१० करोडको लगानीमा तिलोत्तमामा खुल्यो महिला तथा बाल अस्पताल

माघ ७ गते अस्पतालको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १० करोड बढिको लगानीमा ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ।

अस्पतालको आइतबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने अस्पतालले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।

सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरिका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि ओम महिला तथा बाल अस्पताल स्थापना गरेको अस्पतालका अध्यक्ष शारदा तिवारीले जानकारी दिइन।

स्थानीय सरकार तिलोतमा नगरपालिकाबाट १५ बेड को स्वीकृति लिई २०७७ साल श्रावण ७ गते शिलान्यास गरिएको अस्पतालले २०८० साल जेष्ठ बाट निःशुल्क सेवा र श्रावण बाट नियमित सेवा दिईरहेको उनले जानकारी दिइन।

ओम महिला तथा बाल अस्पतालमा अहिले सम्म १० करोड भन्दा बढीको लगानी भएको र यसमा २५ जना शेयर सदस्य मध्य २१ जना महिला र ४ जना पुरुष रहेको अस्पतालका म्यानेजिङ डाईरेक्टर कमला मल्ल हमालले जानकारी दिइन।

उनले हाल सम्म १७ सय भन्दा बढीले यस अस्पतालबाट सेवा लिई सकेको बताउदै अस्पताल वाट सुलम, सुपथ र गुणस्तारिय सेवा उपलब्ध भइरहेको जानकारी दिइन।उनले तिलोत्तमा नगरपालिकाका भित्रकालाई एम्बुलेन्स निशुल्क र नगरका क्षेत्रलाइ शुभारम्भको अवसरमा १०/२० प्रतिशत समेत छुट प्रदान भईरहेको बताईन।

अस्पताल महिला तथा बालबालिकालाइ लक्षित गरि बनाइए‌को र मुख्य गरि यस स्पतालमा प्रसुति सम्बन्धि सम्पूर्ण सेवा, खोप,एनआईसियु ओपिडी, २४ सै घण्टा इमर्जेन्सी अप्रेसन सेवा, २४ सै घण्टा इमर्जेन्सी, औसधि पसल, २४ सै घण्टा प्रयोगशाला सेवा २४ सै घण्टा जनरल बेड र क्याविनहरुको सेवा सन्चालनमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शर्मिला शर्माले जानकारी दिईन।

उनले अहिले १५ वेड सन्चालनमा रहेको बताउदै निकट भविष्यमा १ सय बेड सम्म सञ्चालन गर्ने लक्ष्य अस्पतालको रहेको बताईन।अस्पतालमा रहेका उपकरणहरु जस्तै सम्पूण प्रयोगशाला (laboratory)ओ टी सेट अप, एक्स-रे सेवा, अल्ट्रासाउण्ड सेवा, गाइने सेवा भ्यान्टिनेटर सहितको एनआइसियु सेवा संगै र (Laparoscopy)दुरबिन द्वारा गरिने सल्यक्रिया सेवाहरु पनि उपलब्ध रहेको अस्पतालले जनाएको छ।

अस्पतालमा ६५ जना कर्मचारीहरु कार्यरत रहेका छन।पत्रका सम्मेलनमा सञ्चालकहरु महेन्द्र हमाल, क्या एम बहादुर खत्री, उमा अर्यालल गायतले बोलेका थिए।अस्पतालको २०७७ साल साउन ७ गते तत्कालिन पर्यटन उद्योग बन बाताबरण मन्त्री कल्पना पान्डेले शिल्यान्यास गरेकी थिईन ।

सम्बन्धित शिर्षक :