अन्तरक्रिया
स्वास्थ्यसमाचार/पाल्पा जिल्लामा डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीसंग अन्तरक्रिया सुरु भएको छ सुरु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर बर्न डिजिज शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले डेंगीको अवस्था, जोखिम क्षेत्र, सचेत हुनुपर्ने विषयहरु, रोकथामका उपाय, अपनाउनुपर्ने साबधानीलगाएतका विषयमा सहजिकरण गर्नुभएको छ । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाको सहजिकरणमा सञ्चालन भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरिले सबै सचेत भएर योजना बनाएर काम गरे मात्र डेंगी रोग नियन्त्रणमा आउन सक्ने बताउनुभयो । कार्यक्रममा युनाईटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज लगाएत अन्य संस्थाका प्रतिनिधीहरुले…
सम्पत्तिको स्रोत नखुलेपछि अहेवविरुद्ध ९० लाख बढीको भ्रष्टाचार मुद्दा
स्वास्थ्यसमाचार/स्याङ्जाको चापाकोट नगरपालिकाको कार्यालय, चापाकोटका सिनियर अहेव बिन्दु कोइरालाविरुद्ध ९० लाख ३९ हजार ६२० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सेवामा रहेको मिति २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्मको अवधिमा कोइरालाको आयभन्दा व्यय धेरै देखिएको छ । सो अवधिमा निजको आयतर्फ दुई करोड ९७ लाख ८१ हजार ८०२ रुपियाँ रहेकोमा सोही अवधिमा विभिन्न शीर्षकमा तीन करोड ८८ लाख २१ हजार ४२२ रुपियाँ व्यय रहेको हुँदा ९० लाख ३९ हजार ६२० रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पुष्टि भएको आयोगको…
आम्दा अस्पतालमा ११ लाख लागतमा निर्मित पिउने पानी टंकीको उद्घाटन
स्वास्थ्यसमाचार/बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पुनःनिर्माण गरिएको खानेपानी टंकी उद्घाटन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ र बुटवल लायनेश क्लवले संयुक्त रुपमा पुनःनिर्माण गरेको खानेपानी टंकी बिहिबार बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझाले उद्घान गर्नुभएको हो । खानेपानी टंकीको उद्घाटन गर्दै पूर्वअध्यक्ष वझाले अस्पतालको मुल गेट नजिक रहेको खानेपानीले धेरैलाई फाइदा पुग्ने बताउनु भयो । उहाँले आम्दा अस्पतालमा बुटवल उद्योग बाणिज्य संघको ठूलो योगदान रहेको बताउँदै अस्पतालको विकास र संरक्षणमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आम्दा अस्पतालको विकासमा संघले काम गरिरहेको भन्दै…

