स्वास्थ्यसमाचार /पाल्पामा डेंगु संक्रमण बढेपछि परीक्षण गर्ने किट अभाब भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले डेंगु संक्रमण बढेपछि परीक्षण गर्ने किट सरकारले उपलब्ध गराउन नसकेकाले एउटा पनि किट नभएको बताए । स्वास्थ्य कार्यालयले तानसेनमा राखेकोे अभिमुखीकरणमा बोल्दै उनले भने, ‘सरकारले निःशुल्क किट उपलब्ध गराउने भनेको छ तर हामीसँग भने किटको अभाव छ ।’ अस्पतालहरुमा भने लक्षण देखिएका र सस्पेक्टेड बिरामीको संख्या दैनिक वृद्धि भएको छ डा गिरीले भने। पाल्पाका बिभिन्न अस्पतालमा दैनीक ४० देखी ५० जना सम्म डेंगु संक्रमण बिरामीमा परिक्षण गर्न आएको बताए। भदौ,…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
प्रस्तावित भालुबाङ्ग अस्पतालमा विशेषज्ञ सेवासहित शल्यक्रिया मार्फत प्रसुति सेवा सुरु
स्वास्थ्यसमाचार/ दाङकाे राप्ती गाउँपालिका वडा नं. २ लालमटियाका रामकृष्ण पौडेल प्रफुल्लीत मुद्रामा प्रस्ताविक भालुवाङ अस्पताल भालुवाङको प्रागणमा देखिए । उनी खुसी व्यक्त गर्दै भने विशेषज्ञ चिकित्सकसँगै आफ्नै घर आगँनमा सेवा लिन पाउदा मलाई अन्यत्र जानु परेन । जसका कारण समय र पैसा दुबैको बचत भयो । अव पौडेल जस्ता धेरै विरामी उपचारका लागि भन्दै बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ । आजदेखि प्रस्तावित भालुवाङ अस्पतालमा विशेषज्ञ सेवा सहित शल्यक्रिया मार्फत प्रसुति सेवा सञ्चालन हुने भएको छ । निक साइमन इन्सिच्यूटको प्राविधिक सहयोगमा प्रस्तावित भालुवाङ अस्पतालमा आज देखि विशेषज्ञ सेवा…
गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको राजीनामा
स्वास्थ्यसमाचार/ पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन् । एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई डेलिभरी अस्पतालमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् । डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् । पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा। टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताएका छन्…
पाल्पाको निस्दी गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे सेवा सुरु
स्वास्थ्यसमाचार/ गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपर्थ्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपर्थ्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ । पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । पलिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिए । वडा नं १ को बाकामलाङ स्वास्थ्य चौकीमा हरेक महिनाको २३ गते, वडा नं २ को सहलकोट स्वास्थ्य…
भण्डारीले पुनःसम्हाले भीम अस्पताल अध्यक्षको जिम्मेवारी
स्वास्थ्यसमाचार/ भीम अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी पुनः नारायण प्रसाद भण्डारीले सम्हालेका छन् । तत्कालीन अध्यक्ष भण्डारीलाई हटाएर लुम्बिनी प्रदेश सरकारले २०७८ फागुन २३ गते कुल प्रसाद न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको थियो । प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरोन्नती नियमावली २०७७ को नियम २५ बमोजिम ४ वर्षे कार्यकालका लागि नियुक्त भएकोमा सरकारले तोकिएको निश्चित पदावधि पुरा नहुँदै २०७८ पुस २५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेको थियो । तर, तीन वर्षको कार्यकालका लागि नियुक्त भए पनि समयावधि रहँदै आफूलाई हटाएको भन्दै भण्डारी सर्वोच्च अदालत पुगेका थिए ।…
काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा डेँगुका बिरामीको चाप
स्वास्थ्यसमाचार/ काठमाडौँ उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेँगुको उपचारका लागि बिरामीको चाप पनि बढेको छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुनेमौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको रोग लाग्ने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सन्जयकुमार ठाकुरले साउनदेखि केही शहरमा डेँगुका बिरामी बढेको बताउछन्नु । उनका अनुसार ललितपुर, काठमाडौँ र रुपन्देहीमा डेँगुका बिरामी बढी रहेको छन् । ललितपुरमा…
देशभर २७१ जना कोरोनाका संक्रमित थपिए, थप १ को मृत्यु
स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२० जनामा परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ४८५ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र १ हजार ४३५ एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ सय ७५ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ रहेको छ ।पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु…
बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माण हुने
स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । सघिय सरकारबाट बजेट स्वीकृत भइ निर्माणको प्रक्रिया अगाडि बढेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनु भयो । कुल ३३ करोडको लागतमा बन्न लागेको ट्रमा सेन्टरको यो बर्ष ४ करोड रुपैया बजेट बिनियोजन भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । ट्रमा सेन्टर निर्माणका लागि आवश्यक पर्ने जग्गा जमिन प्राप्तिका लागी राष्ट्रिय आवास कम्पनीसङ्ग आवस्यक समन्वय र सहजीकरण गर्नका लागि नगर प्रमुख श्रेष्ठको संयोजकत्वमा समिति बनेर काम भइरहेको नगरपालिकाले बताएको छ ।
चौबिस घण्टामा थप २२६ जनामा कोरोना संक्रमण, २२३ जना डिस्चार्ज
स्वास्थ्यसमाचार/ पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ सय २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ११ नमुना परीक्षण गर्दा २ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६७, ललितपुरमा १५ र भक्तपुरमा ३ जना गरी उपत्यकामा ८५ जना संक्रमित थपिएका छन् । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३५ रहेको छ । त्यसैगरी…
आर्थिक अभावले उपचार नपाउँदा ११ वर्षीय रामु बुढाथोकी नारकीय जीवन बिताउँदै
स्वास्थ्यसमाचार/ गुल्मीको सत्यवती गाउँपालिका– ५ हँसराका कमल बुढाथोकी १७ वर्षदेखि भारतमा रोजगारमा थिए । तर, छोरा रामु बुढाथोकीमा मानसिक समस्या देखिएपछि उनी गाउँ फर्के । बुटवलको आम्दा, नेपालगन्ज हुँदै भारतसम्म पुर्याएर उपचार गरे । भारतमा राम्रै जागिर गर्ने भएकाले उनले सकेसम्म छोराको उपचार गराए । तर, रामुलाई बीसको उन्नाइस भएन । छोराकै उपचारका लागि भनेर उनले जागिर पनि छाडे । अहिले उनी गाउँमै बस्छन् । ११ वर्षीय रामु कमल बुढाथोकीका जेठा छोरा हुन् । जन्मेदेखि नै उनी स्वस्थ थिएनन् । उमेर बढ्दै जाँदा रामुले अरू बालबालिकाले भन्दा फरक चरित्र देखाउन थाले । अहिले उनलाई हात–खुट्टा बाँधेर राख्ने गरिएको छ । उनी…